काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौँसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागुऔषधसहित १९ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका-३१ प्रयागमार्गबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम ६५७ ट्याब्लेटसहित दुई जना र पर्साको जगरनाथपुर गाउँपालिका-४ सुहपुरबाट २० किलो ६८७ ग्राम गाँजासहित भारतको विहार राज्यको सितागढी पञ्चायतताल डुम्रा-३३ का ३४ वर्षीय रहमद अन्सारीलाई पक्राउ गरिएको हो ।
यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका-३ गौरीडाँडाबाट खैरो हेरोइनसहित भारतको विहार राज्यको मधुवनी पञ्चायत मधवापुर-५ का २४ वर्षीय राजाकुमार मण्डल, बाराको कलैया उपमहानगरपालिका-१९ पचायनपुरमा सञ्चालन गरिएको घुम्ती पसलबाट गाँजासहित २० वर्षीय सनोज पटेल, हेटौँडा उपमहानगरपालिका-१५ बाट खैरो हिरोइन ३९ वर्षीय आइतमान थिङ, सोही उपमहानगरपालिका-३ लेवट चोकबाट खैरो हिरोइनसहित २२ वर्षीय रबि स्याङ्तान र २४ वर्षीय सुजन स्याङ्तानलाई पक्राउ गरिएको हो ।
त्यसैगरी, धनकुटाको शहिदभूमि गाउँपालिका-१ पाङ्नामबाट ट्रामाडोल ३० ट्याब्लेटसहित भोजपुर हतुवागढी गाउँपालिका-९ का २३ वर्षीय हिलसन राई, कैलालीको टीकापुर नगरपालिका-८ सत्ति पुलबाट खैरो हेरोइनसहित बर्दियाको राजापुर नगरपालिका-१ का २२ वर्षीय हिमाल चलाउने र २५ वर्षीय राजेन्द्र रावत, गौरीगङ्गा नगरपालिका-२ बाट खैरो हेरोइनसहित २८ वर्षीय कृष्ण साउद र २३ वर्षीय खेम साउद र रूपन्देहीको कञ्चन गाउँपालिका-४ बेलडाँडाबाट खैरो हेरोइनसहित सैनामैना नगरपालिका-१० सालझण्डीका ३१ वर्षीय सन्दीप पुनलाई पक्राउ गरिएको हो ।
अभियुक्तहरूलाई सम्बन्धित जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान जारी रहेको जनाइएको छ । उनीहरू गत सोमबार र मङ्गलबार पक्राउ परेका हुन् ।