Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विश्व
  • Home
  • विश्व
  • निर्वासनबाटै सक्रिय हसिना
निर्वासनबाटै सक्रिय हसिना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २०, २०८३

ढाका- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने संकेत दिएकी छन् । विश्लेषकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई अवामी लिगका समर्थकलाई एकजुट राख्ने, दलको राजनीतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

भारतमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले जुलाईमा एएफपीसँगको कुराकानीमा वर्षको अन्त्यसम्म बंगलादेश फर्कने इच्छा व्यक्त गरेका थिइन्। उनले आफू पक्राउ पर्न, जेल जान वा ज्यानसमेत गुम्न सक्ने सम्भावनाबारे जानकार रहे पनि जनताको आग्रहका कारण स्वदेश फर्कन चाहेको बताएका थिइन्।

हेलिकप्टरमार्फत भारत गएको दुई वर्ष पूरा भएको अवसरमा बुधबार उनले ‘शेख हसिनाको घर फर्कने’ शीर्षकको नयाँदिल्लीस्थित कार्यक्रममा टेलिफोनमार्फत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । ढाकास्थित नर्थ साउथ विश्वविद्यालयका राजनीति विज्ञानका प्राध्यापक मोहम्मद जलाल उद्दीन सिकदरका अनुसार हसिना अझै पनि अवामी लिगका लागि प्रभावशाली राजनीतिक प्रतीक हुनुहुन्छ र उनको सम्भावित पुनरागमन दलको अस्तित्वसँग जोडिएको विषय बनेको छ ।

अवामी लिगका एक वरिष्ठ नेताले पनि पार्टीका धेरै नेता-कार्यकर्ता पक्राउ परेकाले हसिनाले आफू फर्कने चाहना व्यक्त गर्नु उनीहरूप्रतिको जिम्मेवारीबोधको अभिव्यक्ति भएको बताए । उनका अनुसार यसले दलभित्रको मनोबल कायम राख्न मद्दत पुर्‍याउन सक्छ ।

Hardik health

ढाकाबाट प्रकाशित ‘प्रथम आलो’ दैनिकले हसिनाको स्वदेश फर्कने घोषणा पार्टीमाथिको प्रतिबन्ध हटाउन दबाब सिर्जना गर्ने, कार्यकर्तालाई उत्साहित बनाउने र राजनीतिक स्थान पुनः स्थापित गर्ने रणनीतिको अंश हुन सक्ने विश्लेषण गरेको छ । यद्यपि अवामी लिगका पूर्ववरिष्ठ नेता तथा हालका आलोचक महमुदुर रहमान मन्नाले उक्त धारणा अस्वीकार गर्दै पार्टीलाई पुनर्गठन गर्न अन्य नेताहरूलाई अवसर दिन सकिने अवस्था भए पनि हसिनाले त्यसो नगरेको टिप्पणी गरेका छन् ।

विश्लेषक सिकदरका अनुसार हसिनाको सम्भावित पुनरागमनले प्रधानमन्त्री तारिक रहमान नेतृत्वको वर्तमान सरकारलाई थप राजनीतिक दबाबमा पार्न सक्छ । उनले हसिना स्वदेश फर्किए तत्काल कानूनी प्रक्रियामा पर्ने सम्भावना रहे पनि त्यसले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने आकलन गरे ।

यसबीच प्रधानमन्त्रीका सल्लाहकार झाहेद उर रहमानले सरकारले हसिनालाई स्वदेश फर्कन स्वागत गर्ने बताउँदै उहाँ फर्किए कानूनअनुसार न्यायिक प्रक्रिया अघि बढाइने स्पष्ट पायो । उनका अनुसार बंगलादेशले भारतसँग हसिनाको सुपुर्दगीका लागि औपचारिक अनुरोध गरिसकेको छ । हसिना ढाकास्थित अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध उक्साहट, हत्या गराउन आदेश दिएको तथा अत्याचार रोक्न असफल

निर्वासनबाटै सक्रिय हसिना
ढाक- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने संकेत दिएकी छन् । विश्लेषकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई अवामी लिगका समर्थकलाई एकजुट राख्ने, दलको राजनीतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

भारतमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले जुलाईमा एएफपीसँगको कुराकानीमा वर्षको अन्त्यसम्म बंगलादेश फर्कने इच्छा व्यक्त गरेका थिइन्। उनले आफू पक्राउ पर्न, जेल जान वा ज्यानसमेत गुम्न सक्ने सम्भावनाबारे जानकार रहे पनि जनताको आग्रहका कारण स्वदेश फर्कन चाहेको बताएका थिइन्।

हेलिकप्टरमार्फत भारत गएको दुई वर्ष पूरा भएको अवसरमा बुधबार उनले ‘शेख हसिनाको घर फर्कने’ शीर्षकको नयाँदिल्लीस्थित कार्यक्रममा टेलिफोनमार्फत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । ढाकास्थित नर्थ साउथ विश्वविद्यालयका राजनीति विज्ञानका प्राध्यापक मोहम्मद जलाल उद्दीन सिकदरका अनुसार हसिना अझै पनि अवामी लिगका लागि प्रभावशाली राजनीतिक प्रतीक हुनुहुन्छ र उनको सम्भावित पुनरागमन दलको अस्तित्वसँग जोडिएको विषय बनेको छ ।

अवामी लिगका एक वरिष्ठ नेताले पनि पार्टीका धेरै नेता–कार्यकर्ता पक्राउ परेकाले हसिनाले आफू फर्कने चाहना व्यक्त गर्नु उनीहरूप्रतिको जिम्मेवारीबोधको अभिव्यक्ति भएको बताए । उनका अनुसार यसले दलभित्रको मनोबल कायम राख्न मद्दत पुर्‍याउन सक्छ ।

ढाकाबाट प्रकाशित ‘प्रथम आलो’ दैनिकले हसिनाको स्वदेश फर्कने घोषणा पार्टीमाथिको प्रतिबन्ध हटाउन दबाब सिर्जना गर्ने, कार्यकर्तालाई उत्साहित बनाउने र राजनीतिक स्थान पुनः स्थापित गर्ने रणनीतिको अंश हुन सक्ने विश्लेषण गरेको छ । यद्यपि अवामी लिगका पूर्ववरिष्ठ नेता तथा हालका आलोचक महमुदुर रहमान मन्नाले उक्त धारणा अस्वीकार गर्दै पार्टीलाई पुनर्गठन गर्न अन्य नेताहरूलाई अवसर दिन सकिने अवस्था भए पनि हसिनाले त्यसो नगरेको टिप्पणी गरेका छन् ।

विश्लेषक सिकदरका अनुसार हसिनाको सम्भावित पुनरागमनले प्रधानमन्त्री तारिक रहमान नेतृत्वको वर्तमान सरकारलाई थप राजनीतिक दबाबमा पार्न सक्छ । उनले हसिना स्वदेश फर्किए तत्काल कानूनी प्रक्रियामा पर्ने सम्भावना रहे पनि त्यसले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने आकलन गरे ।

यसबीच प्रधानमन्त्रीका सल्लाहकार झाहेद उर रहमानले सरकारले हसिनालाई स्वदेश फर्कन स्वागत गर्ने बताउँदै उहाँ फर्किए कानूनअनुसार न्यायिक प्रक्रिया अघि बढाइने स्पष्ट पायो । उनका अनुसार बंगलादेशले भारतसँग हसिनाको सुपुर्दगीका लागि औपचारिक अनुरोध गरिसकेको छ । हसिना ढाकास्थित अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध उक्साहट, हत्या गराउन आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको अभियोगमा फैसला सुनाइएको थियो ।

हसिनाको सम्भावित पुनरागमनको विषय बंगलादेश र भारतबीच सुधारोन्मुख सम्बन्धका बीच पनि संवेदनशील मुद्दाका रूपमा हेरिएको छ । ढाकाले उनको सुपुर्दगीका लागि पटक-पटक आग्रह गर्दै आएको छ भने भारतले कानूनी प्रक्रियाअनुसार विषयको अध्ययन भइरहेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले ‘शेख हसिनाको घर फर्कने’ कार्यक्रमसँग भारत सरकारको कुनै संलग्नता नरहेको र कार्यक्रममा व्यक्त गरिने विचारलाई सरकारले समर्थन नगर्ने स्पष्ट पारेका छन् । यद्यपि बंगलादेशका केही विश्लेषकले हसिनाको मुद्दा दुई देशबीचको कूटनीतिक सम्बन्धमा प्रभाव पार्ने विषयका रूपमा प्रयोग हुन सक्ने टिप्पणी गरेका छन् । ढाकास्थित ‘अमर देश’ दैनिकका सम्पादक महमुदुर रहमानले यसलाई नयाँदिल्ली र ढाकाबीचको शक्ति सन्तुलनसँग जोडिएको राजनीतिक विषयका रूपमा हेरेका छन् ।

भएको अभियोगमा फैसला सुनाइएको थियो ।
हसिनाको सम्भावित पुनरागमनको विषय बंगलादेश र भारतबीच सुधारोन्मुख सम्बन्धका बीच पनि संवेदनशील मुद्दाका रूपमा हेरिएको छ । ढाकाले उनको सुपुर्दगीका लागि पटक-पटक आग्रह गर्दै आएको छ भने भारतले कानूनी प्रक्रियाअनुसार विषयको अध्ययन भइरहेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले ‘शेख हसिनाको घर फर्कने’ कार्यक्रमसँग भारत सरकारको कुनै संलग्नता नरहेको र कार्यक्रममा व्यक्त गरिने विचारलाई सरकारले समर्थन नगर्ने स्पष्ट पारेका छन् ।

यद्यपि बंगलादेशका केही विश्लेषकले हसिनाको मुद्दा दुई देशबीचको कूटनीतिक सम्बन्धमा प्रभाव पार्ने विषयका रूपमा प्रयोग हुन सक्ने टिप्पणी गरेका छन् । ढाकास्थित ‘अमर देश’ दैनिकका सम्पादक महमुदुर रहमानले यसलाई नयाँदिल्ली र ढाकाबीचको शक्ति सन्तुलनसँग जोडिएको राजनीतिक विषयका रूपमा हेरेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम मंगलबार, भदौ २, २०८३
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक मंगलबार, भदौ २, २०८३
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत मंगलबार, भदौ २, २०८३
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु मंगलबार, भदौ २, २०८३
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन सोमबार, भदौ १, २०८३
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु आइतबार, साउन ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP