Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ओलम्पियन डम्बरदत्त भट्टः रिङको संघर्षदेखि नेपाली बक्सिङको नेतृत्वसम्म
ओलम्पियन डम्बरदत्त भट्टः रिङको संघर्षदेखि नेपाली बक्सिङको नेतृत्वसम्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, साउन २, २०८३
Energy Drink Energy Drink

महेन्द्रनगर- खेलाडीका रूपमा रिङमा मुक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराएका डम्बरदत्त भट्ट अहिले नेपाली बक्सिङको भविष्य निर्माण गर्ने जिम्मेवारीमा पुगेका छन् ।  करिब चार दशकअघि महेन्द्रनगरको सामान्य प्रशिक्षण केन्द्रबाट सुरु भएको उनको यात्रा सिओल ओलम्पिकसम्म पुग्यो । अहिले भने उनी राष्ट्रिय खेलकुद परिषद्को मुख्य बक्सिङ प्रशिक्षकका रूपमा नयाँ पुस्ताका बक्सर तयार पार्ने अभियानमा छन् ।

विसं २०३९ सम्म फुटबल खेल्दै आएका भट्ट राष्ट्रिय खेलकुद परिषद्ले कञ्चनपुरमा बक्सिङ प्रशिक्षक सुरेश सिंह आलेलाई खटाएपछि बक्सिङतर्फ आकर्षित भएका थिए। त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । निरन्तरको मेहनत र लगनशीलताले उनलाई राष्ट्रियस्तरका सफल बक्सर बनायो र २०४५ सालमा दक्षिण कोरियाको सिओलमा आयोजित ओलम्पिक खेलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिलायो ।

सुदूरपश्चिमबाट उनी र विष्णुबहादुर सिंहसहित नेपालका पाँच बक्सरले उक्त ओलम्पिकमा सहभागिता जनाएका थिए । भट्टका अनुसार आफ्नो पहिलो प्रतिस्पर्धा नेपालमा टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण भएको थियो, जसले त्यसबेला सुदूरपश्चिमका खेलप्रेमीमा ठूलो उत्साह थपेको थियो ।

Ncell
Hardik health

उनका अनुसार २०४० सालमा मदनकुमार गुरुङ दोस्रो प्रशिक्षकका रूपमा महेन्दूनगर आएपछि कञ्चनपुरमा बक्सिङको विकासले थप गति लियो । प्रशिक्षकको उपलब्धतासँगै नयाँ खेलाडी उत्पादन उल्लेखनीय रूपमा बढ्दै गयो । ओलम्पिक सहभागितापछि राष्ट्रिय खेलकुद परिषद्ले भट्टलाई सहायक बक्सिङ प्रशिक्षकमा नियुक्त गर्‍यो । त्यसयता उनले आफ्नो अधिकांश समय खेलाडी उत्पादनमा खर्चिएका थिए। कञ्चनपुर जिल्ला खेलकुद समितिमा रहेर उनले दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बक्सर उत्पादन गरेका छन् ।

कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टका अनुसार ओलम्पियन डम्बरदत्त भट्ट सुदूरपश्चिममा बक्सिङको आधार निर्माण गर्ने व्यक्तित्वमध्ये एक हुन् । बक्सिङ प्रशिक्षण केन्द्र स्थापना, खेल संरचना विस्तार र खेलाडी उत्पादनमा उनको योगदान उल्लेखनीय रहेको उनी बताउछन् ।

डडेल्धुराको भागेश्वर गाउँपालिका-२, रुपालमा जन्मिएका भट्ट बाल्यकालमै परिवारसँग कञ्चनपुर बसाइँ सरेका थिए । विसं २०४० मा धरानमा आयोजित क्षेत्रीय बक्सिङ प्रतियोगिताको प्रदर्शन खेलबाट प्रतियोगितात्मक यात्रा सुरु गरेका थिए । उनले ४५ देखि ४८ केजी तौल समूहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै पदक जिएका छन् । २०५२ सालमा सक्रिय खेल जीवनबाट सन्यास लिएपछि पनि उनी बक्सिङबाट भने टाढा भएका छैनन् ।  प्रशिक्षकका रूपमा उनले राष्ट्रिय टोलीलाई अन्तरराष्ट्रिय प्रतियोगितामा नेतृत्व गर्दै धेरै सफलतासमेत दिलाएका छन् । “म प्रशिक्षक भएर गएका प्रतियोगितामा टोलीले प्रायः पदक जितेरै फर्किएको छ”, उनी भन्न्नुछन्, “त्यसैले साथीहरूले मलाई ‘लक्की प्रशिक्षक’ पनि भन्ने गर्छन् ।”

हालै राष्ट्रिय खेलकुद परिषद्ले उनलाई मुख्य बक्सिङ प्रशिक्षकमा नियुक्त गरेको छ । नयाँ जिम्मेवारीसँगै उहाँको ध्यान ग्रामीण क्षेत्रसम्म पुगेर लुकेका प्रतिभा पहिचान गर्ने र अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नेमा केन्द्रित छ । “ग्रामीण तहसम्म पुगेर बक्सिङका प्रतिभावान खेलाडी उत्पादन गर्ने योजना बनाएको छु”, उनले भने, “जागिरे जीवनको अन्तिम चरणमा पाएको यो जिम्मेवारीलाई देशका लागि सक्षम खेलाडी र प्रशिक्षक उत्पादन गर्ने अवसरका रूपमा उपयोग गर्नेछु ।” उनीसँगै सिओल ओलम्पिकमा सहभागी भएका अर्का ओलम्पियन विष्णुबहादुर सिंह अहिले राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागका निर्देशक छन् । सिंह ओलम्पिकमा एक बाउट जित्ने हालसम्मका एकमात्र नेपाली बक्सरका रूपमा परिचित छन्।
 


प्रकाशित मिति: शनिबार, साउन २, २०८३  १३:४३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी
२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी आइतबार, असोज ४, २०८३
जेसिके फाइट नाइटमा नेपाली फाइटर युकीको सहज जित, चिनियाँ फाइटर पराजित
जेसिके फाइट नाइटमा नेपाली फाइटर युकीको सहज जित, चिनियाँ फाइटर पराजित शनिबार, असोज ३, २०८३
एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ
एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, असोज ३, २०८३
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा शनिबार, असोज ३, २०८३
संगीना वैद्यलाई राखेप तालिम तथा प्रशिक्षण विभाग निर्देशकको जिम्मेवारी
संगीना वैद्यलाई राखेप तालिम तथा प्रशिक्षण विभाग निर्देशकको जिम्मेवारी शुक्रबार, असोज २, २०८३
गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुँदै
गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुँदै शुक्रबार, असोज २, २०८३
एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन माग
एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन माग बिहीबार, असोज १, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP