Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पूर्व प्रस्थान अभिमुखीकरण पाठ्यक्रम डिजिटलाइज्डमा ढिलाई
पूर्व प्रस्थान अभिमुखीकरण पाठ्यक्रम डिजिटलाइज्डमा ढिलाई
ममता थापा
ममता थापा शुक्रबार, साउन २२, २०८३
Energy Drink Energy Drink

काठमाडौं- रोजगारीमा जाने श्रमिकको पूर्व प्रस्थान अभिमुखीकरण (पिडिओटी)को पाठ्यक्रम डिजिटलाइज्डमा ढिलाई हुने भएको छ । सरकारले गत चैत १५ गते सय दिनभित्र पिडिओटीलाई अनलाइन प्रणालीमा राख्न निर्देशन दिएको थियो ।

निवर्तमान युवा, श्रम तथा रोजगार मन्त्री दिपककुमार साहले शासकीय सुधारका एक सय बुँदे कार्यसूची अन्तर्गत सय दिनभित्र पिडिओटीलाई पूर्ण रुपमा अनलाइन प्रणालीमा लैजान निर्देशन दिएका थिए । अभिमुखीकरणको अनलाइन पाठ्यक्रम बनाउन मन्त्रीले निर्देशन दिएपनि बजेटको अभावले काम गर्न नसकिएको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताउँछन् । ‘पिडिओटीलाई अनलाइन बनाउने विषय १०० बुँदे कार्यक्रममा परेपनि बजेट थिएन । त्यसबिचमा मन्त्रीज्यू पनि फेरिनुभयो,’ प्रवक्ता घिमिरेले भने, ‘हामीले आफ्नै प्रयासमा डिजिटल सामग्री बनाएका छौँ । पाठ्यक्रम बनाउने काम अब यो आर्थिक वर्षमा हुन्छ ।’

pitambar-ghimire-1785218377.jpg
पिडिओटीलाई अनलाइन बनाउने विषय १०० बुँदे कार्यक्रममा परेपनि बजेट थिएन । त्यसबिचमा मन्त्रीज्यू पनि फेरिनुभयो । हामीले आफ्नै प्रयासमा डिजिटल सामग्री बनाएका छौँ । पाठ्यक्रम बनाउने काम अब यो आर्थिक वर्षमा हुन्छ ।
पिताम्बर घिमिरे
प्रवक्ता, श्रम मन्त्रालय

योसँगै चालु आर्थिक वर्ष २०८३/८४मा मात्र डिजिटलाइज्ड हुने वैदेशिक रोजगार बोर्डले जनाएको छ । यसबिचमा श्रम मन्त्रालयले आफ्नो वेबसाइट तथा युटुब च्यानलमा जानकारीमुलक श्रव्य दृश्य सामग्री बनाएर राखे पनि श्रमिकको पहुँचमा भने पुगेको देखिँदैन । पछिल्लो  तथ्यांकअनुसार नेपालबाट दैनिक औसतमा ११ सय बढी युवा पहिलोचोटी वैदेशिक रोजगारीमा जान्छन् । तर मन्त्रालयले करिब एक महिना अघिबाट राख्न थालेको भिडियो सामग्रीमा भिजिटर निकै कम देखिन्छ । 

Ncell
Hardik health

मन्त्री साहले पिडिओटीलाई अनलाइनबाटै पढेर, अनलाइनबाटै परीक्षा दिने व्यवस्था गर्न निर्देशन दिएसँगै सरोकारवालासँग छलफल गरेर छिट्टै अनलाइन माध्यममा लैजाने गृहकार्य भइरहेको बोर्डका तत्कालीन कार्यकारी निर्देशक द्धारिका उप्रेतीले बताएका थिए । त्यसपछि सरकारले राजनीतिक नियुक्तबाट कार्यरत कर्मचारीलाई सेवामुक्त गराएपछि उनी पदमुक्त भएका थिए । त्यसपछि बोर्ड बैठक बस्न सकेन । त्यसबिचमा बोर्डमा भएको बजेटलाई रकमान्तर गर्नपनि नसकिएकाले यस आर्थिक वर्षमामात्रै काम अघि बढ्ने बोर्डका एक अधिकारीले बताए । 

‘बोर्डको आफ्नै बजेट, कार्यक्रम हुन्छन् । गत आर्थिक वर्षमा पिडिओटीको लागि बजेट थिएन,’ उनले भने, ‘बोर्ड बैठक बस्न नसक्दा रकमान्तर हुन सकेछ । यसपाली चाहिँ राम्रोसँग बजेट विनियोजन गरेका छौँ । कोर्स अपडेट हुन्छ र प्रशिक्षार्थीलाई तालिम पनि दिइन्छ ।’

अहिले बोर्ड पिडिओटी दिने संस्थाका आवश्यकताहरु के-के छन्, कति प्रशिक्षार्थी कार्यरत छन् लगायत विवरण संकलन गर्ने तयारीमा रहेको जनाइएको छ । पाठ्यक्रमलाई पूर्ण रुपमा अनलाइनमा आधारित बनाउने या हाइब्रिड मोडलमा लैजाने भन्नेमा पनि पर्याप्त छलफल भइ नसकेको ती अधिकारीले बताए । ‘अब जाने भनेको डिजिटलमै हो तर पूर्ण डिजिटल नहुँदासम्म हाइब्रिड मोडलमा जाने भन्ने छ । यो विषयमा सबै सरोकारवालासँग छलफल गरेर कस्तो मोडालिटी अपनाउने भन्ने तय हुन्छ,’ ती अधिकारीले भने । 

रोजगारीमा जाने श्रमिकलाई गन्तव्य मुलुकमा गएर गर्नुपर्ने काम, त्यहाँको कानून, परिवेश, संस्कृतिलगायतका विषय जानकारी गराउन अभिमुखीकरण तालिम दिइन्छ । नेपालमा हाल अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७७ कार्यान्वयनमा छ । पुरानो पाठ्यक्रममा समयसापेक्ष विषयवस्तु नभएको र कक्षा पनि प्रभावकारी नहुँदा गन्तव्य मुलुकमा श्रमिकहरु विभिन्न समस्यामा पर्दै आएको बताइन्छ । पाठ्यक्रम संशोधनको विषय लामो समयदेखि उठेपनि संशोधन हुन सकेको छैन । 

अभिमुखीकरणलाई व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउन जुनसुकै स्थान र समयमा तालिम प्राप्त गर्ने व्यवस्था मिलाउन खोजिएको मन्त्रालयले जनाएको छ । नयाँ पाठ्यक्रममा वित्तिय तथा डिजिटल साक्षरता, मानसिक स्वास्थ्य, सुरक्षित आप्रवासन तथा ठगी पहिचान, टेलिमेडिसिन, सामाजिक सुरक्षा कोषलगायतका विषय थप गरेर समय सापेक्ष बनाइने जनाइएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया सोमबार, असोज ५, २०८३
भदौमा १० हजारले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या
भदौमा १० हजारले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या आइतबार, असोज ४, २०८३
साउनमा भित्रियो दुई खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स
साउनमा भित्रियो दुई खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स शुक्रबार, असोज २, २०८३
विभागले २५ व्यवसायीसँग माग्यो पाँच वर्षको विवरण
विभागले २५ व्यवसायीसँग माग्यो पाँच वर्षको विवरण शुक्रबार, असोज २, २०८३
मलेसिया सिण्डिकेटविरुद्ध महिला व्यवसायी: २५ व्यवसायीको फोटोमा खन्याए कालो मसी [भिडियोसहित]
मलेसिया सिण्डिकेटविरुद्ध महिला व्यवसायी: २५ व्यवसायीको फोटोमा खन्याए कालो मसी [भिडियोसहित] बिहीबार, असोज १, २०८३
सीप तथा रोजगार मेला आयोजना गर्दै श्रम मन्त्रालय
सीप तथा रोजगार मेला आयोजना गर्दै श्रम मन्त्रालय बिहीबार, असोज १, २०८३
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP