ललितपुर - डायनामिक बचत तथा ऋण सहकारी संस्था लि. पुल्चोक ललितपुरको १८ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन मिति २०८३ असोज ३ गते शनिवार सम्पन्न भयो । संस्थाका अध्यक्ष पुष्प प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका उपाध्यक्ष रवि शंकर श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए ।
आ.व.२०८२/०८३ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८३/०८४ को लागि प्रस्तावित कार्य योजना, आ.व.२०८२/०८३ को आर्थिक प्रतिवेदन तथा आ.व. २०८३/०८४ को अनुमानित आयव्यय विवरण, लेखा सुपरीवेक्षण समितिको आ.व. २०८२/०६३ को प्रतिवेदन संस्थाका सचिव नरेन्द्र शाक्य र लेखा सुपरीवेक्षण समितिका संयोजक श्री शंकर प्रसाद श्रेष्ठले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरुका साथै सो साधारण सभामा विषयगत छलफल गरी सर्वसम्मतबाट पारित गरिएको थियो ।
सो सभामा संस्थाका सञ्चालक समितिका पूर्व अध्यक्ष राजेन्द्र शाक्य तथा सदस्य सुरेन्द्र शाक्यले आ-आफ्नो धारणा राखेका थिए ।
साथै संस्थाको १८ औं वार्षिक साधारण सभाका सभापति एवं सञ्चालक समितिका अध्यक्ष पुष्प प्रसाद श्रेष्ठले देशमा बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुको वर्तमान अवस्था र यस डायनामिक साकोसको भावी रणनीति तथा कार्य योजना बारे प्रकाश पारे ।
यस १८ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नयाँ पदाधिकारी एवं सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । सात सदस्यीय सञ्चालक समितिमा पुष्प प्रसाद श्रेष्ठ, रवि शंकर श्रेष्ठ, शंकर प्रसाद श्रेष्ठ, यशोदा श्रेष्ठ क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्ष र सदस्यहरुमा नरेन्द्र शाक्य, शिव श्रेष्ठ र रुद्र कुमारी बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
यसै गरी लेखा सुपरीक्षेण समितिमा निर्मल कुमार बराल, रेखा श्रेष्ठ र विशाल शाक्य क्रमश संयोजक तथा सदस्यहरुमा निर्विरोध निर्वाचित भएका छन् ।