काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख पाँच हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार एक तोला सुन तीन लाख एक हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ७१० रुपैयाँ कायम भएको छ । शुक्रबार एक तोला चाँदी चार हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।