काठमाडौैं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेकाे छ । मंगलबारकाे तुलनामा आज सुनकाे मूल्य प्रतिताेला २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १६० रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला तीन लाख चार हजार एक सय रुपैयाँ र चाँदीको मूल्य चार हजार सात सय ५५ रुपैयाँ कायम भएको बताएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार आठ सय रुपैयाँ र चाँदीको चार हजार सात सय ५५रुपैयाँ कायम भएको थियो ।