Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #सेयर_बजार
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पत्रकारहरूलाई स्वास्थ्य–सुरक्षा सामग्री
पत्रकारहरूलाई स्वास्थ्य–सुरक्षा सामग्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २३, २०७७
gopal-960x640
RBB RBB
काठमाडौं– निशानदेवी मिडिया प्रा.ली.ले पत्रकारहरूलाई प्रेस ज्याकेट, मास्क, फेस शिल्ड र ग्लभ्स प्रदान गरेको छ । सोमबार सामाजिक दूरी कायम गर्दै आयोजना गरिएको एक कार्यक्रमकाबीच उक्त सामग्रीहरू पत्रकारहरूलाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाबाट संयुक्त रूपमा ती सामग्रीहरू पत्रकारहरूलाई प्रदान गरिएको हो । निशानदेवी मिडिया प्रा.ली.का अध्यक्ष एवं निशानन्यूज डटकमका सम्पादक गोपाल बराईलीको सभापतित्वमा आयोजित कार्यं ७० जना पत्रकारहरूलाई उक्त सामग्री प्रदान गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले कोभिड–१९ को बेलामा रोजगारबिहीन भएका पत्रकारहरूलाई आर्थिक सहायता र राहत नदिएको गुनासो पोखेका छन् । राज्यले सञ्चारकर्मीहरूलाई सञ्चारकर्मीजस्तो व्यवहार नगरेको बताउँदै राज्यले वास्ता नगरेपनि आफैं सुरक्षित हुँदै जनताको लागि सही सूचना सम्प्रेष्ण गर्ने दायित्वमा खरो उत्रिन देशभरिका पत्रकारहरूलाई आग्रह गरेका छन् । उनले आजसम्म १०० जनाभन्दा बढि सञ्चारकर्मीहरू कोरोना भाइरसबाट संक्रमित भैसकेको उल्लेख गर्दै यस्तो बेलामा जोगिएर काम गर्नुपर्ने धारणा राखे । त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले सञ्चारकर्मीहरू कसैको लहैलहैमा नलगी सही सुचना प्रवाह गर्ने काममा खटिनुपर्ने बताए । उनले रिपोर्टर्स क्लब सबै सञ्चारकर्मीहरूको पक्षमा रहेको र सधैं पत्रकारहरूको हित चाहेको विश्वास दिलाए । बराईलीका अनुसार आफ्नो संस्थाले वितरण गरेका सामग्रीहरू घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका पूर्व अध्यक्ष छिरिङ राप्के लामा, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष निमा लामा, महासचिव छोन्जोम लामा, ढोक्प्य किदुग अमेरिकाका सदस्य दावा शेर्पा, सञ्चारकर्मी मुकुन्द सुवेदी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, नेपाली कांग्रेसका युवा नेताहरू ज्ञालन थापा, शिव ढकाल, टकबहादुर रुवाली, एनआरएनए अमेरिकाका युवा संयोजक विनोद रुवालीले अमेरिकाबाट व्यक्तिगत रूपमा आर्थिक सहयोग पठाएको रकमबाट किनिएको हो । आफ्नो संस्थाले कोरोना संक्रमणबाट बढि प्रभावित जिल्लाहरूमा पनि यी स्वास्थ्य–सुरक्षा सामग्री प्रदान गर्ने तयारी गरेको बराईलीले जानकारी दिएका छन् । बराईलीले देशभरिका पत्रकारहरूलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर जनतालाई सुसुचित गर्ने काममा आफूलाई तल्लिन राख्नको लागि आग्रह गरेका थिए । पत्रकार सम्मेलनको सञ्चालन निशान न्यूज डटकमकी उप–सम्पादक शोभा अर्यालले गरेकी थिईन भने स्वागत मन्तव्य सुरज गौतमले राखेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  ०६:०८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित सोमबार, वैशाख २२, २०८२
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित आइतबार, वैशाख २१, २०८२
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन मंगलबार, वैशाख १६, २०८२
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज 
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज  सोमबार, चैत २५, २०८१
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान बिहीबार, चैत २१, २०८१
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने सोमबार, चैत १८, २०८१
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य बिहीबार, चैत ७, २०८१
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP