Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • उडान नभएपछि उद्धार ठप्प
उडान नभएपछि उद्धार ठप्प
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २५, २०७७
Hardik health
काठमाडौं– साउदी अरबका लागि नेपाली राजदूत प्रा.डा.महेन्द्रसिंह राजपुतले नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका नेपाली श्रमिकको उद्धारका लागि उडानै नभएपछि उद्धार ठप्प भएको बताएका छन् । बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘कोभिड– १९ वैदेशिक रोजगारमा रहेका कामदारको अवस्था विषय’ को भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा.राजपुतले श्रमिकको उद्धारका लागि दूताबासले संख्या यकिन गरेर परराष्ट्र मन्त्रालयलाई पठाए पनि उडान नहुँदा उद्धार ठप्प भएको बताएका हुन् । हालसम्म साउदी अरबबाट २८ हजार श्रमिकले फर्कनका लागि निवेदन दिएकामध्ये तत्काल २० हजारको उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई भनिए पनि उडान नहुँदा उद्धार हुन नसकेको उनले बताएका छन् । सरकारले १६ भदौपछि दैनिक रूपमा ८ सय नेपाली श्रमिकको उद्धार गर्ने भने पनि साउदीमा विमानले श्रमिकको उद्धार गर्न नआएको उनले बताए । उनले भने, ‘साउदी–नेपाल सिधै उडान नहुनु दुःखद कुरा हो । र, दूताबासले उद्धार गर्नुपर्ने श्रमिकको संख्या यकिन गरेर परराष्ट्र मन्त्रालाई पठाउँदा पनि उडान नहुनु सबैभन्दा समस्या हो । यद्यपि, सरकारले भनेजस्तो उद्धार लागि उडान चाँडो भइदिएको भए उद्धारमा ढिलो हुँदै हुँदैन ।’ उनका अनुसार हाल साउदीमा ४ लाख श्रमिकहरू विभिन्न कम्पनी कार्यरत रहेका छन् । सेप्टेम्बरभित्र १२ हजार नेपाली श्रमिकलाई फर्काइने र, त्यसपछि बाँकी रहेका ८ हजारको पनि उद्धार गर्ने गरी दूताबासले काम गरिरहेको पनि उनले बताए । साथै, श्रमिकको स्वास्थ्य उपचारमा साउदी सरकारले कुनै भेद्भाव नगरेको उनको भनाइ छ । कोभिड–१९ का कारण ६ महिनादेखि तलब सुविधा नपाएपछि १ हजार २ सय नेपालीले दूताबासविरुद्ध नाराबाजी लगाएको विषयमा पनि उनले जवाफ दिएका छन् । ‘दैनिक दमाम र रियादमा ५÷५ विमानको व्यवस्थ गरेको खण्डमा उद्धारमा ढिलाइ हुँदैन । र, यस्तो नाराबाजी केही हुँदैन । काठमाडौंबाट उद्धार गर्ने भनेर खबर आउँछ तर, विमान आउँदैन,’ उनले भने, ‘र, नाराबाजीको सवालमा साउदी अरबका कम्पनीको कम्पाउन्ड टुँडिखेलजत्रो हुन्छ यस्तो अवस्थामा बाहिर गएर नाराबाजी गर्ने अवस्था नै छैन । श्रमिकहरू बसेको कोठा आसपासमा हल्ला गरेको भिडियो हो त्यो । पशुपतिको जात्राजस्तो हल्ला गर्दा यहाँको सरकार टुलुटुलु हेरर बस्दैन ।’ उनका अनुसार दूताबासविरुद्ध नाराबाजी गर्दैमा उद्धार भइहाल्ने नभएको बताउँदै सरकारले उद्धारका लागि विमान नै नपठाएपछि यस्तो समस्या सिर्जना भएको हो । यसकारण रोजगार गुमाएर फर्कन चाहने सबै श्रमिकको उद्धार गर्नकै लागि दूताबास लागिपरेको उनले बताए । श्रमिकको अवस्थाबारे गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष हरि भट्टराईले श्रमिकको अवस्था सन्तोषजनक रहेको बताएका छन् । ‘समस्या परेका श्रमिकलाई पूर्णरूपमा साथ दिइएको छ । राहत वितरण गरेर सान्त्वना पनि दिएको छ । उद्धारमा ढिलाइ भए पनि गाँस, बासमा कुनै कमी हुन दिइएको छैन,’ उनले भने । उनका अनुसार हाल मलेसियामा ५ लाखको हाराहारीमा नेपाली श्रमिकहरू कार्यरत रहेका छन् । साथै, कोभिड–१९ ले २० देखि ३० प्रतिशतले रोजगारी गुमाएको तर, अहिले मलेसियाको सरकारले महामारीलाई ‘कन्ट्रोल’ मा राख्नाले रोजगारी पुनः अवस्थामा फर्किँदै गरेको पनि उनले बताए । कोषको साढे ६ अर्ब खर्च गरेर उद्धार गर्न भनिए पनि अहिलेसम्म हुन नसक्नुमा उनले दुःख व्यक्त गरेका छन् । साथै, अवैधानिक श्रमिकहरू बढ्नाले एक कम्पनीबाट अर्काे कम्पनीमा अवैधानिक रूपमा जाने समस्या बढेको पनि उनले बताए । त्यस्तै, सरकारले तोेकेको मूल्यभन्दा चार गुणा महँगो भाडादर असुलेपछि कसैले रकम तिर्न नसक्ने अवस्था नरहेको पनि उनले बताएका छन् । उनका अनुसार मलेसियाबाट तत्काल १५ देखि २० हजारको हाराहारीमा तत्काल फर्कन चाहेका छन् । एनआरएनए कतारका उद्धार तथा राहत समितिका संयोजक उत्तम गुरुङले कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकहरू भोकै बस्नुपरेको र, उद्धारका लागि हवाइ उडानको व्यवस्था सरकारले चाँडो गरिदिनुपर्ने बताएका छन् । उनका अनुसार हालसम्म ७ हजार नेपाली श्रमिकलाई राहत सामग्री वितरण गरिएको छ । सरकारले निर्देशिका नै जारी गरेर श्रमिकको उद्धार गर्ने भनिए पनि किन ढिलाइ भन्ने प्रश्नमा निर्देशिकाबमोजिम नै १५ विषयअन्तर्गत रहेर उद्धार गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले बताएका छन् । उद्धारका लागि लाग्ने खर्च बोर्डको कोषमार्फत गरिएको र हरेक हप्ता श्रमिकका तथ्यांक अवस्थाबारे पनि सार्वजनिक भइरहेको पनि उनले बताए । उनले भने, ‘प्रमुख गन्तव्य मुलुक (८ राष्ट्र) बाट १ लाख २५ हजारले तत्काल फर्कनका लागि निवेदन दिएको तथ्यांक सम्बन्धित दूताबासका श्रम सहचारीमार्फत् मन्त्रालयले प्राप्त गरेको छ । र, एमसिसिसीमा उनीहरूको उद्धारका लागि छलफल चलिरहेको छ ।’
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  ०७:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP