Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
विश्व
  • Home
  • विश्व
  • रोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी
रोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २१, २०८३

टोकियो- जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको खतराबारे पुनः सचेत गराएको छ ।

यस अवसरमा हिरोसिमाका मेयर काजुमी मात्सुईले प्रमुख शक्तिहरूबीच बढ्दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोधको अवधारणाप्रति तीव्र चिन्ता व्यक्त गर्दै आणविक हतियारलाई सुरक्षा र प्रतिरोधको माध्यमका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले विश्वलाई फेरि हिरोसिमा वा नागासाकीजस्तै त्रासदीतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् ।

हिरोसिमा शान्ति स्मारक पार्कमा आयोजित समारोहमा करिब ५० हजार मानिसको सहभागिता रहेको थियो । संयुक्त राज्य अमेरिका, इरानलगायत करिब १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए । सन् १९४५ मा अमेरिकी बी–२९ बमवर्षक विमानले हिरोसिमामाथि आणविक बम खसालेको समय बिहान ८ः१५ बजे एक मिनेट मौनधारण गरिएको थियो भने शान्तिको प्रतीकस्वरूप घण्टी बजाइएको थियो ।

समारोहमा प्रस्तुत शान्ति घोषणामा मेयर मात्सुईले विश्वका केही राजनीतिक नेतृत्वले अझै पनि आणविक प्रतिरोधलाई यथार्थवादी सुरक्षा अवधारणाका रूपमा स्वीकार गरिरहेको उल्लेख गर्दै यस्तो सोचले हिंसालाई वैधानिकता प्रदान गर्ने र आणविक हतियारविहीन विश्वको लक्ष्यलाई थप टाढा धकेल्ने बताए । उनले विगतका पीडादायी अनुभवबाट शिक्षा लिन र शान्ति स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्न विश्व नागरिकहरूलाई आह्वान गरे।

Hardik health

प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री बनेपछि पहिलो पटक उक्त स्मृति समारोहमा सहभागिता जनाउँदै संयुक्त राष्ट्रसङ्घको आणविक अप्रसार सन्धिको ढाँचाभित्र रहेर आणविक हतियारको प्रयोग कहिल्यै नहुने विश्व निर्माणका लागि जापानले ‘यथार्थवादी दृष्टिकोण’ अपनाउने बताए । उनले जापानले युद्धपछिका तीन गैर-आणविक सिद्धान्त कायम राखेको उल्लेख गरे । यद्यपि भविष्यमा ती नीतिहरूको स्वरूपबारे देशभित्र बहस जारी रहेको छ ।

ताकाइची नेतृत्वको सरकारले यस वर्षको अन्त्यतिर नयाँ सुरक्षा तथा रक्षा रणनीति दस्तावेज तयार गर्ने तयारी गरिरहेका बेला जापानका परम्परागत गैर-आणविक सिद्धान्तहरूबारे पुनर्विचार हुन सक्ने अड्कलबाजी पनि बढेको छ । विशेषगरी देशभित्र आणविक हतियार ल्याउन अनुमति नदिने तेस्रो सिद्धान्तबारे समीक्षा हुन सक्ने चर्चा चलिरहेको छ ।

यता, हिरोसिमा र नागासाकीका जीवित बाँचेकाहरूले विश्वभर पुनः बढ्दो आणविक प्रतिरोधको बहसप्रति चिन्ता व्यक्त गरेका छन् । जापान अमेरिकी आणविक सुरक्षा छातामुनि रहेको र सुरक्षा सुनिश्चितताका लागि वासिङ्टनसँग निरन्तर सहकार्य गरिरहेकाले जापानी सरकारले आणविक हतियार निषेधसम्बन्धी सन्धिमा हस्ताक्षर गर्न वा त्यसका बैठकहरूमा पर्यवेक्षकका रूपमा सहभागी हुनुपर्ने जीवित पीडितहरूको माग स्वीकार गरेको छैन ।

सन् १९४५ अगस्ट ६ मा हिरोसिमामाथि खसालिएको आणविक बमका कारण करिब एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो । त्यसको तीन दिनपछि नागासाकीमा खसालिएको दोस्रो आणविक बमले करिब ७० हजार मानिसको ज्यान लिएको थियो । त्यसपछि अगस्ट १५ मा जापानले आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो ।

हाल हिरोसिमा र नागासाकीका जीवित पीडितहरूको सङ्ख्या घटेर ९१ हजार १०५ मा पुगेको छ । यो प्रारम्भिक सङ्ख्याको करिब एक चौथाइ मात्र हो । उनीहरूको औसत उमेर ८६ वर्षभन्दा माथि पुगेको छ । बाँचेकाहरूले आफ्ना अनुभव र सम्झनाहरू समयसँगै हराउँदै जान सक्ने चिन्ता व्यक्त गर्दै आगामी पुस्तासम्म युद्ध र आणविक विनाशको वास्तविकता पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।


प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु मंगलबार, भदौ २, २०८३
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन सोमबार, भदौ १, २०८३
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु आइतबार, साउन ३१, २०८३
रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ-उन आशावादी
रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ-उन आशावादी आइतबार, साउन ३१, २०८३
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी आइतबार, साउन ३१, २०८३
भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु
भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP