Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विश्व
  • Home
  • विश्व
  • मोदी विदेश भ्रमणमा, १९ दिनदेखि आमरण अनशनमा रहेका सोनाम वाङचुकको स्वास्थ्य गम्भीर
मोदी विदेश भ्रमणमा, १९ दिनदेखि आमरण अनशनमा रहेका सोनाम वाङचुकको स्वास्थ्य गम्भीर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १, २०८३

एजेन्सी - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विदेश भ्रमणमा रहेका बेला नयाँ दिल्लीको जन्तर–मन्तरमा आमरण अनशन गरिरहेका अधिकारकर्मी तथा शिक्षाविद् सोनाम वाङचुकको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अनशनको १९औं दिनमा पुगेका वाङचुकको स्वास्थ्य बिग्रँदै गएपछि दिल्ली उच्च अदालतले केन्द्र सरकार र दिल्ली सरकारलाई उनको नियमित स्वास्थ्य परीक्षण सुनिश्चित गर्न आदेश दिएको छ।

वाङचुकको स्वास्थ्य अवस्था अहिले ‘क्रिटिकल’ चरणमा पुगेको चिकित्सकहरूले बताएका छन्। उनको उपचारमा संलग्न डा. सतीश लाम्बाका अनुसार वाङचुकको तौल ९ किलोग्रामभन्दा बढी घटिसकेको छ भने शरीरले अब ऊर्जा प्राप्त गर्न मांसपेशी नै खपत गर्न थालेको छ। यसले भित्री अंगहरूमा समेत असर पर्ने जोखिम बढेको चिकित्सकहरूको भनाइ छ।

गम्भीर स्वास्थ्य अवस्थाका बाबजुद वाङचुक आफ्नो आन्दोलनबाट पछि हटेका छैनन्। सरकारले कुनै प्रतिक्रिया नदिएसम्म अनशन नतोड्ने अडान दोहोर्‍याउँदै उनले जुलाई २० मा सिटिजेन्स फर जस्टिस (सीजेपी) ले आयोजना गर्ने संसद् मार्चलाई सफल बनाउन समर्थकहरूलाई आह्वान गरेका छन्। उनले देशको शिक्षा प्रणालीमा देखिएका समस्या र सार्वजनिक परीक्षामा भएका अनियमितताको जिम्मेवारी लिँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्।

Hardik health

स्वास्थ्य अवस्था चिन्ताजनक बनेपछि दिल्ली उच्च अदालतले सरकारी चिकित्सकमार्फत नियमित स्वास्थ्य परीक्षण गर्न केन्द्र र दिल्ली सरकारलाई निर्देशन दिएको छ। वाङचुकको आन्दोलनलाई विभिन्न क्षेत्रबाट समर्थन बढ्दै गएको छ। सिक्किम विश्वविद्यालय विद्यार्थी संघले सार्वजनिक परीक्षामा पारदर्शिता र जवाफदेहिताको माग गर्दै उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। अनशनको २०औं दिनमा प्रवेश गर्न लागेका वाङचुकले आफू जुलाई २० सम्म जसरी पनि संघर्ष जारी राख्ने बताएका छन्।

फिल्म निर्देशक किरण रावले सामाजिक सञ्जालमार्फत वाङचुकप्रति समर्थन जनाउँदै १९ दिनसम्म पनि सरकार मौन रहनुलाई "स्तब्ध पार्ने र अमानवीय" टिप्पणी गरेकी छन्। यसैबीच, अभिनेता आमिर खानले आफ्नो चर्चित फिल्म *थ्री इडियट्स* का पात्र ‘फुङसुक वाङ्डु’ सोनाम वाङचुकबाट प्रेरित नभएको स्पष्ट पारेका छन्। फिल्म निर्माणका बेला आफू वा लेखकहरूलाई वाङचुकबारे जानकारी नभएको भन्दै उनले यस विषयमा फैलिएको भ्रमको खण्डन गरेका हुन्। यद्यपि उनले वाङचुकले समाजका लागि गरिरहेको योगदानको प्रशंसा गर्दै उनको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन् र अनशन अन्त्य गर्न आग्रह गरेका छन्।

महाराष्ट्रका विपक्षी दलका नेताहरूले पनि वाङचुकको पक्षमा आवाज उठाएका छन्। एनसीपी (एसपी) का नेता जयन्त पाटिलले वाङचुकलाई "राष्ट्रिय सम्पत्ति" को संज्ञा दिँदै प्रश्नपत्र चुहावटजस्ता घटनामा सरकार जिम्मेवार हुन नसकेको आरोप लगाए। उनले सरकारलाई तत्काल वाङचुकसँग संवाद गरी समाधान खोज्न र उनको जीवन जोखिममा नपार्न आग्रह गरेका छन्। वाङचुकको आन्दोलनप्रति समर्थन बढिरहेका बेला केन्द्र सरकारले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।
 


प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम मंगलबार, भदौ २, २०८३
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक मंगलबार, भदौ २, २०८३
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत मंगलबार, भदौ २, २०८३
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु मंगलबार, भदौ २, २०८३
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन सोमबार, भदौ १, २०८३
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु आइतबार, साउन ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP