Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित जेसन डिरेन
ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित जेसन डिरेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ८, २०७७
Hardik health
न्यूयोर्क– संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आङ्खनै प्रशासनका वैज्ञानिकहरू विरुद्ध वाकयुद्धमा व्यस्त छन् । विगत छ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी प्राथमिकता दिएको छ । विशेषज्ञ सल्लाह अनुसरण गरेको भए नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–१९ बाट हुने क्षति कम गर्न सकिने अध्ययनहरूले देखाएका छन् । राष्ट्रपति ट्रम्प र उनका आफ्ना खासखास व्यक्तिले महामारीको गुरुत्वको यथार्थ वैज्ञानिक मूल्यांकनलाई निरन्तर अस्वीकार मात्र होइन, चाकडीको भाषाशैलीमा वैज्ञानिक तथ्यलाई खिसीटिउरी गर्ने प्रयास गरेका छन् । गत हप्ता मात्र, राष्ट्रपति ट्रम्पले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुख डा रोबर्ट रेडफिल्डलाई ‘भ्रमित’ व्यक्तिको संज्ञा दिनुभयो किनकि रेडफिल्डले सन् २०२१ को अन्त्यतिर मात्र कोरोनाभाइरस विरुद्धको खोप निर्माण हुने बताएको थियो । कुनै प्रमाण बेगर नै ट्रम्पले आगामी नोभेम्बर ३ को चुनाव अघि नै खोप तयार हुने दाबी गरेको थियो । खोपका लागि ट्रम्पको छटपटीले विज्ञान वा खोप निर्माण प्रक्रियालाई असर गरेको छ भन्ने कुनै संकेत भने देखिएको छैन, तर चुनावअघि खोप निर्माण हुन सके चुनावलाई आफ्नो पक्षमा पार्न सकिने उनमा अटल विश्वास छ । ट्रम्प र विज्ञानबीचको द्वन्द्व कोभिड–१९ फैलिन थालेदेखि नै निरन्तर जारी छ । जनवरीको आखिरमा चीनको वुहानमा पहिलो पटक भाइरस देखा परिसकेपछि सिडिसीले आपतकालीन केन्द्रको थालनी गरेको थियो । इपिडेमियोलोजी (संक्रामक रोग विशेषज्ञ) विज्ञहरूले यो रोगलाई नियन्त्रणमा ल्याउन र फैलिन नदिन तत्कालै आक्रामक जनचेतना र सम्पर्क पहिचान (कन्टाक्ट ट्रेसिङ) आवश्यक रहेको बताएका थिए । यसको सट्टा, ट्रम्पले पहिलो महत्वपूर्ण हप्ताहरूमा सार्वजनिक रूपमै भाइरस केही होइन भन्दै हल्काफुल्का टिप्पणी गरे । यद्यपि उनले आफ्ना भित्री सहयोगीलाई भाइरस निकै खतरापूर्ण रहेको स्वीकारेका थिए । राष्ट्रपतिले पत्रकार बब वुडवर्डलाई मार्चमा भनेको थिए, ‘यो मामुली भाइरस हो, यसलाई सहजै परास्त गर्न सकिन्छ ।’ मार्चको मध्यसम्ममा, न्यूयोर्क र अन्य ठाउँका अस्पतालहरू बिरामीहरूले भरिभराउ भए र फ्रिजयुक्त ट्रकमा शवहरू राख्नु परेको थियो । मार्च ३१ मा, राष्ट्र अझै पनि महामारीको स्वरूप र प्रभाव बुझ्न आतुर थियो । ह्वाइट हाउसको कोरोनाभाइरस प्रतिक्रिया समन्वय केन्द्रका डा. डेबोरा बर्क्स र संक्रामक रोगसम्बन्धी नेशनल इन्स्टिच्युटका निर्देशक डा एन्थोनी फाउचीले राष्ट्रपति ट्रम्पको छेउमा उभिएर अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनसक्ने व्यक्तिको संख्याबारे अनुमान प्रस्तुत गरे । दुबै चिकित्सकले मुलुकमा मास्क अनिवार्य नगर्ने, सामाजिक दूरी कायम नगर्ने र व्यवसाय बन्द नगर्ने हो भने एक लाखदेखि २ लाख ४० हजारसम्म व्यक्तिको मृत्यु हुनसक्ने जानकारी दिए । उनीहरूले यदि संयुक्तराज्य अमेरिकाले कडा कदम चालेमा एक लाखभन्दा कम व्यक्तिको मात्र मृत्यु हुन सक्ने बताएको थियो । त्यसलगत्तै राष्ट्रपति ट्रम्पले भने, ‘हामीलाई त्योभन्दा अझ कम व्यक्तिको मृत्यु हुने आशा छ ।’ अझै, राष्ट्रव्यापी रूपमै मास्क अनिवार्य गर्नुको साटो ट्रम्प प्रशासनले केही हप्तामा नै ‘अमेरिका खोलौं’ भन्ने अभियान चलायो । सिडिसीले उद्योग, व्यवसाय पुनः खोल्ने निर्णयलाई सहयोग पु¥याउन निकै कडा नयाँ निर्देशिकाहरू तयार गर्यो । तर ह्वाइट हाउसले त्यस निर्देशिकालाई कडा ठान्यो । ह्वाइट हाउसका नीति निर्माताहरूले सिडिसीका वैज्ञानिकहरूप्रति लक्षित गर्दै ‘दिनको उज्यालो कहिल्यै देख्न नदिनेहरू’ भन्दै आलोचना गरे । एसोसिएटेड प्रेसले ६३ पृष्ठको एउटा निर्देशिका तयार गरेको थियो जसले कार्यस्थल, दिवासेवा केन्द्रहरू र रेस्टुरेन्टहरूको लागि विज्ञानमा आधारित सिफारिशहरू गरेको थियो । अनुमान गरिएझैं नतिजा आयोः समुदायहरू फेरि खुलेपछि संक्रमण तिब्र गतिमा वृद्धि भयो, र मृतकको संख्या एक लाखमुनि राख्ने आशामा तुषारापात भयो । सिडीसी सिफारिसहरू जारी गर्नुअघि परीक्षणका लागि ह्वाइट हाउस कार्यदलको माध्यमबाट जारी गरिएको थियो । रेडफिल्डमाथि अहिले सिडिसीको प्रतिरक्षा गर्न नसकेको भन्दै आलोचना गरिएको छ, र लामो समयदेखि सिडिसीमा काम गरिसकेका व्यक्तिहरूले यसको नेतृत्वले राजनीतिको साटो विज्ञानलाई प्रधान्य दिने आशा गरेका छन् । ‘मलाई पक्का विश्वास छ कि यो सजिलो छैन, तर यो सिडिसीको प्रतिष्ठाको लागि यो आवश्यक छ,’ २० वर्षसम्म सिडिसीमा कार्य गर्नु भएकी फ्लोरिडा विश्वविद्यालयकी चिकित्सा विज्ञानकी प्राध्यापक डा. सोन्जा रास्मुसेनले भने । ‘हामीलाई यो महामारीबाट पार लगाउन एक बलियो र विश्वासयोग्य सिडिसी चाहिएको छ जसले भविष्यमा पनि सार्वजनिक स्वास्थ्य आपतकालबाट जनतालाई सुरक्षित गर्न सकोस् ।’ फाउचीलाई संचार माध्यमसँगको अन्तक्र्रियामा प्रतिबन्ध लगाएसँगै राष्ट्रपति ट्रम्पले स्ट्यान्फोर्ड विश्वविद्यालयका न्युरोलजिस्ट डा. स्कट एटलसलाई अगाडि सारेको छ । तर उनलाई संक्रामक रोग र महामारीका बारेमा खासै अनुभव छैन । एटलसले विद्यार्थीहरूलाई मास्क वा सामाजिक दूरी आवश्यकता छैन भन्दै आएको छ । एटलसले भाइरसबाट मुक्त हुन ‘हर्ड इम्युनिटी’ सिर्जना गर्नुपर्ने बताएको छ । जनसंख्याको ठूलो हिस्सालाई संक्रमित हुन दिएर समुदायव्यापी प्रतिरोधात्मक क्षमताको निर्माण गर्न सकिन्छ भन्ने धारणा नै ‘हर्ड इम्युनिटी’ हो । विश्व स्वास्थ्य संगठनले यो दृष्टिकोणलाई खतरनाक कदम भनी चेतावनी दिइसकेको छ । ह्वाइट हाउसका अधिकारीहरूले पछिल्लो समय एटलसले त्यसो नभनेको भन्दै प्रतिरक्षा गरिरहेको छ । त्यस्तै, २७ वटा राज्यका कम्तीमा ६० जना राज्यस्तरीय वा स्थानीय स्वास्थ्यकर्मीले अप्रिलयता पदबाट राजीनामा दिइसकेका वा पदबाट हटाइएका छन् । जुन महिनादेखियता यो संख्या दोब्बर भएको छ । धेरै सार्वजनिक अधिकारीहरूको राजनैतिक दबाब वा मास्क लगाउनुपर्ने र बन्दको कार्यान्वयन गर्नुपर्ने आदेशबाट क्रोधित व्यक्तिहरूको हिंसात्मक धम्की पछि पदबाट राजीनामा गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०५:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP