काठमाडौं - नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार महर्जन १ हजार ९३५ मत प्राप्त गरी पहिलो स्थानमा छन् । त्यसैगरी निष्कल राई १ हजार ८५८ मतका साथ दोस्रो र प्रा.डा. गोविन्दराज पोखरेल १ हजार ६८६ मतका साथ तेस्रो स्थानमा छन्।
अहिलेसम्मको मतगणना अनुसार इन्द्रबहादुर बानियाँ १ हजार ६४६, जितनारायण श्रेष्ठले १ हजार ५७१, ई. मोहन आचार्यले १ हजार ५१६, प्रवल थापाले १ हजार ४७७, हिमालदत्त श्रेष्ठले १ हजार ४१४, राजीव कोइरालाले १ हजार ३९१ र गणेश लामाले १ हजार ३७१ मत प्राप्त गरेका छन्।
कांग्रेसमा खुला केन्द्रीय सदस्य ४५ जना चुनिने व्यवस्था छ । जसका लागि प्रतिस्पर्धामा ८९ जना उम्मेदवार छन् ।