काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१४ बाट दुई, मोरङको लेटाङ नगरपालिका-४ बिपी चोकबाट दुई, उदयपुरको त्रियुगा नगरपालिका-६ बाट पाँच, कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका-९ खक्रौलाबाट दुई जना पक्राउ परेका हुन् ।
यस्तै नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-४ देवीनगरस्थित बसपार्कबाट एक तथा पर्साको सखुवा प्रसौनी गाउँपालिका-२ श्रीपुर बजार र पटेर्वा सुगौली गाउँपालिका-५ मनिहर्वा चोकबाट एक/एक जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम र स्पास्मो बरादम गरेको छ ।