Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पहिलोपटक क्षेत्रीय विज्ञ सम्मेलनको तयारी
पहिलोपटक क्षेत्रीय विज्ञ सम्मेलनको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १, २०७७
Nrna
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पहिलोपटक क्षेत्रीय विज्ञ सम्मेलन ‘नलेज कन्भेन्सन’ को आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत आगामी २६ र २७ सेप्टेम्बरमा आठौँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा पहिलो एसिया प्यासिफिक विज्ञ सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराइएको हो । विशेषगरी नोबेल कोरोना भाइरस (कोभिड–१९) ले विपत्मा परेका नेपालीहरूलाई फिर्ता गरेर उनीहरूको सीप स्वदेशमै उपयोग गर्ने विषयमा सम्मेलन आयोजना गर्न लागिएको पनि एनआरएनएले जनाएको छ । एनआरएनएका अनुसार आगामी हुने सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको छ । दुईदिने सम्मेलनबाट विदेशमा दक्षता, सीप हासिल गरेका नेपालीहरूलाई फर्काएर स्वरोजगार सिर्जनासँगै देश विकासमा टेवा पु¥याउनका लागि कार्यक्रमको आयोजना गरिएको एनआरएनएले जनाएको छ । साथै, एनआरएनए र सरकारको सहकार्यमा उक्त पहल गरिने जनाइएको छ । विदेशमा सिकेको सीप नेपाली भूमि मै उपयोग गर्नका लागि सम्मेलन आयोजना गरिएको सम्मेलनका आयोजक रविन्द्र श्रेष्ठले बताएका छन् । उनले भने, ‘कोभिड–१९ का कारण होस् वा अन्य कारणले विदेशबाट फर्केकालाई कसरी स्वरोजगार र देश समृद्ध बनाउन सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित रहेको छ ।’ साथै, नेपालीको उद्धार कुन तवरले गर्ने भन्नेबारेमा पनि सम्मेलनमा छलफल हुने उनले बताए । विभिन्न भाग छुट्टाएर आयोजना गर्न लागिएको सम्मेलनमा एनआरएनएमा महिला सहभागिता, भूमिका, नेतृत्व र निकासका विषयमा बहस गरिने एनआरएनए एसिया प्यासिफिकका कोअर्डिनेटर अम्रिता थापा (कञ्चन) ले बताएकी छन् । उनले भनिन्, ‘आगामी दुईदिने सम्मेलनले संघमा महिलाको उपस्थिति, भूमिका, नेतृत्व र निकासका बारे गहन बहस गर्नेछ ।’ उनका अनुसार पहिलो दिन युथ, दोस्रो दिन महिला र तेस्रो दिन नलेजसम्बन्धि गरी तीन सेसनमा रहेर छलफल हुनेछ । आगामी हुने सम्मेलनको उद्देश्य ‘नेटवर्किङ’ नै बनाएर आफूसँग भएको ज्ञान, सीप आदानप्रदान गर्न ‘नलेज कन्भेन्सन’ गर्न लागिएको एसिया प्यासिफिक सम्मेलनका को–अर्डिनेटर डा. देवी बस्नेतले बताएका छन् । ‘विदेशमा रहेका हकमा के गर्ने र फर्केर जानेहरूका हकमा के गर्ने भन्नेमा विदेशमा बस्ने नेपालीमा समस्या रहेको छ । यद्यपि, यही समस्याको खोजी सम्मेलनले गर्नेछ ।’ साथै, सम्मेलनमा कोरिया, जापानलगायत मुलुकहरू तीव्र गतिमा किन अगाडि बढिरहेका छन् भन्ने उदाहरण पनि प्रस्तुत गरिने उनले बताए । सम्मेलनमा नेपाल र विदेशमा रहेका विज्ञहरूको जम्काभेटमार्फत वैचारिक प्रस्तुति पनि प्रष्फुटित गरिने एनआरएनएले जनाएको छ । एनआरएनएका अनुसार यसअघि महिनामा एकचोटी हुने विज्ञ सम्मेलनले फड्को मारेको र प्रत्येक हप्ता हुने सम्मेलनले औधी आसा पलाएको छ । साथै, गैरआवासीय नेपालीलाई जोड्नका लागि यस सम्मेलनले नेटवर्किङको भूमिका निर्वाह गरेको एनआरएनएले जनाएको छ । आगामी हुने दुईदिने सम्मेलनमा कृषि, स्मार्ट सिटी र स्मार्ट टेक्नोलोजी, हेल्थलगायत समग्र विषयमा छलफल गरिने आयोजकले जनाएको छ । स्मार्ट सिटी एन्ड एड्भान्स आइसिटी ट्रेन्डस्का सेसनअन्तर्गत स्मार्ट सिटी र स्मार्ट टेक्नोलोजी कसरी विकास गर्न सकिन्छ भनेर छलफल गरिने आयोजकले जनाएको छ । र, यसभित्र नेपालमा स्मार्ट शिक्षादेखि अन्य विविध पाटोमा छलफल चल्ने बताइएको छ । त्यस्तै, धेरै जसो विद्यार्थीहरू विदेशमा ग्र्याजुएट गरेपछि पनि किन फर्किँदैनन् र सरकारले त्यस्ता विद्यार्थीहरूलाई किन फर्काउने वातावरण गरेको छैन भन्ने यावत् विषयमा छलफल गरिने बताइएको छ । यसका लागि नेपाल र दक्षिण कोरियामा रहेका विज्ञहरूले प्रस्तुति दिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ०६:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP