वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गर्दै कतार लगायतका मध्यस्थकर्ताहरूलाई यस सम्झौतामा पुग्नको लागि गरेको सहयोगी प्रयासका लागि कृतज्ञता व्यक्त गरेका गरेका छन् ।
सामाजिक सञ्जाल ट्रुथको आफ्नै आधिकारिक खाताको एक पोस्टमा ट्रम्पले गाजामा हमास र अन्य सबै सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणमा सहमती जनाउदै ऐतिहासिक सम्झौतामा पुगेको बताएका छन् । उनले यस सम्झौतालाई स्थायी शान्ति र सुरक्षाको मार्गमा एउटा महत्वपूर्ण कदम भएको बताएका हुन । उनका अनुसार सम्झौता सावधानीपूर्वक संरचित चरणहरू मार्फत कार्यान्वयन गरिनेछ; भने निशस्त्रीकरण पूरा भए पछि, इजरायली सेनाहरू फिर्ता हुनेछन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कतार प्रति कृतज्ञता व्यक्त गर्दै मध्यस्थकर्ता इजिप्ट, कतार र टर्कीलाई उनीहरूको महत्त्वपूर्ण प्रयासका लागि धन्यवाद दिदै ऐतिहासिक सफलता सम्भव बनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गरेका छन् । ट्रम्पले यो सम्झौतालाई युद्धको अन्त्य गर्न ट्रम्पको २०- बुदे योजनाको कार्यान्वयनमा एक प्रमुख ऐतिहासिक उपलब्धिको रुपमा वर्णन गर्दै गाजाको जिम्मेवारी लिन अन्तर्राष्ट्रिय बलले नयाँ प्यालेस्टिनी प्रहरी बलसँग सहकार्य गर्ने घोषणा गरेका हुन् ।