काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेस प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूमाझ ‘ड्राइभिङ हाइ– भोल्युमग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४’ कार्यक्रम आयोजना गरेको छ ।
सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा गत आर्थिक बर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्ययोजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा अन्तरक्रिया भएकोे बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मधेश प्रदेशका आठ जिल्लामा सिटिजन्स बैंकको २९ शाखा कार्यालय संञ्चालनमा छन् ।
यसअघि नै बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ र कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न गरेको थियो । त्यसैको निरन्तरता स्वरूप मधेस प्रदेशमा यस किसिमको सेमिनार गरिएको बैंकले जनाएको छ ।