Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विश्व
  • Home
  • विश्व
  • हमास निःशस्त्रीकरणपछि मात्रै इजरायली फिर्ती : ट्रम्प बोर्ड
हमास निःशस्त्रीकरणपछि मात्रै इजरायली फिर्ती : ट्रम्प बोर्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १९, २०८३

जेरुसेलम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठित शान्ति बोर्डले गाजाबाट इजरायली सेना फिर्ता हुने प्रक्रिया हमासको पूर्ण र प्रमाणित निःशस्त्रीकरणपछि मात्रै सुरु हुने स्पष्ट पारेपछि इजरायलले उठाएको मुख्य आपत्तिलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यससँगै गाजा युद्धविराम र शान्ति प्रक्रियालाई अघि बढाउने नयाँ प्रयासमा इजरायल र अमेरिकी पक्षबीच साझा समझदारी कायम भएको बोर्डले जनाएको छ ।

शान्ति बोर्डअन्तर्गत गाजाका लागि उच्च प्रतिनिधि निकोले म्लादेनोभले सोमबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्नुभएको थियो । भेटपछि बोर्डले सामाजिक सञ्जाल एक्समार्फत हमासले मध्यस्थकर्तासमक्ष गरेको प्रतिबद्धताअनुसार पूर्ण रूपमा हतियार विसर्जन गरेपछि मात्रै ‘पहेँलो रेखा’ बाहिरको आफ्नो सैन्य उपस्थिति इजरायलले फिर्ता लिने र यस विषयमा दुवै पक्षबीच साझा उद्देश्यमा स्पष्ट समझदारी बनेको जनाएको छ ।


यसअघि बोर्डले गाजाबाट चरणबद्ध इजरायली फिर्ती र तत्काल सैन्य आक्रमण रोक्नुपर्ने प्रस्ताव सार्वजनिक गरेपछि प्रधानमन्त्री नेतान्याहुको सुरक्षा मन्त्रिपरिषद्का दुई सदस्यले उक्त प्रस्ताव अस्वीकार गर्न माग गरेका थिए । प्रधानमन्त्री कार्यालयका प्रवक्ता डोरोन स्पिलम्यानले सार्वजनिक गरिएको प्रारूपले इजरायलको आधिकारिक धारणा प्रतिबिम्बित नगरेको र आफ्ना टिप्पणी तथा चिन्ता अमेरिकी पक्षसमक्ष राखिएको बताउनुभएको थियो ।

Hardik health

कट्टर दक्षिणपन्थी अर्थमन्त्री बेजलेल स्मोट्रिचले मन्त्रिपरिषद्मा प्रस्तुत गरिएको प्रारूप र सार्वजनिक दस्तावेजबीच ठूलो अन्तर रहेको दाबी गर्दै गाजा योजनामाथि तत्काल पुनः मतदान गर्न आग्रह गरेका छन् । शुक्रबार राष्ट्रपति ट्रम्पले हमासले प्यालेस्टिनी शासकीय समितिलाई हतियार हस्तान्तरण गर्ने सहमतिलाई शान्ति प्रक्रियाको महत्त्वपूर्ण उपलब्धि भन्दै स्वागत गरेका थिए । त्यसलगत्तै इजरायली पक्षले अमेरिकासँग आफ्नो असन्तुष्टि औपचारिक रूपमा व्यक्त गरेको जनाएको थियो ।

उता हमासले सोमबार राति युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयनबारे सबै पक्षबीच सहमति कायम रहेको दाबी गर्दै म्लादेनोभ र मध्यस्थकर्ताबाट स्पष्ट तथा आधिकारिक प्रतिक्रियाको प्रतीक्षा गरिरहेको जनाएको छ । ट्रम्प र नेतान्याहुबीच पछिल्ला महिनामा गाजा र इरान नीतिलाई लिएर मतभेद बढ्दै गएको सङ्केत पनि देखिएको छ । नेतान्याहुले हमासको पूर्ण, प्रमाणित र अपरिवर्तनीय विसैन्यीकरणलाई कुनै पनि स्थायी राजनीतिक समाधानको पहिलो सर्त मानेका छन् । उनका प्रवक्ताले युद्धविरामपछि पनि हमासका गतिविधिले भविष्यमा पुनः आक्रमणको जोखिम कायमै रहेको दाबी गरेका छन् ।

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पछिल्लो सहमतिलाई सकारात्मक सङ्केतको रूपमा व्याख्या गर्दै हमासलाई निःशस्त्र बनाउने प्रतिबद्धता अझ स्पष्ट भएको बताएका छन् । गाजा योजनामा संलग्न वरिष्ठ प्यालेस्टिनी नेता मोहम्मद डाहलानले सुरुमा ट्रम्पका ज्वाइँ जारेड कुशनरले इजरायलले आक्रमण अन्त्य गर्ने जानकारी दिएको दाबी गरेका थिए। पछि उनले आफ्नो भनाइ संशोधन गर्दै कुशनर इजरायली पक्षसँग मिलेर आक्रमण रोक्ने प्रयासमा रहेको स्पष्ट पारेका थिए । त्यसपछि उनले प्रधानमन्त्री नेतान्याहुमाथि युद्ध अन्त्य गर्ने अवसर अवरुद्ध गरेको आरोप लगाएका छन्।

यसबीच सोमबार साँझ गाजा सहरको पश्चिमी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु भएको र अन्य घाइते भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । इजरायली सेनाले भने आक्रमण दुई आतङ्ककारीलाई लक्षित गरी गरिएको जनाएको छ । नागरिक सुरक्षा निकायका अनुसार आइतबार भएका छुट्टाछुट्टै आक्रमणमा महिला र बालबालिकासहित १९ प्यालेस्टिनीको मृत्यु भएको थियो ।

गाजामा युद्धविरामका लागि मध्यस्थता गरिरहेका कतार, इजिप्ट र टर्कीले पनि नयाँ इजरायली आक्रमणको कडा आलोचना गर्दै स्वास्थ्य संस्था, पूर्वाधार तथा सर्वसाधारणमाथि आक्रमण भएको र त्यसबाट महिला तथा बालबालिकासहित नागरिक हताहत भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अष्ट्रेलियामा एच ५ एन १ बर्डफ्लुका कारण समुद्री चराको सामूहिक मृत्यु पुष्टि
अष्ट्रेलियामा एच ५ एन १ बर्डफ्लुका कारण समुद्री चराको सामूहिक मृत्यु पुष्टि सोमबार, साउन १८, २०८३
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते आइतबार, साउन १७, २०८३
चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो आइतबार, साउन १७, २०८३
अत्यधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने
अत्यधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने आइतबार, साउन १७, २०८३
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी आइतबार, साउन १७, २०८३
गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु
गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP