Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • १७ म्यानपावर व्यवसायीको नाम नै रहस्यमय
१७ म्यानपावर व्यवसायीको नाम नै रहस्यमय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २७, २०७७
Qatar
Hardik health
कतार सिन्डिकेट प्रकरण काठमाडौं– कतार कामदार पठाउन अनुमति पाएका भनिएका १७ म्यानपावर व्यवसायीको नाम रहस्यमय रहेको भेटिएको छ । म्यानपावर व्यवसायीको साझा संस्था नेपाल वैदेशिक रोजगार संघलाई प्राप्त १७ म्यानपावर व्यवसायीको सम्पर्क नम्बरमा बुधबार प्रभाव दैनिकले सम्पर्क गर्दा नेता, सरकारी जागिरे, पूर्वराजदूत, प्रधानमन्त्रीकी भान्जीदेखि अपरिचित व्यक्तिसम्म रहेको भेटिएपछि रहस्यमय बन्दै गएको हो । बुधबार संघलाई प्राप्त गोर्खा इन्काउन्टर्सका प्रबन्ध निर्देशक राजेन्द्र बजगाईंको इमेलसहितको फोन नम्बरमा सम्पर्क गर्दा उनी फोन उठाउँदा÷उठाउँदा थकित भएको बताए । गोरखाबाट नेपाली कांग्रेसका नेतासमेत रहेका उनी पर्यटन व्यवसायी हुन् । कतार कामदार पठाउन सिन्डिकेट निम्त्याएर सुटुक्कै अनुमति पाएको भनेर उल्लेख भएको गोर्खा इन्काउन्टर्स उनको कम्पनीको नाम हो । तर, बिहीबारदेखि सञ्चारकर्मीबाट म्यानपावर व्यवसायी भन्दै आएको फोनले आफू पीडित बनेको उनले बताए । उनले भने, ‘म बिहीबारदेखि फोन उठाउँदा÷उठाउँदा थाकेको छुँ । सञ्चारकर्मी साथीले म्यानपावर व्यवसायी भन्दै फोन गर्नुहुन्छ । तर, म म्यानपावर व्यवसायी नभएर नेता भएको जवाफ दिँदै आइरहेको छु ।’ कुराकानीको बीचमा आफू सन् २००१ म शरद्सिंह भण्डारी पर्यटनमन्त्री हुँदा कतारमा अवैधानिक रूपमा रहेका नेपालीलाई कम्पनीले देश फर्काउनका लागि सहयोग गरेको र, कसैले अहिले कम्पनीको बद्नाम गर्न खोजेको उनले बताए । उनले भने, ‘अहिले कतार काम गर्न जानेलाई भिसा दिने भनेर संस्थाको बद्नाम गर्न खोजिएको छ । म त फोन आएर हैरान भइसकेको छु ।’ यस्तै, आठौँ नम्बरमा कम्पनीबिना नाम मात्रै रहेको अकबल साहलाई सम्पर्क गरेर यस विषयमा सोध्न नपाउँदै रिसले उनी चुर हुँदै गाली गलौज गरे । ‘म को हुँ मलाई नै थाहा छैन । के खानु फोन गरेको तपाईंहरूले । कस्ले दियो मेरो नम्बर । पटक पटक दुःख दिने काम नगर्नुहोला ।’ यस विषयमा थप जान्न खोज्दा कतारको राष्ट्रिय दिवसमा कहिलेकाहीँ उनी त्यता जाने गरेको उनले बताए । र, अहिले बारम्बार सञ्चारकर्मीबाट आएको फोन सम्पर्कले हैरान बनाएको भन्दै फोन सम्पर्कलाई बीचमै काटे । चौँथो नम्बरमा उल्लेख भएको डी.डी. ह्युमन रिसोर्सेज प्रा.लि.का राजेन्द्र ढकाललाई सम्पर्क गर्दा आफू सरकारी जागिरे रहेको बताए । उनले बताएअनुसार उनी नेपाल आर्मी हुन् । यस विषयमा उनीसँग कुराकानी गर्दा उल्टै थर्काए, ‘म कसरी म्यानपावर व्यवसायी भएँ । म को हुँ चिनेको छ ? म नेपाल आर्मी हुँ । बिनासित्ति फोन गरेर जिस्काउने ?’ त्यसपछि आइन्दा फोन गरे देखाइदिन्छु भन्दै मुर्मुरिँदै फोन सम्पर्क विच्छेद गरे । प्रधानमन्त्रीकी भान्जीदेखि पूर्वराजदूत पनि ! अचम्म त के छ भने संघलाई प्राप्त सम्पर्क नम्बरमा फोन गर्दा प्रधानमन्त्री केपी ओलीकी भान्जी पर्ने भनिएकी खुस्बु ओलीको नामसहित सम्पर्क नम्बर पनि रहेको छ । संघका सचिव मेघनाथ भुर्तेलले जानकारी दिएअनुसार १२औँ नम्बरमा ड्याभिड फोरिजन रिक्रुमेन्ट एजेन्सी प्रा.लि. की खुस्बु ओली भनेर उल्लेख भएको महिला प्रधानमन्त्रीकी भान्जी तथा केही वर्षअघि प्रहरीको मुठभेडमा मारिएका गुण्डानाइके चरीकी प्रेमिका हुन् । यस्तै, १३औँ नम्बरमा धर्म ओभरसिजका प्रबन्ध निर्देशक भनेर रमेश कोइराला उल्लेख छ । सचिव भुर्तेलका अनुसार उनी कतारका लागि पूर्वराजदूत हुन् । तर, संघलाई प्राप्त इमेलसहितको फोन नम्बरमा उनको पनि नाम समावेश छ । यसरी प्रधानमन्त्रीकी भान्जी, सरकारी जागिरेसम्मको नाम उल्लेख गरी सिन्डिकेट रचेर कतार कामदार पठाउन लागिएको सूचना बिहीबार बाहिरिएसँगै वैदेशिक रोजगार क्षेत्रमा नयाँ तरंग उत्पन्न भइरहेको छ । हामी अचम्ममा छौँ– व्यवसायीहरू ८ सय ५४ म्यानपावर व्यवसायीलाई पाखा लगाउँदै १६ म्यानपावर व्यवसायीले कतार कामदार पठाउन लागेको भन्ने आएको समाचारले अचम्ममा परेको पीडित म्यानपावर व्यवसायीहरूले बताएका छन् । बुधबार प्रभाव दैनिकसँगको कुराकानीमा पीडित म्यानपावर व्यवसायीहरूले उक्त समाचारले अचम्म तुल्याएको र आफूहरू सत्यको पक्षमा रहेको बताए । कतार भिसा सेन्टर (क्युभिसी) का सञ्चालक एवं एसओएस म्यानपावर सर्भिसेस प्रा.लि. का अध्यक्ष हेम गुरुङले कसरी नाम, इमेल र मोबाइल नम्बरसहितको लिस्ट आयो आफू अनभिज्ञ रहेको बताउँदै अचम्मित भएको बताए । उनले भने, ‘खै, कस्ले के उद्देश्यका साथ यस्तो काम गरेको होला । केही थाहा छैन । समाचार पढ्दा थाहा भयो मेरो कम्पनीको पनि नाम उल्लेख भएको रहेछ ।’ साथै, कस्ले किन र के उद्देश्यका लागि यस्तो काम ग¥यो रहस्यमय रहेको उनले बताए । यस विषयमा संघलाई आफूले स्पष्ट रूपमा स्पष्टीकरण दिइसकेको र सदैव सत्यको पक्षमा रहने उनले बताएका छन् । तिहारको मुखमा परिवारसँग भव्यताका साथ खुसी आदानप्रदान गर्न लागेको बेला नखाएको विष आफूमाथि आइलागेको पनि उनले बताए । ‘तर, सत्य लुक्दैन । मेरो र अफिसको नाम मुछेर बद्नाम खोजिए पनि मबाट त्यो काम भएको छैन । म सदैव व्यवसायीको हितमा लागिरहेको छु भने कसरी मबाट यस्तो काम हुन्छ । म आफैँ यो समाचार सुनेर चकित छु ।’ यसैगरी होप इन्टरनेसनलका अध्यक्ष प्रभाकर राणाले पनि अचम्मित हुँदै उक्त समाचार सत्य नरहेको बताएका छन् । उनले भने, ‘अहिले कम्पनीको नाम र व्यक्तिगत विवरणसहित आएको कुराहरू सत्य होइनन् । म त यो सुनेर छक्क परिरहेको छु, कस्ले के का लागि यस्तो षड्यन्त्र रच्यो ।’ आफू नेपालगन्जमा रहेका बेला बिहीबार समाचार पढेपछि अचम्ममा परेको उनले बताएका छन् । उनले भने, ‘समाचार सुनेर म आफैँ छक्क परेको छु । हामीले निर्णय गरेर त्यस्तो गरेको हुँदै होइन । यो समाचार आउँदा म त नेपालगन्जमा थिए । कस्ले यस्तो काम ग¥यो केही थाहा छैन ।’ यस्तै, राज ओभरसिजका कार्यकारी प्रमुख सर्फराज आलम पनि हुँदै नभएको समाचार सुनेर छक्क परेको बताएका छन् । उनले भने, ‘अहिले बजारमा आएको समाचार आधिकारिक होइन । जबकि हामी नै त्यस्तो सिन्डिकेटविरुद्ध छौँ । कस्ले कुन उद्धेश्यका साथ त्यस्तो काम ग¥यो ? केही थाहा छैन ।’ आफू अस्पतालमा रहेको र पछि कुरा गर्ने वाचाका साथ छुट्टिए । संघलाई प्राप्त १६ म्यानपावर व्यवसायीको नामहरू १. होप इन्टरनेसनल, २. एआई ट्याक्वेट ओभरसिज नेपाल, ३ एसओएस म्यानपावर सर्भिसेस प्रा.लि., ४. डी.डी. ह्युमन रिसोर्सेस प्रा.लि., ५. राज ओभरसिज, एआई आर्यन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, अकबल साह नाम भएको कम्पनीको नाम छैन, सुपर्ब फर अल्टिमेट म्यानपावर सोलुसन, कैलास इन्टरनेसनल म्यानपावर, न्यु पाथिभरा प्लेसमेन्ट सर्भिस प्रा.लि., ड्याभिड फोरिजन रिक्रुमेन्ट एजेन्सी प्रा. लि., धर्म ओभरसिज प्रा.लि., साउन्डलाइन्स रिक्रुमेन्ट प्रा.लि., कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट, इन्टरनेसनल म्यानपावर रिक्रुमेन्ट हुन् । तर, यी माथि म्यानपावर भनी उल्लेखित अधिकांश म्यानपावर व्यवसायी नभएको सचिव भुर्तेलले बताएका छन् । यसै सन्भर्दमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालसँग कुराकानी गर्दा आजदेखि सत्य तथ्य छानबिनमा लाग्ने बताएका छन् । व्यवस्थापिका संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएसँगै आफ्नो नेतृत्वमा छानबिन टोली गठन भएको पनि उनले बताए । उनका अनुसार समितिले ७ दिभित्र यस विषयमा खास के भएको रहेछ सत्य तथ्य पत्ता लगाएर सत्य सूचना सार्वजनिक गर्न भनेको छ । साथै, सत्य तथ्य छानबिनपछि सार्वजनिक रूपमा जानकारी दिइने पनि उनले बताए । यसैगरी मन्त्रालयका वैदेशिक रोजगार शाखा प्रमुख डा. थानेश्वर भुसालले मंगलबार समितिको पत्र प्राप्त भएसँगै छानबिनका लागि विभागका महानिर्देशकको संयोजकत्वमा छानिवन टोली गठन भएको बताएका छन् । उनले भने, ‘डिजी सा’बको संयोजकत्वमा श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयको उपसचिव र संघको पदाधिकारीसमेत रहने गरी समिति गठन भएको छ । समितिले ७ दिनभित्र प्रतिवेदन दिएपछि सत्य तथ्य बाहिर आउनेछ ।’
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  ०५:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP