Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • १७ म्यानपावर कम्पनीमाथि छानबिन गर्न निर्देशन
१७ म्यानपावर कम्पनीमाथि छानबिन गर्न निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २६, २०७७
Hardik health
काठमाडौं– व्यवस्थापिका संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले १७ म्यानपावर कम्पनीले मात्र कतारमा नेपाली श्रमिक पठाउन लागेको विषयमा छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले १७ म्यानपावर कम्पनीले एकाधिकार जमाई सिन्डिकेट गर्न खोजेको विषयमा अनुसन्धान गरी ७ दिनभित्र सत्य तथ्य प्रतिवेदन पेस गर्न गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । बिहीबार यस विषयमा सूचना बाहिरिएसँगै म्यानपावर व्यवसायीको साझा संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समितिमा निवेदन दिएको थियो । मन्त्रालयलाई सिमित म्यानपावर व्यवसायीले मात्र कतार कामदार पठाउन कसरी अनुमति पाए भनी जवाफ माग्दा मौन बसेपछि समितिसमक्ष निवेदन दिइएको संघका सचिव मेघनाथ भुर्तेलले बताए । सचिव भुर्तेलका अनुसार ८ सय ५४ म्यानपावर व्यवसायीमध्ये सिमित व्यवसायी संगठित भई एकाधिकार जमाउन खोजेपछि समितिमा निवेदन दिइएको र समितिले तत्काल मन्त्रालयलाई यस विषयमा छानबिन गरी स्पष्टीकरणसहित ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइसकेको छ । समितिमा निवेदन दिनुअगावै १७ म्यानपावर कम्पनीमध्ये केही कम्पनीले संघलाई यस विषयमा आफूहरूको कुनै संलग्नता नरहेको जानकारी दिइसकेको पनि उनले बताए । कतारमा रोजगारीका लागि श्रमिक पठाउन १७ वटा म्यानपावर कम्पनीहरूको सूची सार्वजनिक हुनुमा नेपालस्थित कतारी दूताबास र कतार भिसा सेन्टर (क्युभिसी)को नाम जोडिएको छ । तर, दूताबासले भने यसमा आफूलाई केही थाहा नभएको र संलग्नता भन्नु दुर्भाग्य भएको जनाएको सचिव भुर्तेलले बताए । त्यस्तै, क्युभिसीका सञ्चालक हेमबहादुर गुरुङले भने सिन्डिकेट निम्ताउने विषयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएको सचिव भुर्तेलले बताएका छन् । भुर्तेलका अनुसार गुरुङले आफ्नो चरित्र हत्या गर्न खोज्ने उद्देश्यले नाम सार्वजनिक गरिएको र आफू सदैव सिन्डिकेटविरुद्ध रहेको स्पष्ट रूपमा संघलाई जानकारी गराएका छन् । कतारमा नेपाली श्रमिक पठाउन कुन कुन म्यानपावर कम्पनीहरू हुन् भन्ने विषयमा संघमा इमेलसहितको एकथरी विवरण आए पनि थप विवरण पुष्टि नभएको र समितिले छानबिन गर्न ७ दिने अल्टिमेटम दिएकाले पर्खाइको घडीमा रहेको पनि उनले बताएका छन् । उनले भने, ‘बिहीबार नै यस विषयमा संघलाई लेटर हेडबिनाको इमेलसहितको म्यानपावर व्यवसायीको नाम प्राप्त भएको तर, पुष्टि गर्न गाह्रो भएको थियो । साथै, समितिमा निवेदन दिइएपछि समितिले मन्त्रालयलाई ७ दिने प्रतिवेदनसहितको अल्टिमेटम दिएको छ ।’ समितिले मन्त्रालयलाई एक हप्ताभित्र सत्य तथ्य अनुसन्धान गरी प्रतिवेदन दिएकाले व्यवसायीहरू त्यसको पर्खाइमा रहेको पनि सचिव भुर्तेलले बताएका छन् । सचिव भुर्तेलका अनुसार मन्त्रालयले यस विषयमा सत्य तथ्य अनुसन्धान नगरेको खण्डमा व्यवसायीले जुनसुकै मूल्य चुकाउन पछि पर्ने छैनन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  ०५:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP