काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार ६०० रुपैयाँ र चाँदी तोलामा ९० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख एक हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो एक तोला सुन तीन लाख छ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य चार हजार ६६० रुपैयाँ कायम भएको छ । हिजो एक तोला चाँदी चार हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३२६ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।