Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘हट स्पट’ बन्दै उपत्यका
‘हट स्पट’ बन्दै उपत्यका
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १९, २०७७
Hardik health
  काठमाडौं– नेपालमा कोरोना सुई यति चाँडो दौडिन थालेको छ कि यसले कुनै पनि बेला भयावह स्थिति आउन सक्ने संकेत गरेको छ । शुक्रबारयता लगातार दुई हजारभन्दा माथि संक्रमित फेला पर्न थालेपछि यस्तो संकेत देखिएको हो । आइतबार एकैदिन दुई हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै संक्रमितको बढी संख्या हो । विशेषगरी उपत्यका कोरोना संक्रमणको हट स्पट बन्दै गएको छ । नेपालमा लकडाउन खुकुलो पारिएसँगै संक्रमितको संख्या बढ्याबढ्यै छन् । हालसम्म नेपालमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । दुई साताअघि मात्र नेपालमा जम्मा ६४ हजार १२२ थियो । यो दुई सातामा मात्र २३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । कोरोनाबाट उपत्यका सबैभन्दा बढी जोखिममा परेको छ । आइतबार मात्रै उत्यकामा एक हजार ५९९ कोरोना संक्रमित थपिएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार ३७३, ललितपुरका १८७ तथा भक्तपुरका ३९ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २९ हजार ५१७ पुगेको छ । काठमाडौंमा २४ हजार ४६, ललितपुरमा दुई हजार ९८३ तथा भक्तपुरमा दुई हजार ४८८ जना कोरोना भइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १२ हजार ७८४ जनाको पिसिआर परीक्षण गरिएकामा यतिका संख्यामा संक्रमित भेटिएका हुन् । मन्त्रालयको प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म ६४ हजार ६९ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ३२९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १० लाख ७४ हजार ४४८ जनाको पिसीआर गरिएको छ । देशभर हाल २२६ संक्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने ३४ संक्रमितलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको प्रवक्ता गौतमले बताए । प्रदेश नं १ मा २८ संक्रमित अति सघन कक्षमा, १ जना भेन्टिलेटरमा, प्रदेश नं २ मा १७ संक्रमितको अति सघन कक्षमा, बागमती प्रदेशमा ११२ संक्रमितको अति सघन कक्षमा तथा २७ जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६ संक्रमितको अति सघन कक्षमा, प्रदेश नं ५ मा ४४ संक्रमितको अति सघन कक्षमा, सुदूरपश्चिममा ४ संक्रमितको अति सघन कक्षमा तथा कर्णाली प्रदेशमा १५ कोरोना संक्रमितको हाल अति सघन कक्षमा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए । हाल देशभर २२ हजार २१९ जना सक्रिय संक्रमित रहेका छन् । हाल ११ हजार ८९३ संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । होमआइसोलेसनमा रहेका संक्रमितको संख्या प्रदेश नं १ मा एक हजार ८५०, प्रदेश नं २ मा ५५८, बागमती प्रदेशमा ७ हजार १५३, गण्डकी प्रदेशमा ५३२, प्रदेश नं ५ मा एक हजार २०२, कर्णाली प्रदेशमा २८० तथा सुदूरपश्चिम प्रदेशमा ४१८ रहेको छ । हाल सात हजार ४५१ ज्ना संक्रमित क्वारेन्टिनमा रहेका छन् । यस्तै हालसम्म प्रदेश नं १ मा पाँच हजार ७३३, प्रदेश नं २ मा १२ हजार २९१, बागमती प्रदेशमा २० हजार ४९३, गण्डकी प्रदेशमा तीन हजार ५५५, प्रदेश नं ५ मा ९ हजार ५५५, कर्णाली प्रदेशमा तीन हजार १८५ तथा सुदूरपश्चिम प्रदेशमा सात हजार १५५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । हाल चार हजार २०३ जना क्वारेन्टिनमा रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नं १ को उदयपुरमा दुई, खोटाङमा ३, झापामा १६, भोजपुरमा एक, मोरङमा ८१, संखुवासभामा १ तथा सुनसरीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा ९, पर्सामा आठ, बारामा सात, महोत्तरीमा एक, रौतहटमा पाँच, सप्तरीमा तीन, सर्लाहीमा छ तथा सिरहामा सात जनामा कोरोना देखिएको छ । गण्डकीको कास्कीमा चार, तनहुँमा १९, बागलुङ तीन, स्याङ्जामा चार, नवलपरासी पूर्वमा ४० तथा लमजुङमा सात जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, प्रदेश नं ५ को कपिलवस्तुमा चार, गुल्मीमा चार, दाङमा नौ, नवलपरासीमा एक, पाल्पामा १५, प्युठानमा पाँच, बर्दियामा १३, बाँकेमा ५० तथा रूपन्देहीमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । सुदूरपश्चिम प्रदेशको कैलालीमा ५५, कञ्चनपुरमा २१, डडेल्धुरामा एक, बैतडीमा एक तथा बझाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा एक हजार ५९९ कोरोना संक्रमित थपिएका छन् । आइतबार नेपालमा कोरोनाबाट सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष तथा चार महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ५३५ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  ०५:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP