Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • लालझाँडीबासीको पीडाः सधैँ दोदाकै दुःख भयो
लालझाँडीबासीको पीडाः सधैँ दोदाकै दुःख भयो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २१, २०७७
Kanchanpur
Hardik health
    [caption id="attachment_10460" align="alignnone" width="1370"] महेन्द्रनगर–बर्सातमा नदी तर्दा होस् या लगाएको खेतबारी नदीले बगाउँदा लामो समयदेखि कञ्चनपुरको लालझाँडी गाउँपालिकाका स्थानीयवासीले दोदा नदीकै दुःख झेल्दै आउनु परेको छ ।[/caption] भौगोलिक रूपले जिल्लामै विकट स्थानीय तहका रूपमा चिनिएको, राना थारू समुदायको बाहुल्यता भएको लालझाँडी गाउँपालिका अझै सडक सञ्जाल, विद्यत्, खानेपानी, स्वास्थ्य सेवासित जोडिन सकेको छैन । गाउँपालिकाको उत्तर–पश्चिम भएर बग्ने दोदा नदीले दशकौँदेखि सयौँ बिघा खेतीयोग्य जमीन बगाइसकेको छ भने सयौँ परिवार विस्थापित भएर अझै जंगलमा बाससमेत बसिरहेका छन् । ‘गाउँपालिकाको तीन तिरबाट दोदा नदी बग्छ’, लालझाँडी गाउँपालिका–३ पर्सियाका रमेश रानाले भने, ‘बर्सातका बेला दोदाको बाढीले गाउँबाट यताउता जानै गाह्रो भइहाल्छ ।’ गाउँपालिका–३ र ४ नं वडामा नदी कटानको बढी समस्यामा रहेको स्थानीयवासी छेदकलाल रानाको भनाइ छ । ‘गाउँपालिकाको अरू वडाको तुलनामा यी दुई वडा कटानको उच्च जोखिममा पर्दै आएका छन्’, उनले भने, ‘गाविसबाट पालिकामा रूपान्तरण भइसके पनि नदीमा तटबन्ध लगाउने सुरसार कतिबाट भएको छैन ।’ उनले बाढीका बेला तटीय क्षेत्रका बस्तीहरू डुबानमा पर्ने गरेको बताए । ‘बस्तीको सयौँ बिघामा अहिले नदी बगिरहेको छ’, उनले भने, ‘बर्सातमा त्यही नदीमा पुल नहुँदा ट्युब तर्नुपर्ने बाध्यता पनि हामीसित छ ।’ त्यसैगरी लालझाडी गाउँपालिका–४ मा दोदा नदी माथी निमार्णाधीन झोलुङ्गे पुल भत्किएको छ । ‘संघीय सरकारको बजेटमा बनिरहेको झोलुङ्गे पुल केही दिनअघि आएको बाढीले गर्दा पुलको पश्चिमतर्फको पुलको पिल्लर भत्किएको छ’, डाँडा गाउँका स्थानीयवासी नरेश रानाले भने, ‘निर्माणाधीन पुल ठेकेदार र इन्जिनीयरको लापरबाहीले भत्किन पुगेको हो ।’ दोदा नदीले बर्सातमा मात्रै नभई बलौटे माटो हुनाले हिउँदमा समेत कटान गर्ने गरेको स्थानीयवासीको गुनासो छ । २०६५ सालमा दोदा नदीमा ठूलो बाढीले दोदा नदी किनारको कुलियापट्टि गाउँ नै विस्थापित गरेको थियो । ‘गाउँ विस्थापित भएको दशक बितिसक्दा पनि यहाँ पुनस्र्थापनाको काम भएन’, स्थानीय रामसाहेब रानाले भने, ‘विस्थापितहरू अझै जंगल छेउमा टहरा बनाएर बसिरहेको अवस्था छ ।’ कुलियापट्टिका ३० घरधुरीका चौधरी सुमदायको गाउँको छेउको जंगलको किनारमा बसोबास गरिरहेका छन् । त्यसैगरी, पर्सियाका बहादुर रानाले पनि दोदा नदी ५०० मिटरभित्र गाउँ पसिसकेको बताए । ‘हरेक वर्ष दोदाले यहाँ कटान गरेर क्षति पु¥याइरहेको भए पनि सरोकारवाला निकायको ध्यान पुगेन’, रानाले भने, ‘त्यही दोदा नदीको व्यवस्थापन चुनावी नारा बन्न लागेको पनि धेरै भइसक्यो ।’ उनले कटान नियन्त्रणका लागि जैविक तटबन्धबाहेक अरू केही नभएको बताए । पर्सियाकै ओमप्रकाश रानाले पनि बर्खायाममा नदी कटानको समस्याले धेरै दुःख दिने गरेको बताए । ‘धान, मकै, उखु, र तरकारी खेती बर्खायाममा बाढीले बगाउने चिन्ता हुन्छ’, उनले भने, ‘नदी कटानले नै केही परिवार हलिया बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।’ नगरप्रमुखको कामः उपप्रमुख डेरामा  दोदा नदीमा बन्नुपर्ने पक्की पुल ठेकेदारको लापरबाहीले अलपत्र पर्दा लालझाँडी गाउँपालिकाका उपप्रमुख सत्यदेखि महराले भाडामा बस्नु परेको बताईन् । मेरो घर गाउँपालिका–५ को देखतभुलीमा हो’, हाल गाउँपालिका–२ कञ्जमा डेरा गरी बस्दै आएकी उपप्रमुख महराले भनिन्, ‘कार्यालय आउनरजान बर्सातमा समस्या हुँदा डेरा गर्नु परेको छ ।’ उनले बाणी–देखतभुली, देखभुली कञ्ज शंकरपुर पचगडिया बाइसेविचुवा जोड्ने सडकखण्डअन्तर्गत देखतभुली–शंकरपुर दोदा नदीमा निर्माणाधीन पुल पाँच वर्षअघि ठेक्का भएको बताईन् । ‘समयमा पुल बनेको भए मैले डेरा गरी कार्यालयको कामकाज गर्नुपर्ने अवस्था आउने थिएन’, उनले भनिन्, ‘अहिलेसम्म पुलका तीनवटा पिल्लर मात्रै ठडिएका छन् ।’ पुल निर्माणको म्याद सकिएको बीस महिना बितिसक्दा पनि पुलको ५० प्रतिशत कामसमेत हुन सकेको छैन । पुल निर्माणको जिम्मा पाएको कम्पनी लुम्बिनी–राजेन्द्रकुमार श्रेष्ठ जेभीले प्राविधिक समस्या देखाएर पुल अलपत्र छाडेको हो । सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले उक्त काम अहिले डडेल्धुराको परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले गरिरहेको बताए । ‘प्राविधिक समस्याले पुलको फाउन्डेसनको काम रोकिएको हो’, उनले भने, ‘नवौँ संशोधनअनुसार आगामी माघसम्मका लागि म्याद थप भएको छ ।’ उनले पुल निर्माणको काम ६० प्रतिशत भइसकेको र प्राविधिक कारणले रोकिएको दाबी गरे । निर्माण कम्पनी र सडक डिभिजन कार्यालयबीच ०७२ सालमा फुटपाथ सहितको दुई लेन चौडाइ १७० मिटर लम्बाइको पुल निर्माणका लागि सम्झौता भएको थियो । सूचना अधिकारी जोशीले पुल निर्माणको अल्झन केही दिनमै समाधान भएर निर्माण अघि बढ्ने बताए । पुल निर्माण नभएको भन्दै स्थानीयवासीले पटकपटक सडक डिभिजन कार्यालय कञ्चनपुरका ज्ञापनपत्र बुझाएका छन् । हाल उक्त क्षेत्रमा पुल नहुँदा सर्वसाधारण शुल्क तिरेर आवतजावत गरिरहेका छन् । स्थानीयवासीले नदी तर्न ट्युब राखेका छन् । गाउँपालिकाका उपप्रमुख महराले घर आउँदा धनगढी वा कलुवापुरको घुमाउरो बाटो हुँदै घर पुग्नु परेको बताईन् । ‘बिदा दिन मिलाएर घरतिर जाँदा एक घण्टाको दूरीका लागि पूरै धनगढी हुँदै घर पुग्नुपर्ने बाध्यता छ’, उनले भनिन् ‘पुल बनेमात्र लालझाँडी जिल्लाको मूलधारसित जोडिनेछ ।’ पुलकै कारण स्थानीयवासीलाई हिँडडुलमा समस्या भएको महराको भनाइ छ । ‘निर्वाचित भएयता सडक सञ्जालकै कारण डेरा गरी बस्नु परेको हो’, उनले भनिन्, ‘दोदा नदी कटान र पुल निर्माणको काम स्थानीय सरकारको बजेटले सम्भव छैन ।’ उनले गाउँपालिकामा सबैभन्दा बढी दोदा नदीको कटान समस्या रहेको बताईन् । ‘गत वर्ष हामीले रेडक्रससित साझेदारी गरेर जैविक तटबन्ध बनाएको हो ।’ उनले भनिन्, ‘संघीय सरकारबाट बजेट यहाँ नआउँदासम्म साना बजेटले केही हुने देखिँदैन ।’ गाउँपालिकाका तर्फबाट संघीय सरकारसित बजेटका लागि गुहार माग्दै आएको महराले बताईन् । ‘पुलकै कारण गाउँपालिका आउनजान स्थानीयवासीले २० देखि रु ५० सम्म ट्युबमा तिर्नुपर्ने बाध्यता छ ।’ उनले भनिन्, ‘पुलको ठेक्का लिने काम नगर्ने जो कोही भए पनि कारबाही गर्नुपर्छ ।’
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  ०५:३५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP