काठमाडौं- नयाँ नेपाली फिल्म ‘लज्जावती’ को दोस्रो गीत सार्वजनिक सार्वजनिक भएको छ । ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको दोस्रो गीत सार्वजनिक भएको हाे ।
निर्माण टिमले बिहीवार गीत युट्युबबाट सार्वजनिक गरेका छ । गीत मर्मस्पर्शी बनेको छ । गीतको भिडियोमा फिल्मका कलाकार मेनुका माझी र श्री कृष्ण निरौलाको प्रेम र विछोडपछिको अवस्थालाई चित्रण गरिएको छ । भिडियोमा कलाकार निरौलाको अभिनय भावुक बनाउने किसिमको छ । प्रेमीले छोडेर गएपछि उनी पागलप्रेमी झैं बनेको देखाइएको छ । उनी जतासुकै आफ्नो प्रेमीलाई देख्छन् ।
प्रेमिकाबाट छुटेपछि उनी हराएको र कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा उनका खोज्दै हिँडिरहेको दृश्यमा समेटिएको छ । गायक थानेश्वर गौतमको स्वर रहेको गीत भीम कुमार ओझाले लेखेका हुन् । गीतमा सन्तोष बिसीले संगीत भरेका छन् भने नारायण दंगालको संगीत संयोजन रहेको छ ।
यही २९ साउनदेखि प्रदर्शनमा आउने फिल्मका निर्देशक राजबहादुर साने हुन् । निर्देशक सानेका अनुसार फिल्मले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव र संघर्षलाई प्रस्तुत गरेको छ ।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलले अभिनय गरेका छन् । आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् ।
त्यस्तै, फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् भने द्वन्द निर्देशन देव महर्जनको रहेको छ । दिव्यराज सुवेदीको छायांकन रहेको फिल्म कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।