Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मन्त्रालयद्वारा संघसँग १६ व्यवसायीको प्रतिबद्धतापत्र माग
मन्त्रालयद्वारा संघसँग १६ व्यवसायीको प्रतिबद्धतापत्र माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ५, २०७७
Office
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर व्यवसायीहरुको साझा संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग १६ व्यवसायीले मात्र कतार रोजगारीमा कामदार पठाउन अनुमति पाएका भनिएकाहरुको प्रतिबद्धता पत्र माग गरेको छ । बिहीबार १६ व्यवसायीले मात्र कतार कामदार पठाउन अनुमति पाएका भनिएकाहरुको नामसहितको प्रतिबद्धता पत्र संघले उपलब्ध गराउन माग गर्दै मन्त्रालयले पत्र पठाएको संघका सचिव मेघनाथ भुर्तेलले जानकारी दिए । सचिव भुर्तेलका अनुसार बिहीबारै संघलाई प्रतिबद्धता पत्र नपठाउने ११ म्यानपावर व्यवसायीका नाममा पत्र लेखिएको र शुक्रबार उनीहरु सबैलाई पत्र पठाइनेछ । उनले भने, ‘मन्त्रालयबाट १६ जना व्यवसायीको नामसहितको कतार कामदार पठाउन अनुमति पाएका भनिएकाहरुको स्पष्टीकरणसहितको प्रतिबद्धता पत्र माग आएसँगै बिहीबारै पत्र लेखेर ठिक्क पारिएको छ । शुक्रबार सबैलाई पत्र पठाइनेछ ।’ ५ म्यानपावर व्यवसायीले पठाए प्रतिबद्धतापत्र ८ सय ५४ म्यानपावर व्यवसायीलाई थाहै नदिई सुटुक्कै कतार कामदार पठाउन लागेको भन्ने विषयमा ५ म्यानपावर व्यवसायीले त्यसप्रति आपत्ति जनाउँदै त्यसमा कुनै सत्यता नरहेको संघलाई स्पष्टीकरण पठाइसकेको सचिव भुर्तेलले बताएका छन् । भुर्तेलका अनुसार एसओएस म्यानपावर सर्भिसेस प्रा.लि., सुपर्व फर अल्टिमेट म्यानपावर सोलुसन, डेभिड फोरिजन रिक्रुमेन्ट एजेन्सी प्रा.लि. र न्यू पाथिभरा प्लेसमेन्ट सर्भिस प्रा.लि. गरी पाँच म्यानपावर व्यवसायीले भने ‘कतार सिन्डिकेट’ विरुद्ध आफूहरु रहेको स्पष्टीकरणसहितको प्रतिबद्धता पत्र संघलाई पठाएइसकेका छन् । आज ११ म्यानपावर व्यवसायीलाई पत्र काटिँदै संघलाई कतार कामदार पठाउने विषयमा सत्यतथ्य के हो भनेर स्पष्टीकरणसहितको प्रतिबद्धता पत्र नपठाउने म्यानपावर व्यवसायीको नाममा शुक्रबार पत्र पठाइने सचिव भुर्तेलले जानकारी दिएका छन् । उनका अनुसार स्पष्टीकरणसहित प्रतिबद्धता पत्र नपठाउनेमा ११ म्यानपावर व्यवसायी रहेका छन् । जसमध्ये होप इन्टरनेसनल, अल्टाई ट्याक्वेट ओभर्सेस नेपाल, डि.डि. ह्युमन रिसोर्सेस प्रा.लि., राज ओभरसिस, अल्बाइन आर्यन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, साउन्ड लाइन्स रिक्रुमेन्ट एजेन्सी प्रा.लि., कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट, इन्टरनेसनल म्यानपावर रिक्रुमेन्ट र धर्मा ओभर्सिस प्रा.लि. रहेका छन् । एक हप्ताअघि व्यवस्थापिका संसदअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले १६ म्यानपावर कम्पनीले मात्र कतारमा नेपाली श्रमिक पठाउन लागेको विषयमा ७ दिनभित्र सत्यतथ्य छानबिनको रिपोर्ट तयार गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । वैदेशिक रोजगार विभागका महानिर्देशकको नेतृत्वमा बनेको छानबिन समितिले मन्त्रालयलाई संघले ती १६ म्यानपावर व्यवसायीलाई स्पष्टीकरणसहितको प्रतिबद्धता पत्र पठाउन माग गरेको थियो । यसैबमोजिम बिहीबार मन्त्रालयले ती १६ म्यानपावर व्यवसायीको स्पष्टीकरणसहितको प्रतिबद्धता पत्र मन्त्रालयमा पठाउन माग गरेको हो । त्यसैका आधारमा संघले पत्र तयार पार्दै प्रतिबद्धता पत्र दिइसनकेकालाई भने चलानी नम्बरसहित शुक्रबार पत्र पठाउन लागिएको सचिव भुर्तेलले बताए । यसैगरी बिहीबार कतारको विषय मात्र नभएर विभिन्न देशबाट कामदार माग भएर आए पनि सरकारले कोभिड–१९ का कारण देखाएर पठाउन नसकेको विषयमा पनि गम्भीर छलफल गरिएको उनले बताएका छन् । विदेशबाट कामदारको माग आए पनि सरकारले पठाउन नचाहँदा उक्त श्रम माग ‘डाइभर्ट’ हुने देखिएको पनि उनले बताए । उनले भने, ‘अन्य देशले भटाभट कामदारलाई वैदेशिक रोजगारीमा जाने ढोका खुला गरे पनि सरकारले आनाकानी गरिरहेको छ । जबकि १४ भदौमा नै मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारको ढोका खोल्ने निर्णय भए पनि उक्त नियमको उल्लंघन भइरहेको छ ।’ यस विषयमा श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई यस विषयमा सम्बन्धित देशका दूताबाससँग जानकारी लिन माग गरिसकेको जनाइएको छ । साथै, श्रम मन्त्रालयले पनि आफ्ना मातहतमा रहेका सम्बन्धित दूताबासलाई यस विषय सोधिसकेको बताइएको छ । यद्यपि, मन्त्रालयसँग सम्पर्कमा आएका दूताबासले भने नयाँ मागपत्र प्रमाणीकरण गरेर वैदेशिक रोजगारमा पठाउदा कोभिडका कारण पुनः फर्काउनुपर्ने परे त्यसको जवाफदेही को हुने भन्ने जवाफ दिइरहेको बताइएको छ । यसरी सरकारले विदेशबाट आएका कामदारको मागपत्र त्यत्तिकै राख्ने हो भने श्रम माग डाइभर्ट हुने सचिवे भुर्तेलले बताए । यस विषयमा बिहीबार नै समितिलाई संघले पत्र पनि पठाइसकेको उनले बताएका छन् । साथै, मन्त्रिपरिषद्को निर्णयलाई लत्याएर अहिले कामदार पठाउँदिन भन्न नपाउने उनले बताए । उनका अनुसार आइतबार यस विषयमा के हुन्छ भन्ने विषयमा निर्णय हुनेछ । ०००
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  ०५:४३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP