Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कोभिड–१९ को असरः दुई महिनामा ५६ सुत्केरीको मृत्यु
कोभिड–१९ को असरः दुई महिनामा ५६ सुत्केरीको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ३, २०७७
Rukmani
RBB RBB
काठमाडौं– कोभिड–१९ को महामारीमा गत ११ चैतदेखि २० जेठसम्ममा ५६ जना सुत्केरीको उपचारको अभावमा मृत्यु भएको छ । बन्दाबन्दीका कारण समयमा अस्पताल र स्वास्थ्य संस्थामा जान नसकेको र स्वास्थ्यकर्मीले पनि गर्भवतीलाई प्राथमिकता नदिँदा उपचारको अभावमा ज्यान गुमाउन उनीहरू बाध्य भएका हुन् । यो बन्दाबन्दीको समय र कोभिड–१९ को महामारीमा गर्भवती महिला र आमाहरूलाई स्वास्थ्य सेवा पाउन कठिन भइरहेको र महिलाहरूले अकालमै ज्यान गुमाएपछि यसै विषयलाई ध्यानमा राखेर तीन जना दक्ष मिडवाइफहरू रुकमणी, सविता र प्रशंसा मिलेर फोनमार्फत परामर्श दिने सोच बनाएको उनीहरूले बताएका छन् । उनीहरूका अनुसार टेलिफोनमार्फत यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी लिन चाहने व्यक्तिहरूलाई सेवा प्रदान गरिएको छ । पछि गएर मिडसन, आमाको मायाजस्ता संस्थासँगको साझेदारीमा बिबिसी नेपालले टोल फ्री नम्बरको सुरुवात गभएको जसबाट निःशुल्क टेलिफोन परामर्श सेवा दिन थालिएको बताइन्छ । १७ बैशाख ०७७ बाट सुचारु गरिएको यो सेवाबाट धेरैभन्दा धेरै सेवाग्राहीलाई यसबारे जानकारी दिन थालिएको थियो । तीन जना मिड्वाइफहरूद्वारा २४ घन्टे निःशुल्क परामर्श पाउने भएकाले यो सेवा गर्भवती महिलाहरूका लागि धेरै फाइदाजनक साबित भएको सेवाग्राहीले नै बताएका छन् । हालसम्म २ हजार ६७ जनाले यस नम्बरमार्फत सेवा लिएको बताइएको छ । जसमध्ये ४० जना महिलाले सहज जन्म प्रक्रिाको अनलाइन कक्षा पनि नेपालमा पहिलोपटक सुरु भएको हो । नेपालका सातवटै प्रदेशका महिलाले यस नम्बरबाट सेवा लिएको भए पनि सबैभन्दा बढी प्रदेश ३ बाट र सबैभन्दा प्रदेश १ बाट कम फोन आएको ती संस्थाहरूले बताएका छन् । गर्भावस्था र मातृत्वका साथसाथै परिवार नियोजन, सुरक्षित गर्भपतन, स्त्रीरोग र यही कोभिड–१९ को महामारीबारे पनि उनीहरूलाई परामर्श सेवा दिइएको बताइन्छ । बिबिसी नेपालले महामारीको समयमा देशभर र विभिन्न किसिमका कार्यक्रमहरू अनलाइनमार्फत गर्दै आएको छ । १ असोजबाट सा“झ ५ बजेदेखि ६ बजेसम्म सातौ“ राष्ट्रिय परिवार नियोजन दिवसको अवसरमा बिबिसी नेपालको फेसबुक पेजबाट लाइभ कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा मानिसहरूले आफ्नो पहिचान गोप्य राखेर पठाएका परिवार नियोजन सम्बन्धी प्रश्नहरूको उत्तर दिइएको थियो । सो प्रश्नहरू पनि मिड्वाइफहरूले सम्बोधन गरेका थिए । बन्दाबन्दीको समयमा बिबिसीले यौनिक तथा प्रजनन् स्वास्थ्य र अधिकारबारे १५ दिने अनलाइन सत्र पनि सञ्चालन गरेको थियो । जसमा १५ वर्षदेखि २४ वर्षसम्मका देशभरीका फरक भूमिका र क्षमता भएका युवाहरूले भाग लिएका थिए । सो कक्षा ६ असोजबाट २१ असोजसम्म आइतबारदेखि शुक्रबार साँझ ४ बजेदेखि ६ः३० सम्म सञ्चालन गरिएको थियो । यस १५ दिने सत्रमा प्रजनन् प्रणालीका शरीर रचना र विज्ञान, यौनिक तथा प्रजनन् स्वास्थ्य र अधिकार, महिनावारी, सुरक्षित यौनसम्पर्क र सुरक्षित यौनसम्बन्ध, परिवार नियोजन, लैंगिक समानता, लैंगिक हिंसा, बलात्कार, सुरक्षित गर्भपतन, युवामैत्री स्वास्थ्य संस्था, किशोर–किशोरीका लागि मोबाइल एप्लिकेसनजस्ता विषयमा जानकारी प्रदान गराइएको जनाइएको छ । कार्यक्रम बियोन्ड बेइजिङ कमिटी नेपालको आयोजनामा राइट हियर राइट नाउको सहयोगमा सम्पन्न भएको बिसिसीका कार्यक्रम संयोजक एलिजा सिंहले बताइन् ।  
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित सोमबार, वैशाख २२, २०८२
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित आइतबार, वैशाख २१, २०८२
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन मंगलबार, वैशाख १६, २०८२
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज 
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज  सोमबार, चैत २५, २०८१
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान बिहीबार, चैत २१, २०८१
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने सोमबार, चैत १८, २०८१
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य बिहीबार, चैत ७, २०८१
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP