Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • कलैया–१६ मा तालाबन्दी
कलैया–१६ मा तालाबन्दी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २१, २०७७
Kalaiya
Hardik health
कलैया– कलैया उपमहानगरपालिकाको वडा नंं. १६ को कार्यालयमा तालाबन्दी भएको छ । वडा विकास सुधार समिति–१६ ले ११ सूत्रीय माग पूरा नगरेको भन्दै मंगलबार करिब ५ सय वडाबासीको टोलीले तालाबन्दी गरेको हो । सो समितिले सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र दिँदै आएको थियो । ‘हामीले दुई पटकसम्म सम्बन्धित निकायमा वडा कार्यालयमा वडा अध्यक्षको नियमित उपस्थिति तथा वडाका सम्पूर्ण कामहरू नियमित रूपमा सञ्चालनसहितका विभिन्न मागसहित ज्ञापन पत्र दिँदै ध्यानाकर्षण गराएका थियौँ, सम्बन्धित पक्षबाट कुनै पनि वास्ता नगरेको तथा कार्यालयमा नियमित रूपमा उपस्थिति पनि नभएकोले वडाबासी मर्कामा पर्दा वडा कार्यालयमा तालाबन्दी गरेका छौ,’ समितिका अध्यक्ष अनिल कुशवाहाले बताए । समितिका अध्यक्ष कुशवाहाको नेतृत्वमा रहेको एक टोलीले वडाको कार्यालय कलैया उ.म.न.पा. १६ मा तालाबन्दी गरेको हो । बाराको कलैया उपमहानगरपालिका–१६ को वडाध्यक्ष शेषनाथ साह निर्वाचित भएका तीन वर्षको कार्यकाल बितिसक्दा पनि मुस्किलले ३ दिन पनि वडा कार्यालयमा पूरा समय उपस्थित भई राज्य सरकारले लिएको लक्ष्य तथा आफूले चुनाव यताका जनतासमक्ष गरेको वाचा अनुरूपका कामहरू नगरेकोमा वडा विकास सुधार समितिको गम्भीर ध्यानाकार्षण भएको विज्ञप्तिमा उल्लेख छ । कार्यालय समयमा आफू उपस्थित नभई व्यक्तिगत कामकाजमा व्यस्त रहने वडाध्यक्षले सेवाग्रहीलाई मर्कामा परेको स्थानीयहरूले गुनासो गरेका छन् । कार्यालयमा नबस्ने, जनताको सेवा, सिफारिस, विकास निर्माणका काममा आफूखुसी तानाशाही प्रवृत्तिबाट समिति बनाई आङ्खना नजिकका मानिसहरूलाई ठेक्का दिने, काम गर्नेजस्ता कामले जनगुनासाहरू बढ्दै गएकाले तालाबन्दी गरेको स्थानीय तथा समितिका सदस्य लक्ष्मी कुशवाहाले जनाए । ज्ञापनपत्रमा जनप्रतिनिधि वडामा अनुपस्थित रहने गरेको, वडाबाट हुने गरेको विकाससम्बन्धी सम्पुर्ण क्रियाकलाप पारदर्शी नदेखिएको, वडामा रहेको स्वास्थ्य निकायबाट सेवाग्राहीहरू वञ्चित हुने गरेको, यस वडामा रहेका शैक्षिक संस्थाहरूको अनुगमन नभएको हुँदा गुणस्तरीय शिक्षा नभएको, कृषिसम्बन्धी कुनै योजनाहरू हालसम्म सार्वजनिक नभएको, वडा नंं १६ मा नगर स्तरीय बजेटबाट गरेको योजनाहरू सार्वजनिक नभएको, प्रदेश स्तरीय योजनाहरू सार्वजनिक गर्न नचाहेको, केन्द्र स्तरीय योजनाहरू सार्वजनिक नभएको नगरेको, परिषद्बाट स्वीकृत योजनाहरू वडा कार्यालयमा नभएको र राख्नसमेत नचाहेको, बेरोजगार व्यक्तिबारेको विवरण सार्वजनिक नगरेको र गर्न नचाहेको, विगतमा घोषणा भएको ओडिएफलाई निरन्तरता दिन खासै योजना नबनाएको तथा गर्नसमेत नचाहेकाले विवश भएर तालाबन्दी गरिएको समितिका सदस्य धनेश्वर रामले प्रभाव दैनिकलाइ बताए । माथि उल्लेखित आफूहरूको मागहरूलाई वडा अध्यक्षलगायत सम्बन्धित निकायले यथाशिध्र कार्यान्वयन नगरे आउँदा दिनमा अझ सशक्त रूपमा अन्दोलनका कार्यक्रमहरू गर्ने समितिका सदस्य कलामेदिन अन्सारीले बताए । उक्त कार्यतक्रममा वडाबासी विनोदकुमार यादव, कलामोदिन अन्सारी, जितेन्द्रकुमार यादव, धनेश्वरकुमार राम, राजकिशोर कुशवाहा, ज्ञानप्रकाश ठाकुर, चन्दन राम, पवनकुमार कुशवाहा, प्रवेशकुमार कुशवाहा, बृजकिशोर ठाकुर, अजयकुमार राम, रविरन्जन कुमार राम, रविन्द्रकुमार राम, अरविन्दकुमार राम, जेनिश मेहरा, हरिओम कुशवाहा, बैजनाथ रामलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  ०६:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP