काठमाडौं - कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ।
दुर्घटनामा १८ जना बालबालिका घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
कालिका इङलिस स्कुलको बस दुर्घटनामा घाइते भएका उनीहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको उनले बताए।
सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा करिब २१ जना विद्यार्थी सवार रहेको बुझिएको छ।
घटना लगत्तै नेपाल प्रहरीले उद्धार गरेको थियो।