Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम स्विकृति खुला, हर्ष न विस्मात्
श्रम स्विकृति खुला, हर्ष न विस्मात्
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २३, २०७७
Hardik health
काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको मध्यवधिमा वैदेशिक रोजगारीमा जान चाहनेका लागि नयाँ श्रम स्विकृति खुला गरे पनि यसको कुनै औचित्य देखिएको छैन । गत आइतबारको मन्त्रिपरिषद्को बैठकले रोजगारका लागि प्रमुख गन्तव्य मुलुकमा जान चाहनेलाई श्रम स्विकृति खुला गर्ने निर्णय गरे पनि निषेधाज्ञाका कारण वैदेशिक रोजगार कार्यालयमा पुगेर कामदारले श्रम स्विकृति लिन सक्ने वातावरण नबनेपछि औचित्यहीन देखिएको हो । कोभिड–१९ संक्रमणका कारण उपत्यकासहितका जिल्ला निषेधाज्ञा गरिएपछि कार्यालय बन्द हुनाले श्रम स्विकृतिको काम अघि बढ्न नसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताएका छन् । निषेधाज्ञा नभए कर्मचारीले सरकारको आदेश पालना गर्ने पनि उनले बताए । यसै सन्दर्भमा त्यसो त श्रम स्विकृति खुला गर्नुको औचित्य देखिएन नि भन्ने प्रश्मा श्रम स्विकृतिसम्बन्धि आन्तरिक काम भइरहे पनि २४ भदौसम्म कुनै काम नगरिने उनले बताएका छन् । उनले भने, ‘लकडाउनले केही काम गर्न पाएको छैन । सरकारले श्रम स्विकृति खुला गरे पनि कार्यालय खुलेपछि श्रम स्विकृति लिनका कामदार आउने कुरै भएन । २४ भदौपछि मात्र श्रम स्विकृतिका कामबारे सोचिनेछ ।’ कोभिड–१९ संक्रमण बढेसँगै उपत्यकासहितका जिल्लामा निषेधाज्ञा कति लम्बिन्छ भन्नेमा अन्योल रहेको बताउँदै श्रम स्विकृति पनि त्यही अनुरूप तय गरिने उनले बताएका छन् । कोरोना संक्रमण बढ्दा कार्यालय बन्द हुने र यस्तो अवस्थामा कार्यालयबाट काम नहुने उनले बताए । निषेधाज्ञाको परिस्थितिमा श्रम स्विकृति दिने वैकल्पिक योजनाहरू पनि अघि बढाउन नसकिने उनले बताएका छन् । जब कि कामदारको स्वास्थ्य परीक्षणहरू सम्बन्धित ठाउँमा नै पुगेर गर्नुपर्ने भएकाले पनि यस्तो समयमा वैकल्पिक योजनाबारे सोच्न नसकिने उनले बताए । गत बुधबार श्रम स्विृतिका सन्दर्भमा ३ बुँदे सर्तहरू जारी गर्दै पूर्वश्रम स्विकृति लिएका, श्रम स्विकृति लिने प्रक्रियामा रहेका नयाँ र नयाँ व्यक्तिगत श्रम स्विकृति लिनेहरूले दूताबासबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्रमाणित गराई वैदेशिक रोजगार कार्यालयमा अनिवार्य बुझाउनुपर्ने विभागले जनाएको थियो । तर, वैदशिक रोजगार व्यवसायीले विभागको उक्त कदम झन्झटिलो बताएपछि दुई पक्षीय समझादारीमा विभागले एनओसी फिर्ता लिन बाध्य भएको थियो । यसै सन्दर्भमा विभागले एनओसीबिनै श्रम स्विकृति दिने निर्णय गरे पनि कोभिड–१९ संक्रमणले लम्बिँदै गएको निषेधज्ञाले श्रम स्विकृति खोल्नु र नखोल्नुको कुनै अर्थ नदेखिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताएका छन् । उनले भने, ‘प्रमुख गन्तव्य मुलुकबाट कामदारको माग भएर आइसकेको छ । र, सरकारबाट श्रम स्विकृति पनि जारी गरिसकिएको छ । तर, मुलुक निषेधाज्ञा भएपछि श्रम स्विकृति खोल्नु र नखोल्नुको कुनै औचित्य देखिएन ।’ श्रम स्विकृति खुला गरे पनि कार्य सञ्चालन हुन नसक्नुमा सरकारको गृहकार्य नपुगेको महासचिव श्रेष्ठ बताउँछन् । ‘अगाडि बढ्नका लागि आवश्यक गृहकार्य नै नगरी हचुवाको भरमा अघि बढ्दा समस्यामाथि समस्या निम्तिएका छन्,’ उनले भने, ‘एनओसीको विषयमा पनि एक्लौटी ढंगले काम गर्दा सरकार आफैँ पछि पर्नुप¥यो । यसरी हचुवाका भरमा अघि बढ्दा समस्याहरू निम्तिएको हो ।’
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  ०७:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP