Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
विश्व
  • Home
  • विश्व
  • विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती
विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २१, २०८३

बर्लिन- जर्मनीको लाइपजिग/हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ । घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको हवाई सुरक्षासामु देखा परेको ‘खतराको नयाँ गुणस्तर’ भएको चुनौतीका रूपमा वर्णन गरेका छन् ।

मङ्गलबार राति विमानस्थल आसपास शंकास्पद उड्ने वस्तु देखिएपछि प्रमुख कार्गो केन्द्रका दुवै रनवे तत्काल बन्द गरिएका थिए । त्यसका कारण एउटा यात्रुवाहक विमानसहित केही उडानहरू वैकल्पिक विमानस्थलतर्फ मोडिएका थिए । दक्षिणी रनवे नजिक शंकास्पद वस्तु रहेको सूचनापछि विस्फोटक निष्क्रिय पार्ने रोबोट परिचालन गरिएको थियो ।

क्षेत्रीय प्रहरी र सरकारी अभियोजन कार्यालयका अनुसार विमानस्थलका एक कर्मचारीले दक्षिणी रनवे नजिकै अज्ञात विस्फोटक उपकरण बोकेको ड्रोन फेला पारेका थिए। त्यसपछि सुरक्षा निकायले ड्रोन नियन्त्रणमा लिएर त्यसमा जडान गरिएको डेटोनेटर हटाई सुरक्षित रूपमा निष्क्रिय पारेको थियो । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन् ।
घटनास्थल पुग्न बिदा नै स्थगित गरेका गृहमन्त्री डोब्रिन्डले विमानस्थलमा विस्फोटक बोकेको ड्रोन भेटिनु विगतका घटनाभन्दा फरक प्रकृतिको सुरक्षा जोखिम भएको बताए । उनका अनुसार ड्रोनबाट उत्पन्न हुन सक्ने खतरा पहिलेदेखि नै चिनिएको भए पनि विस्फोटकसहित विमानस्थलभित्र प्रवेश गर्नु सुरक्षा चुनौतीको नयाँ स्वरूप हो ।

Hardik health

उनले घटनालाई ‘हाइब्रिड आक्रमणको परिदृश्य’ का रूपमा उल्लेख गरेका छन् । तर यसबारे थप विवरण सार्वजनिक नगरिएको र ड्रोनको उत्पत्ति, प्रयोग गरिएको विस्फोटकको प्रकृति तथा सम्भावित संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेकाले अहिले नै निष्कर्षमा पुग्न नसकिने उनले स्पष्ट पारे।

स्याक्सोनी राज्यका गृहमन्त्री आर्मिन सुस्टरले सुरक्षा निकायले सम्भावित दोस्रो ड्रोनका अवशेष वा भागहरू खोजी गरिरहेको जानकारी दिए ।यसैबीच, रनवे बन्द भएपछि अवतरण गर्न नसकेको एउटा मालवाहक विमान अर्को उड्ने वस्तुसँग ठोक्किएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । उक्त विमानलाई करिब २०० किलोमिटर टाढाको हनोभर विमानस्थलमा अवतरण गराइएको थियो । त्यहाँ निरीक्षणका क्रममा सामान्य क्षति देखिएको अधिकारीहरूले बताएका छन् ।

लाइपजिग/हाले विमानस्थलको उत्तरी रनवे करिब दुई घण्टापछि पुनः सञ्चालनमा ल्याइएको थियो भने दक्षिणी रनवे पूर्वनिर्धारित मर्मत कार्यका कारण बुधबार पनि बन्द रहने तय गरिएको थियो । घटनाबाट यात्रु वा विमानस्थलका कर्मचारीको सुरक्षामा कुनै प्रत्यक्ष असर नपरेको तथा नियमित उडान सञ्चालनमा उल्लेखनीय अवरोध नआएको अधिकारीहरूले बताएका छन् ।

घटनास्थलबाट सार्वजनिक तस्बिरमा युक्रेनी एन्टोनोभ विमान नजिकै विस्फोटक निष्क्रिय पार्ने रोबोटसहित सुरक्षा प्राविधिक परिचालित भएको देखिएको छ । लाइपजिग/हाले विमानस्थल युरोपकै प्रमुख कार्गो केन्द्रमध्ये एक हो र यहाँ युक्रेनी एन्टोनोभका मालवाहक विमानहरूको नियमित आवागमन हुने गर्दछ । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले घटनाबारे आफूलाई जानकारी प्राप्त भएको जनाएको छ । सङ्गठनले थप विवरणका लागि जर्मन अधिकारीहरूसँग समन्वय गरिरहेको बताएको छ ।

यसअघि सन् २०२४ मा पनि यही विमानस्थलको लजिस्टिक केन्द्रमा आगो लगाउने उपकरण प्रयोग गरिएको घटना भएको थियो । पश्चिमी सुरक्षा अधिकारीहरूले त्यस घटनालाई रूसी गुप्तचर निकायसँग जोडिएको सम्भावित तोडफोड अभियानको हिस्सा हुन सक्ने आशंका व्यक्त गरेका थिए । पश्चिमी मुलुकहरूले रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता युरोपभर यस्ता अनेकौँ तोडफोड, आक्रमण तथा सुरक्षा चुनौती सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन् ।
 


प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु मंगलबार, भदौ २, २०८३
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन सोमबार, भदौ १, २०८३
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु आइतबार, साउन ३१, २०८३
रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ-उन आशावादी
रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ-उन आशावादी आइतबार, साउन ३१, २०८३
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी आइतबार, साउन ३१, २०८३
भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु
भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP