एएफपी- इजरायली बैंकहरूले आफ्ना समकक्षी प्यालेस्टिनी बैंकहरूलाई सूचित गर्दै उनीहरूले केही हप्ता भित्र बैंकिङ् सेवाहरू समाप्त गर्ने इञ्छा व्यक्त गरेको जनाइएको छ । इजरायली र प्यालेस्टिनी अधिकारीहरूले भने इजरायलले यो इञ्छा कार्यन्यवयन गरेमा वेस्ट ब्यांक क्षेत्रमा थप आर्थिक संकट बढ्ने जनाएका छन् ।
यी बैंकिङ् सेवाहरु इजरायलबाट कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा बिजुली, पानी, इन्धन र खानासहित इजरायलमा काम गर्ने प्यालेस्टिनीहरूले कमाएको ज्याला हस्तान्तरण गर्न जस्ता आवश्यक कामका लागि प्रयोग भईरहेको जनाइएको छ । इजरायली बैंकमा निर्भर रहेका पाँच वटा प्यालेस्टिनी बैंकहरूले अगस्ट –१३ को पत्राचार पछि बैंक सेवाहरूको पहुँच गुमाउने प्यालेस्टिनी बैंकका अधिकारीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
यसै गरी डिस्काउन्ट ब्यांकमार्फत सेवा प्रवाह गर्ने ब्यांकहरूले सेप्टेम्बर -१ बाट सेवा कटौतीको सामाना गर्नु पर्ने जनाइएको छ । इजरायलको अर्थ मन्त्रालयले दुई वटा बैंकहरूले आफ्ना प्यालेस्टिनी समकक्षहरूसँग सेवा सहकार्यको सम्बन्ध अन्त्ये गर्ने प्रस्ताव गरेको पुष्टि गरेको छ । समग्र जोखिमको वातावरण र बैंकिङ् संस्थाहरू विरुद्धका सवालहरुमा बढ्दो चिन्ताको कारण इजरायली बैंकहरूले ससकक्षता बैंकिङ् सेवाहरू प्रदान गर्न बन्द गर्ने घोषणा गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
मन्त्रालयले इजरायलको सुरक्षा र आर्थिक हितको रक्षा गर्दै सुरक्षित र जिम्मेवार तरिकाले पत्राचार गरी बैंकिङ् गतिविधिहरू जारी राख्न सक्षम बनाउन बैंकहरूसँग छलफल गरिरहेको जनाएको छ । हाल यी दुई बैंकहरूले प्यालेस्टिनी र इजरायली वित्तीय प्रणालीहरू बिचको पुलको रूपमा सेवा गर्दै आएको जनाइएको छ ।
इजरायली बैंकहरूलाई प्यालेस्टिनी बैंकरूको तर्फबाट प्रशोधन गरिएको लेनदेनको कानुनी दायित्वबाट जोगाउन, इजरायली सरकारले प्रत्येक छ महिनामा क्षतिपूर्ति नवीकरण गर्ने गरेको जनाइएको छ । इजरायली बैंकका अधिकारीलाई उदृत गर्दै एएफपीले व्यावसायिक बैंकहरू अब मनी लान्ड्रिंग वा आतंकवादी वित्तपोषणको सम्भावित जोखिम जोखिमहरू बहन गर्न नचाहेको र पछिल्लो समयमा यस्तो जोखिम बढ्दै गएकाले सेवा सम्बन्ध अन्त्ये गर्ने निर्णयमा पुगेको जनाएको छ ।
अर्थ विज्ञहरूलाई उदृत गर्दै बैंकिङ् सम्बन्धहरू तोड्नाले थप लेनदेनहरू नगदमा बाध्य पार्न सक्ने र बैंकिङ् संकटको जोखिम बढ्न गई अनौपचारिक अर्थव्यवस्था विस्तार गर्न सक्ने चेतावनी दिएको जनाएको छ । प्यालेस्टिनी प्राधिकरण स्थानीय बैंकहरुको सबै भन्दा ठुलो उधारकर्ता भएकाले यो सार्वजनिक क्षेत्रको तलब र बजेट घाटाको वित्तपोषण गर्न इजरायली बैंकहरु माथि निर्भर रहेकाले यदि बैंकिङ् सेवाहरुको सहकार्य अन्त्ये भयो भने प्राधिकरण आर्थिक संकटमा पुग्ने स्थानीय व्यापारीहरुले जनाएका छन् । इजरायलले प्राधिकरणको तर्फबाट संकलन गर्ने भन्सार राजस्वको हस्तान्तरण निलम्बन गरे पछि प्यालेस्टिनी प्राधिकरण पहिले नै तीव्र आर्थिक दबाबमा रहेको जनाइएको छ ।