Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सुरक्षित गर्भपतन सेवा पहुँचबाहिर
सुरक्षित गर्भपतन सेवा पहुँचबाहिर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १८, २०७७
Sutkeri
Hardik health
तस्बिरः गुगल काठमाडौं– अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवसका दिन आयोजित एक छलफल कार्यक्रमले महिला तथा युवाहरुमा सुरक्षित गर्भपतन सेवा सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको निष्कर्ष निकालेको छ । सुरक्षित गर्भपतनको बारेमा छलफल गर्न अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवसका दिन बुधबार बियोन्ड बेइजिङ कमिटी नेपाल, सि डिसाइड्स नेपाल, राइट हिएर राइट नाउ नेपाल र भिजिबल इम्प्याक्टको सहकार्यमा सम्पन्न भच्र्युल छलफल कार्यक्रमले उक्त निष्कर्ष निकालेको हो । आयोजकका अनुसार युवाहरुलाई सि डिसाइड्स अभियानको बारेमा जानकारी गराउन र यस अभियानलाई स्थानीय तहसम्म पु¥याउन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा उपस्थित युवाहरुलाई ‘गर्भपतन र युवा,’ ‘गर्भपतन र लान्छना,’ ‘गर्भपतन र कोभिड–१९’ गरी तीन समूहमा विभाजन गरेर सो विषयमा रही यसको अवस्था, चुनौती र सुझाव संकलन गरिएको थियो । छलफलमा सुरक्षित गर्भपतन सेवाको पहु“चमा चुनौती रहेको मात्र नभएर कोभिड–१९ महामारीको असरले गर्दा कतिपय महिलाहरु यस सेवाबाट वञ्चित भएको तथ्यहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो । हरेक वर्ष २८ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवस मनाउने गरिन्छ । यसै सिलसिलामा सुरक्षित गर्भपतनको बारेमा छलफल गर्न युवाहरुलाई सि डिसाइड्स अभियानको बारेमा जानकारी गराउन र यस अभियानलाई स्थानीय तहसम्म पु¥याउन यस कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । सि डिसाइड्स अभियानको मुख्य उद्देश्य हरेकमहिला र किशोरीहरुले आफ्नो शरीर, जीवन र भविष्यको बारेमा आफैँले निर्णय गर्न पाउने समाजको विकास गर्नु रहेको कार्यक्रममा बताइएको थियो । जुम प्रविधिबाट आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा संलग्न ६५ जना युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित युवाहरुले सुरक्षित गर्भपतनसँग सम्बन्धित सत्य घटनामा आधारित कथाहरु वाचन, गीत प्रस्तुति गरेका थिए भने यसै क्षेत्रमा कार्य गर्दै आएका तीन युवाहरुले सुरक्षित गर्भपतनसँग सम्बन्धित छलफल गरेका थिए । छलफलबाट आएका अवस्था, चुनौती र सुझावहरु संस्थाले सरकारी तथा सरोकारवाला निकायहरुसँग पैरवी गर्नका लागि प्रयोग गरिने आयोजकले जनाएको छ । यस कार्यक्रमले सुरक्षित गर्भपतनको बारेमा युवाहरुलाई जानकारी गराउनका साथै उनीहरुलाई सचेत पनि गराएको तथा सहभागी युवाहरुले यो कार्यक्रम अरुभन्दा भिन्न र सूचनामूलक भएको बताएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP