Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै
फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १५, २०८३

काठमाडाैं- निर्देशक माओत्से गुरुङको नयाँ फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउन लागेको छ। निर्देशक गुरुङका अनुसार  भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको हाे ।

नेपाली सिनेमा अहिले भावुक कथाहरूको दौरमा छ। तर सबै फिल्मले दर्शकलाई केवल रुवाउने वा मनोरञ्जन दिने उद्देश्य मात्र बोकेका हुँदैनन्। केही फिल्म यस्ता पनि हुन्छन्, जसले दर्शकलाई आफ्नो जीवन, सम्बन्ध र मूल्यबोधबारे फेरि एकपटक सोच्न बाध्य बनाउँछन्। निर्देशक  गुरुङको नयाँ फिल्म  ‘पेन्सन पट्टा’ त्यस्तै एउटा फिल्म बन्ने संकेत देखिएको छ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यो  फिल्म ले धन, सम्पत्ति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर त्याग, अव्यक्त प्रेम, मानवीय सम्बन्ध र आत्मिक सन्तुष्टिको कथा भन्छ। निर्देशक गुरुङका अनुसार फिल्मको मूल सन्देश यही हो, जीवनमा सबै कुरा प्राप्त गर्नु मात्र सफलता होइन, कहिलेकाहीँ आफूले पाउन सक्ने कुरा पनि अरूका लागि छोडिदिन सक्नु नै सबैभन्दा ठूलो विजय हो।

फिल्मको कथा लाहुरे परिवारको परिवेशमा आधारित छ। ब्रिटिस आर्मी परिवारसँग आफू पनि जोडिएको अनुभव भएकाले निर्देशकले त्यस समाजको जीवन, भावना र सम्बन्धलाई नजिकबाट बुझेका छन्। त्यसैले ‘पेन्सन पट्टा’ केवल एउटा काल्पनिक कथा नभई समाजको वास्तविक जीवनबाट जन्मिएको संवेदनशील कथाको सिनेमिक रूप हो।

Hardik health

निर्देशक गुरुङका अनुसार फिल्मको सबैभन्दा बलियो पक्ष अव्यक्त प्रेम हो। यस्तो प्रेम, जुन मनभित्र त हुन्छ तर परिस्थितिले कहिल्यै शब्दमा व्यक्त हुन सक्दैन। अहिले प्रेमको परिभाषा बदलिँदै गइरहेको समयमा यो फिल्मले प्रेमको अर्को आयामलाई दर्शकमाझ प्रस्तुत गर्ने विश्वास उनको छ।

फिल्मले केवल प्रेमको कथा मात्र सुनाउँदैन, यसले एउटा गम्भीर प्रश्न पनि उठाउँछ, धन, सम्पत्ति र प्रतिष्ठाभन्दा ठूलो कुरा आखिर के हो? निर्देशकको उत्तर स्पष्ट छ, आत्माको सन्तुष्टि। कसैका लागि केही त्याग गर्न सक्नु, आफ्नो हिस्साको कुरा पनि अरूका लागि छोडिदिन सक्नु र अरूको हितमा सोच्न सक्नु नै मानिसको सबैभन्दा ठूलो उपलब्धि हो। यही भावनालाई  फिल्मले केन्द्रमा राखेको छ।

‘पेन्सन पट्टा’ बनाउने सोच निर्देशक गुरुङमा आजको होइन। उनी यस विषयमा १२–१५ वर्षदेखि काम गर्ने सपना बोकेर बसेका थिए। लामो समयको अध्ययन, अनुभव र परिपक्वतापछि त्यो सपना अहिले पर्दामा आएको छ। यसअघि ‘दयारानी’ निर्देशन गरेर प्रशंसा पाएका गुरुङ यसपटक पनि भीडको पछि लाग्नेभन्दा आफ्नै शैलीमा कथा भन्न रुचाउँछन्। उनी अहिलेको बजारमा सफल भइरहेका ट्रेन्डको सम्मान गर्छन्, तर आफू भने कन्टेन्टमा केन्द्रित भएर फरक कथा सुनाउन चाहेको बताउँछन्।

फिल्मको सार्वजनिक भइसकेको मौलिक गीतले पनि दर्शकको ध्यान तानेको छ। गुरुङ समुदायमा प्रचलित थिएटर शैलीको नृत्यलाई आधुनिक सिनेमाको स्वरूपमा प्रस्तुत गरिएको गीतले गण्डकी प्रदेश मात्र होइन, देशका अन्य भागका दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमको दाबी छ। मौलिक संगीत, सांस्कृतिक प्रस्तुति र जीवन्त दृश्यहरूले फिल्मप्रतिको उत्सुकता थप बढाएको छ।

कलाकारहरूको टोली पनि बलियो छ। फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, माया गुरुङ, विश्वास गुरुङ र लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रको कथा तथा निर्देशन स्वयं माओत्से गुरुङले गरेका हुन्। छायांकन सुशन प्रजापति, सम्पादन नेमिश श्रेष्ठ र केर डी. कोइच लिनुच, कलर ग्रेडिङ राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिन्क साउन्ड नवीन श्रेष्ठ, ब्याकग्राउन्ड स्कोर रोहित शाक्य, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन्। निर्माता मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ हुन्।

अहिले नेपाली सिनेमामा दर्शकको मन छुने कथाको खोजी भइरहेको बेला ‘पेन्सन पट्टा’ले केवल भावुकता मात्र होइन, मानवीय मूल्य, त्याग, संस्कार र सम्बन्धको गहिरो अर्थ दर्शकमाझ पुर्‍याउने प्रयास गरेको देखिन्छ। सायद यही कारणले निर्देशक गुरुङ दर्शक हलबाट फर्कँदा एउटा प्रश्न बोकेर जाऊन् भन्ने चाहन्छन्, "जीवनमा सबैभन्दा ठूलो सम्पत्ति वास्तवमा के हो?" यदि त्यो प्रश्न दर्शकको मनमा बस्न सफल भयो भने ‘पेन्सन पट्टा’ एउटा सफल फिल्म मात्र होइन, लामो समयसम्म सम्झिने अनुभव बन्न सक्छ।

 


प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १७:००
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP