काठमाडौं- नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले जेसिके फाइट नाइट-१२३ मा जित हात पारेका छन्।
चीनको शान्सी प्रान्तको लुलियाङमा शनिबार भएको बान्टमवेट प्रतिस्पर्धामा आङदेम्बेले घरेलु खेलाडी बुहुओगुबुलाई पराजित गरेका हुन्।
तीन राउन्डको खेलमा आङदेम्बेले तीनवटै राउन्ड आफ्नो पक्षमा पार्दै सर्वसम्मत निर्णयमा जित निकाले। खेलको सुरुआतदेखि नै उनले बुहुओगुबु माथि दबाब कायम राखेका थिए।
यो जितसँगै आङदेम्बेको व्यावसायिक एमएमए करिअरमा जित संख्या नौ पुगेको छ। उनले हालसम्म तीन खेलमामात्र हार व्यहोरेका छन्।