काठमाडौैं- स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य २५ रुपैयाँ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार आठ सय रुपैयाँ र चाँदीको मूल्य चार हजार सात सय ५५ रुपैयाँ कायम भएको बताएको छ ।
सोमबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार आठ सय र चाँदीको रु चार हजार सात सय ७० रुपैयाँ कायम भएको थियो ।