काठमाडौं– बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको यो सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।
‘रपावर मिट्स रपावर’ भन्ने मूल अवधारणामा आधारित यो सहकार्यले रविन्द्र ढाँटको व्यक्तित्व र पल्सरको आक्रामक प्रदर्शनबीचको समानतालाई प्रस्तुत गर्ने छ। ढाँटको शक्ति, तीव्रता र प्रभावशाली व्यक्तित्व पल्सरको पावर, प्रदर्शन र मस्कुलर स्ट्रिटफाइटर डिजाइनसँग मेल खाने कम्पनीको भनाइ छ।
पल्सरलाई शक्ति, प्रदर्शन र आक्रामक राइडिङ चरित्रका लागि परिचित मोटरसाइकलका रूपमा स्थापित गर्दै आएको बजाजले ढाँटसँगको सहकार्यबाट यही पहिचानलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने जनाएको छ।
यस सहकार्यले विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकलप्रति रुचि राख्ने राइडरहरूसँग ब्रान्डको सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।