काठमाडौं– सिद्धार्थ बैंकका ग्राहकले नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्।
बैंक र ल्याबबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो।
सम्झौताअनुसार महाराजगञ्जस्थित नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।