Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
राजु सिलवाल
राजु सिलवाल मंगलबार, साउन १९, २०८३
राजु सिलवाल

 

नेपालका हिमालप्रति आकर्षित भएर आउने विदेशी आरोहीहरुको संख्या बढे पनि त्यस्ता आरोहीलाई हिमाल चढ्दा बाटो देखाउने नेपाली पथप्रदर्शकहरुको संख्या भने दिनहुँ घटिरहेको छ । नेपाली युवाहरुको विदेशप्रतिको आकर्षणले पर्वतारोहण क्षेत्रमा पनि जनशक्ति घट्दै गएको छ । हिमालमा विभिन्न पेसामा काम गरी विदेश गएकाहरु कयौं अन्य पेसामासमेत आबद्ध हुन पुगेको अवस्था रहेको छ भने केही नेपाली पथप्रदर्शकले विदेशका विभिन्न हिमालमा आरोहीहरुलाई मार्गनिर्देशन गर्ने कार्य गर्दै आइरहेका छन् । 


विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल निम्स दाइको नामले परिचित कीर्तिमानी आरोही निर्मल पुर्जासहित नेपाली तथा अन्य मुलुकका १० पर्वतारोहीको पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा हिमपहिरोमा परी दुःखद निधन भएपछि हिमालमा सुरक्षासम्बन्धी सन्दर्भ बहसको विषय बन्न पुगेको छ । निर्मल पुर्जाका सहयात्री पुरबहादुर गुरुङ ‘युक्ता’ले सगरमाथा १० पटक आरोहण गर्नुका साथै विश्वका आठ हजार मिटर अग्ला १२ वटा हिमाल चढिसकेका थिए । यसपालि पनि हिमालमा ज्यानको बाजी थाप्दै कठोर परिस्थितिको सामना गर्दै आएका यी साहसीको प्रकृतिका अघि कुनै जोर चलेन । यो घटनाले विश्वमै हिमाली गतिविधिको केन्द्र मानिएको नेपाल जस्तो मुलुकलाई अझ बढी क्षति पु¥याएको छ ।

विगतमा झण्डै आठ वर्ष लगाएर विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरी दक्षिण कोरियाका किम चाङ होले बनाएको विश्वकीर्तिमान छ महिना छ दिनमै भंग गर्न सफल आरोही निर्मल पुर्जाका लागि आठ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमाल कुनै नौलो थिएन । उनले १० नेपालीसँगै हिउँदमा पहिलोपटक विश्वको दोस्रो अग्लो शिखर के टू हिमाल चढेर विश्वकीर्तिमान स्थापित गरेका थिए । उनले अन्य थुप्रै विश्वकीर्तिमानहरु बनाइसकेका छन् । त्यस्ता अनुभवी पर्वतारोहीको हिमालमै अवसान हुनु सामान्य प्रसंग होइन । सोही दुर्घटनामा अन्य अनुभवी आरोहीले पनि हिमालमै प्राण त्याग्नु परेको थियो ।

Hardik health

नेपालका हिमालहरु कयौं दशक अघिदेखि नै विश्वभरिका पर्वतारोही तथा साहसिक पर्यटकहरुका लागि आकर्षक गन्तव्य बन्दै आइरहेका छन् । हरेक वर्ष हजारौं स्वदेशी तथा विदेशी आरोहीहरु विश्वको सर्वोच्च शिखर तथा अन्य विभिन्न हिमाल आरोहणमा संलग्न हुने गरेका छन् । पर्वतीय पर्यटनबाट मुलुकले उल्लेखनीय आर्थिक लाभ प्राप्त गरिरहेको छ तर हिमालप्रतिको बढ्दो आकर्षणसँगै हिमाली क्षेत्रमा दुर्घटनामा परेर कयौं पर्वतारोहीले ज्यान गुमाएका छन् । गत वसन्त ऋतुमा सगरमाथा र मनास्लु हिमालमा गरी सात जनाको निधन भएको थियो । यस्तै मौसमजन्य जोखिम, उद्धारको चुनौती र उचित सुरक्षा व्यवस्था पनि गम्भीर मानिएका छन् । हिमाललाई सुरक्षित गन्तव्यका रुपमा स्थापना गर्न जोखिमप्रतिको सचेतता तथा प्रभावकारी सुरक्षा प्रणाली अपरिहार्य बनेको छ ।

सुरक्षाका उपायहरु 
हिमालमा पर्वतारोहीको सुरक्षाका लागि योग्यता र अनुभव महत्‍वपूर्ण मानिएको छ । पर्वतारोहीले पर्वतारोहणसम्बन्धी तालिम अनिवार्यरुपमा हासिल गरेको हुनुपर्ने तथा निश्चित उचाईका हिमाल आरोहण गरेपछि मात्र उच्च हिमाल चढ्ने अनुमति दिने व्यवस्था हुनु आवश्यक छ । प्रस्तावित पर्यटन विधेयकमा सगरमाथा आरोहणका लागि सात हजार मिटरभन्दा अग्लो कुनै नेपाली हिमाल आरोहण गरेको प्रमाणपत्र अनिवार्यरुपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । आरोहण अनुमति पाउन स्वास्थ्य अनुमतिपत्र पनि अनिवार्य गरिएको छ ।

मौसमको भरपर्दो पूर्वानुमानको व्यवस्था, गुणस्तरीय उपकरणको प्रयोग पनि महत्‍वपूर्ण मानिन्छ । खोज तथा उद्धार टोलीलाई चौबिसै घण्टा सजग राख्दै सञ्चार प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ । यस्तै सरकारी नीति नियम लागू गर्न सम्बन्धित निकायको सक्रियता पनि आवश्यक पर्दछ । यसक्रममा सुरक्षा मापदण्ड पालना नगर्नेलाई तत्काल कारबाही गर्न पछि पर्न हुँदैन ।

‘ट्राफिक जाम’को सन्दर्भ  
सगरमाथामा बेलाबखत ‘ट्राफिक जाम’ अर्थात् एकैपटक धेरै आरोहीहरुको भीड हुने गरेको सन्दर्भ पनि उठ्ने गर्दछ । एकै समयमा सगरमाथाको शिखरतर्फ प्रस्थान गर्ने मार्गमा आरोहीहरु भीड लागेको तस्बिर सार्वजनिक भएका छन् । यसै क्रममा सगरमाथालगायतका हिमालको बहन क्षमताबारे पनि चर्चा हुन थालेको छ । गत वसन्त ऋतुमा सम्पन्न पर्वतारोहण गतिविधि सम्बन्धमा केही दिनअघि आयोजित समीक्षात्मक छलफलमा सगरमाथालगायतका हिमालमा एकै याममा कति आरोहीलाई आरोहण गराउन सकिन्छ गहिरो र यथार्थपरक अध्ययनको आवश्यकता रहेको औंल्याइएको थियो । 

हिमालमा व्यवस्थापन गर्ने विषयमा विज्ञहरु भूगर्भविद्लगायतको सल्लाह र सुझावमा राज्यले नीति स्पष्ट पार्नुपर्ने अवस्था देखिएको छ । सगरमाथामा निर्धारित समयभित्र ‘रोप फिक्सिङ’ गरी शिखरसम्म जाने बाटो खुला गर्न सकिएमा जति धेरै आरोही भए पनि फरक नपर्ने धारणा पनि सो कार्यक्रममा व्यक्त भएको थियो । हिमाल आरोहणबाट सरकार तथा व्यवसायी एवं श्रमिकहरुलाई फाइदा हुने हुँदा यसलाई ट्राफिक जामसँग तुलना गर्न नहुने तर्क पनि रहेको छ ।

हेलिकप्टरको तयारी
विदेशी आरोहीहरु विभिन्न कीर्तिमान कायम गर्ने लक्ष्यका साथै सुरक्षित हिमाल आरोहणका लागि नेपाल आउन गरेका छन् । नेपालका अनुभवी तथा भरपर्दा पथप्रदर्शकहरु विदेशी आरोहीहरुका लागि प्रमुख आकर्षण बन्दै आएका छन् । नेपालमा आरोहण गर्न आउँदा हिमालमा २३ हजार फिटसम्म कुनै आपत्कालीन अवस्था परेमा हेलिकप्टरबाट पनि उद्धार गर्न सकिने व्यवस्था भएकाले आरोहण अभियान सञ्चालनकर्ताहरु ढुक्क हुने गरेका छन् । हिमाली भेगमा हेलिकप्टरबाट उद्धार गरिने ‘लाइफलाइन रेस्क्यू’का लागि सीमित मात्रामा भए पनि उपकरण तथा जनशक्तिको उपलब्धताले पर्वतारोहीहरुलाई राहतको अनुभूति गराउने गरेको छ ।

विदेशमा यस्तै उद्धार गरिँदा ५०औं हजार डलर लागत पर्नेमा नेपालमा सुलभ मूल्यमा उद्धार गर्न सकिने अवस्था रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुईजना पाइलटको व्यवस्था गरेपछि हेलिकप्टरको क्षमता भएता पनि १८ हजार फिटभन्दा माथि एकजनाको मात्र उद्धार गर्न पाउने अवस्था रहेको छ ।

हिमालमै ज्यान गुमाएकाहरु
हिमालमा आरोहणका क्रममा निधन भएका आरोही तथा अन्य सहयोगीहरुको शव अहिले पनि विभिन्न हिमालमा देख्न सकिन्छ । शव उठाउने काम पनि उद्धार नै भएकाले त्यसलाई सहज बनाउनुपर्ने देखिएको छ । यसका लागि स्पष्ट नीतिको आवश्यकता महसुस गरिएको छ । सर्वोच्च अदालतले सगरमाथाको दोस्रो शिविरभन्दा माथिबाट हेलिकप्टरले मानवीय उद्धारमात्र गर्नेगरी आदेश दिएकाले मृतक आरोहीको शव ल्याउन कठिनाइ भइरहेको छ । मृत शरीरलाई बेग्लै ढाँचा वा इन्स्योरेन्सको प्याकेजबाट ल्याउन पहल गर्नु आवश्यक देखिएको छ ।

घट्दो पथप्रदर्शक
नेपालका हिमालप्रति आकर्षित भएर आउने विदेशी आरोहीहरुको संख्या बढे पनि त्यस्ता आरोहीलाई हिमाल चढ्दा बाटो देखाउने नेपाली पथप्रदर्शकहरुको संख्या भने दिनहुँ घटिरहेको छ । नेपाली युवाहरुको विदेशप्रतिको आकर्षणले पर्वतारोहण क्षेत्रमा पनि जनशक्ति घट्दै गएको छ । हिमालमा विभिन्न पेसामा काम गरी विदेश गएकाहरु कयौं अन्य पेसामासमेत आबद्ध हुन पुगेको अवस्था रहेको छ भने केही नेपाली पथप्रदर्शकले विदेशका विभिन्न हिमालमा आरोहीहरुलाई मार्गनिर्देशन गर्ने कार्य गर्दै आइरहेका छन् । आगामी दिनमा पर्वतीय पथप्रदर्शकलगायत हिमालमा काम गर्ने अन्य श्रमिकहरु उचित मात्रामा उत्पादन गरेर यो क्षेत्रमा विदेशी श्रमिक भित्रिनसक्ने सम्भावनालाई रोक्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

धेरैपछि तालिम सञ्चालनको पहल
नेपाल पर्वतारोहण संघले लामो समयदेखि पर्वतारोहीहरुका लागि आधारभूत र एडभान्स (विशिष्टीकृत) प्रशिक्षण प्रदान गर्दै आइरहेको थियो । हिमाल चढ्न अभिरुचि राख्नेहरुका लागि ती तालिमहरु अत्यन्त उपयोगी सावित मानिन्थ्यो तर कोभिड महामारीको विश्वव्यापी प्रकोपपछि यस्ता तालिम पुनः सञ्चालन हुन सकेका छैनन् । यसको असर पर्वतारोहणमासमेत पर्न गएको छ । यस्ता प्रशिक्षण नियमितरुपमा सञ्चालन गर्न सरकारले पनि सघाउनुपर्ने देखिएको छ । विगतमा मनाङमा रहेको पर्वतारोहण प्रशिक्षण स्कुलमा यस्ता तालिम दिने गरिएको थियो । त्यो स्कुलको भवन जीर्ण भएकाले पुनर्निर्माण गरेर फेरि तालिम सञ्चालन गर्न आवश्यक तयारी गरिएको छ । यो वर्ष एउटा तालिम सञ्चालन गरिने लक्ष्य राखिएको छ ।

नेपालका हिमालहरु राष्ट्रिय गौरवका आधार हुन् तर हिमालप्रतिको आकर्षणलाई मात्र केन्द्रबिन्दुमा राखेर यसको दिगोपन सुनिश्चित हुन सक्दैन । बढ्दो आरोहण गतिविधिसँगै आरोही तथा आरोहणमा संलग्न अन्य सहयोगीहरुको सुरक्षाप्रति सचेत हुनु अत्यावश्यक देखिएको छ । संसारका विभिन्न मुलुकबाट नेपाललाई रोज्दै हिमाल चढ्न आएका आरोहीहरुलाई साहसिक अभियान सम्पन्न भएपछि सकुशल घर फर्काउने जिम्मेवारी समग्रमा नेपालकै हो ।

यस्तै आफ्नो ज्यानसमेत जोखिममा राखेर अतिथिलाई सघाउँदै आएका साहसी नेपाली सहयोद्धाको सुरक्षा पनि त्यति नै महत्‍वपूर्ण हुन्छ । यसैले जिम्मेवार पर्यटन संस्कृतिलाई महत्‍व दिनु समयको माग हो । हिमालले अवसरमात्र नभई जिम्मेवारी पनि साथै ल्याउने तथ्यलाई सबै सरोकारवालाले आत्मसात् गर्न सकेमात्र हिमाली पर्यटन सुरक्षित र दिगो बन्न सक्दछ । रासस
 


प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप विचार
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP