Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सुदूरपश्चिममा निको हुने बढ्दै
सुदूरपश्चिममा निको हुने बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २२, २०७७
Dhangadi
Hardik health
विराटनगर–प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १४३ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ३१ महिला र ११२ जना पुरुष रहेका सामाजिक विकास मन्त्रालयले आइतबार जनाएको छ । थपिएका मध्ये सुनसरी ७८, मोरङ २९, झापा २८, सङ्खुवासभामा छ, उदयपुर र प्रदेश बाहिरका एकएकजना रहेका छन् । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमित पुष्टि भएको छ । ती मध्ये एक महिला र ७० पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । इटहरीमा पाँच महिला र दुई पुरुष, मोरङको विराटनगरमा नौ महिला १६ पुरुष, सुनबर्षीमा दुई पुरुष, जहदा र बूढीगङ्गामा एकएक महिला, झापाको विर्तामोडमा आठ महिला र दुई पुरुष, कमल गाउँपालिकामा तीन महिला र सात पुरुष, मेचीनगरमा दुई महिला चार पुरुष, अर्ज‘नधारा र स्थानीय तह नखुलेका एकएक महिलामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । सङ्खुवासभाको खाँदबारीमा तीन, चैनपुरमा दुई र चिचिलामा एक पुरुष, उदयपुरको त्रियुगामा एक पुरुष र प्रदेशबाहिर एक महिलाको रिपोर्ट पोजिटिभ आएको जनाइएको छ । यस प्रदेशमा हालसम्ममा चार हजार २२ जना कोरोना संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा झापाका एक महिला र विराटनगरका एक पुरुष गरी दुई जनाकोे मृत्यु भएको छ । हालसम्ममा यस प्रदेशमा ४१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आइतबार सातजना कोरोनाबाट मुक्त भएर डिस्चार्ज भएका छन् भने यस प्रदेशमा हाल सम्ममा एक हजार ८४३ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार २६७ जनासहित यसप्रदेशमा हालसम्ममा ९८ हजार ४८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । गण्डकीमा थपिए ६९ कोरोना संक्रमित गण्डकी प्रदेशमा आइतबार बिहान ६९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा संक्रमितको संख्या दुई हजार ५१६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमितमध्ये दुईजना अमरसिंह चोकस्थित पार्कल्यान्ड हस्पिटलमा कार्यरत स्टाफ नर्स, दुईजना लम्जुङको बैंसीशहरस्थित रिलायन्स फाइनान्समा कार्यरत कर्मचारी रहेको र बाँकी क्न्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयकाअनुसार संक्रमित सबैलाई आइसोलेसन केन्द्र लैजाने तयारी भइरहेको छ । कोरोना संक्रमित निको हुने बढ्दै सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शंकास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ । पिसिआर पद्धतिबाट आइतबारसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात् छ हजार १८ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको देखिएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयको तथ्यांक विश्लेषण गर्दा एक महिनाअघि भने कूल जाँच गरिएका नमूनामध्ये झण्डै १२ दशमलव सात प्रतिशत व्यक्तिमा कोरोना संक्रमण भएको देखिएको थियो । संक्रमणको जोखिम नहटेको भए पनि प्रदेशमा एक महिना अघिको तुलनामा हाल निको हुने दर भने बढ्दै गएको पाइएको छ । एक महिनाअघि सम्म कूल संक्रमित भेटिएका चार हजार ६५८ मध्ये ७० दशमलव ३३ प्रतिशत् अर्थात् तीन हजार २७६ जना निको भई डिस्चार्ज भएका थिए । यही भदौ २० गतेसम्म आइपुग्दा कूल संक्रमित छ हजार १८ मध्ये पाँच हजार १९८ जना अर्थात् ८६ दशमलव ३७ प्रतिशत निको भई डिस्चार्ज भइसकेका छन् । यद्यपि दैनिक रूपमा संक्रमित फेला पर्ने र डिस्चार्ज हुनेको संख्या भने केही घट्ने र बढ्ने गरेको छ । सक्रिय संक्रमित पनि एक महिना अघिको तुलनामा घट्दै गएको छ । एक महिनाअघि कूल सक्रिय संक्रमित एक हजार ३७३ जना रहेकामा भदौ २० गतेसम्म आइपुग्दा यो संख्या ८०९ जना पुगेको छ । कोभिड—१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलाली जिल्लामा सक्रिय संक्रमित बिरामी पनि बढी भेटिने गरेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएपछि शुरुको अवस्थामा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला बढी प्रभावित जिल्लाका रूपमा देखिएको थियो । आजसम्म कैलालीका छ, बझाङ र बाजुरामा दुई÷दुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ । रोगको संक्रमण फैलिन नदिन भदौ ४ गतेदेखि कैलाली जिल्लामा जारी निषेधाज्ञा शनिबारदेखि केही खुकुलो पारिएको छ । यो सँगै बढेको सर्वसाधारणको चहलपहलका कारण रोग फैलिन सक्ने जोखिम देखिएको जनाइएको छ । तोकिएको मास्क प्रयोग नगरी जथाभावी रूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरिएमा रोगको जोखिम थप बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । पछिल्ला दिनमा समुदायस्तरमा कोरोनाका बिरामी देखिन थालेपछि धनगढी उपमहानगरपालिका–५ का दुई टोलमा सिल गरिएको छ । उपमहानगरपालिकाको पहलमा समुदायस्तरमै कोरोनाको नमूना संकलन र परीक्षणसमेत भइरहेको छ । पछिल्लो दुई हप्तायता प्रदेशमा कोभिड—१९ को संक्रमणका कारण हुने मृत्यु दर स्थिर छ । प्रदेशमा मृत्यु दर हाल स्थिर देखिए पनि रोगले जटिल अवस्था ल्याउन सक्ने जोखिम यथावत् रहेको सेती प्रादेशिक अस्पताल धनगढीका ‘कोभिड—१९ उपचार विभागका प्रमुख एवं वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा शेबहादुर कमर बताउँछन् ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  ०६:२२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP