काठमाडौं- नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले यस वर्षको दसैंका लागि ‘बजाज गेम अफ पावर- खेल्ने हो?’ अभियान ल्याएको छ।
अभियानमार्फत बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीहरूले मोटरसाइकल खरिदसँगै पुरस्कार जित्ने, डिजिटल रेसमा सहभागी हुने र आफ्ना मनपर्ने च्याम्पियनसँग भेट्ने अवसर पाउने छन्।
दसैंको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले रु. १ लाख सम्मको पुरस्कार पाउने छन्। साथै, स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहार जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ।
अभियानको विशेष आकर्षणका रूपमा रविन्द्र ढाँट, सीआर७ होराआ (सन्जन गौतम) र दीपेन्द्रसिंह ऐरीसँग भेट्ने अवसरसमेत रहेको छ।
अभियानअन्तर्गत छनोट भएका विजेताले यी च्याम्पियनहरूसँग प्रत्यक्ष भेटघाट गर्न सक्ने छन्।
अभियानलाई डिजिटल माध्यममा पनि जोड्दै बजाजले ‘पल्सर रेसिङ गेम’ ल्याएको छ। यसमा सहभागीहरूले आफूलाई मनपर्ने च्याम्पियनको पात्र छनोट गरी डिजिटल ट्र्याकमा रेस गर्न सक्ने छन्। सबैभन्दा कम समयमा रेस पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले हस्ताक्षरित टी–सर्ट, च्याम्पियनका सामग्री तथा बजाजका विशेष उपहार जित्न सक्ने छन्।