Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
समाचार
  • Home
  • समाचार
  • दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलन हुँदै
दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलन हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २२, २०७७
NRN
RBB RBB
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शुक्रबारदेखि दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलन सुरु गर्ने भएको छ । बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओलीले सम्मेलनको उद्घाटन गर्ने र तीनदिने सम्मेलनमा २५ भन्दा बढी देशका सयभन्दा बढी विश्वविद्यालय र अनुसन्धान केन्द्रबाट ३ सय प्रस्तोताहरूको सहभागी रहने एनआरएनएले जनाएको हो । एनआरएनएका अनुसार सम्मेलनको उद्देश्य विदेशमा रहेका नेपालीले आर्जन गरी सिकेका ज्ञान, सीप, प्रविधि एवं पुँजीलाई उपयोग गरेर नेपालको विकासमा प्रयोग गरिनेछ । २३ शुक्रबारदेखि २५ सम्म चल्ने उक्त सम्मेलनमा ४ वटा प्लेजरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र कार्यक्रमको तय गरिएको एनआरएनएले जनाएको छ । सम्मेलनले विशेषगरी कोभिड–१९ ले पारेको प्रभाव र कोरोनाका कारण विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा बहन गरिने एनआरएनएले विज्ञप्तिमार्फत भनेको छ । साथै, संयुक्त राष्ट्र संघको दीगो विकासको लक्ष्य र नेपाल सरकारको १५औँ पञ्च वर्षिय योजनामा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरिने पनि एनआरएनऐ जनाएको छ । एनआरएनएका अनुसार सम्मेलनमा विज्ञ तथा विभिन्न व्यक्तिहरूबाट २ सय वटा कार्यपक्र प्रस्तुत गरिनेछ । सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि, र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यवसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा छलफल हुने एनआरएनएले जनाएको छ । सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना प्रभाव र पुनरुत्थान विषयमा बहन कार्यक्रम रहेका एनआरएनएले जनाएको छ । साथै, नेपाललाई उपयुक्त हुने प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीलगायत विकास नीति निर्माणमा घनिभूत छलफल हुने एनआरएनएले जनाएको छ । सम्मेलनको तेस्रो दिन जीवन र स्वास्थ्य, ऊर्जा, आर्थिक रूपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण तथा समाज विज्ञान लगायत सत्रहरूमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने एनआरएनएले जनाएको छ । कार्यक्रमको समिक्षा, भविष्यको रणनीति र निष्कर्षबारे सरकार विभिन्न निकाय र विज्ञहरूबीच छलफल र परामर्श हुने पनि विज्ञप्तिमा उल्लेख छ । एनआरएनएको मुख्य आयोजना र नेपाल सरकारको सहआयोजना हुन लागेका उक्त तीन दिने सम्मेलनमा काठमाडौं विश्विद्यालयको सहकार्य रहेको छ । सम्मेलनमा सरकार पक्षबाट प्रधानमन्त्री, परराष्ट्रमन्त्री, शिक्षा तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्रलगायत निजी संघ संस्थाहरूको आबद्धता रहेको छ । सम्मेलनपश्चात् श्वेतपत्र जारी गर्ने पनि बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  ०५:०७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
‘ट्रक’को ठक्करबाट मृत्यु
‘ट्रक’को ठक्करबाट मृत्यु आइतबार, वैशाख २८, २०८२
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ आइतबार, वैशाख २८, २०८२
दही र महीको माग बढ्दो
दही र महीको माग बढ्दो आइतबार, वैशाख २८, २०८२
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने आइतबार, वैशाख २८, २०८२
तामाङको आर्थिक अवस्था सबलीकरणमा स्थानीय तहले ध्यान दिनुपर्छ : उपाध्यक्ष गुरुङ
तामाङको आर्थिक अवस्था सबलीकरणमा स्थानीय तहले ध्यान दिनुपर्छ : उपाध्यक्ष गुरुङ शनिबार, वैशाख २७, २०८२
गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले
गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले शुक्रबार, वैशाख २६, २०८२
वन्यजन्तुलाई वनमै पोखरी
वन्यजन्तुलाई वनमै पोखरी शुक्रबार, वैशाख २६, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP