काठमाडौं- बबियाखर्क बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शान्तिनगर काठमाडौंको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार काठमाडौंको नयाँबानेश्वरमा संस्थाका अध्यक्ष ताराप्रसाद घिमिरेको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। त्यस्तै, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा आगामी आर्थिक वर्षको बजेटसमेत अनुमोदन गरेको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायत विभिन्न प्रस्तावसमेत पारित गरेको संस्थाले जनाएको छ।
साधारण सभामा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वासलातअनुसार संस्थाको सेयर पुँजी ३ करोड ७९ लाख ८७ हजार २०० रुपैयाँ पुगेको छ। संस्थाले १९ करोड ७९ लाख ६३ हजार ६३२ रुपैयाँ ऋण लगानी गरेको छ भने बचत तथा निक्षेप दायित्व ३१ करोड ९६ लाख ७४ हजार ८२८ रुपैयाँ रहेको छ।
त्यस्तै, संस्थाको साधारण जगेडा कोषमा ३ करोड २२ लाख ३६ हजार ९२८ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको कुल कारोबार ४० करोड ४६ लाख ३७ हजार ६१३ रुपैयाँ पुगेको छ।
साधारण सभाको अवसरमा एसईई तथा प्लस टु परीक्षामा उत्कृष्ट अंक ल्याउने सेयरधनीका छोराछोरीलाई पुरस्कार प्रदान गरिएको थियो। साथै, संस्थामा उत्कृष्ट कारोबार गर्ने कारोबारीलगायतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा विभिन्न प्रतियोगितासमेत आयोजना गरी सहकारीका सदस्यहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा सहकारीकर्मी, सहकारी अभियन्ता, समाजसेवी तथा संस्थामा आबद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो ।