Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
विश्व
  • Home
  • विश्व
  • बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १, २०८३

लन्डन- बेलायतको सत्तारूढ लेबर पार्टीले शुक्रबार विशेष सम्मेलनमार्फत अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामलाई पार्टीको नयाँ नेता तथा देशको आगामी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा पुष्टि गर्दैछ । संसद्मा लेबर पार्टीको स्पष्ट बहुमत रहेकाले उनले सोमबार १० डाउनिङ स्ट्रिटमा किर स्टारमरको स्थान ग्रहण गर्ने तयारी गरेका छन्  । सांसदका रूपमा नौ वर्षपछि पुनरागमन गरेको चार सातामै उनी प्रधानमन्त्री बन्न लागेका हुन्  ।

छपन्न वर्षीय बर्नह्याम पछिल्लो एक दशकमा बेलायतको सातौँ प्रधानमन्त्री बन्नेछन्  । बेलायती राजनीतिमा आफ्नै दलका नेतामाथि सांसदहरूले दबाब सिर्जना गर्ने परम्पराकै निरन्तरतामा स्टारमरको बहिर्गमनपछि उनी नेतृत्वमा पुगेका हुन्। ग्रेटर म्यानचेस्टरका लगातार तीन कार्यकालका मेयर बर्नह्यामलाई ‘उत्तरका राजा’ भन्ने उपनामले पनि चिनिन्छ । लेबर नेतृत्वका लागि उहाँविरुद्ध कसैले चुनौती नदिएपछि निर्विरोध रूपमा नेता चयन भएका हुन् ।

यसअघि सन् २०१० र २०१५ मा क्रमशः एड मिलिब्यान्ड र जेरेमी कोर्बिनसँग पराजित भएपछि उहाँ तेस्रो प्रयासमा पार्टी नेतृत्वमा पुग्न सफल भएका हुन् । सन् २००१ देखि २०१७ सम्म सांसद तथा पूर्वसरकारी मन्त्री रहनुभएका बर्नह्यामले पछिल्ला वर्षहरूमा आफूलाई जनमुखी नेताका रूपमा स्थापित गरेका छन् । सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, सहज प्रस्तुति र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण उनले व्यापक लोकप्रियता हासिल गरेको मानिन्छ ।

लेबर सांसदहरूले बर्नह्यामले स्टारमरभन्दा प्रभावकारी रूपमा जनतासँग संवाद गर्न सक्ने, जर्जर सार्वजनिक सेवामा सुधार ल्याउन सक्ने तथा सुस्त अर्थतन्त्रलाई पुनर्जीवित गर्न थप साहसी नीति अघि बढाउने अपेक्षा गरेका छन् । बुधबार पूर्वफुटबलर ग्यारी लिनेकरसँगको पोडकास्टमा उनले देशलाई आशा र आत्मविश्वासको नयाँ अनुभूति दिलाउनुपर्ने आवश्यकता औँल्याउँदै बेलायत सही दिशातर्फ फर्किरहेको अनुभूति जनतामा दिलाउनुपर्ने बताएका थिए ।

Hardik health

सन् २०२९ मा अपेक्षित आमनिर्वाचनअघि आप्रवासनविरोधी नाइजेल फराज नेतृत्वको रिफर्म युके पार्टीको बढ्दो प्रभाव रोक्न पनि बर्नह्याम नै लेबरका लागि सबैभन्दा बलियो विकल्प भएको पार्टीभित्र विश्वास गरिएको छ । स्टारमरले जुलाई २०२४ मा १४ वर्षपछि लेबरलाई सत्तामा फर्काउन सफल भए पनि त्यसपछि घरेलु नीतिगत विवाद, वासिङ्टनका लागि पिटर म्यान्डल्सनलाई राजदूत नियुक्त गरेको निर्णय तथा स्थानीय निर्वाचनमा कमजोर प्रदर्शनले उनको नेतृत्व निरन्तर दबाबमा परेको थियो ।

मे महिनाको स्थानीय तथा क्षेत्रीय निर्वाचनको निराशाजनक परिणाम र त्यसपछि जुन १८ मा बर्नह्यामले संसदीय उपनिर्वाचन जितेपछि नेतृत्व परिवर्तनको माग तीव्र बनेको थियो । अधिकांश लेबर सांसदहरूले समर्थन फिर्ता लिएपछि स्टारमरले २२ जुनमा राजीनामा घोषणा गरेका थिए । सोही दिन संसद्मा शपथ लिएपछि बर्नह्यामलाई दर्जनौँ सांसदहरूले स्वागत गरेका थिए । यसलाई उनीप्रति पार्टीको समर्थनको स्पष्ट संकेतका रूपमा हेरिएको थियो । उनले लेबरका ४०३ सांसदमध्ये ३७९ जनाको समर्थन प्राप्त गरेका छन् भने नेतृत्वका लागि आवश्यक ८१ सांसदको समर्थन जुटाएर चुनौती दिने कोही अघि आएनन् ।

पार्टीको नरम वामपन्थी धारबाट आएका बर्नह्यामले सांसदहरूको विश्वासप्रति गहिरो आभार व्यक्त गर्दै वेस्टमिन्स्टरकेन्द्रित शासनको सट्टा अधिकार र स्रोतलाई बेलायतका अन्य सहर तथा क्षेत्रसम्म विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन् । उनले राजधानी बाहिरका क्षेत्रलाई विकासमा समान अवसर उपलब्ध गराउने र समग्र अर्थतन्त्रलाई सर्वसाधारणमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यद्यपि प्रधानमन्त्रीका रूपमा उनले सुस्त अर्थतन्त्र, बढ्दो सरकारी ऋणको लागत, सार्वजनिक सेवा सुधार, साना डुङ्गामार्फत आउने अनियमित आप्रवासन तथा रिफर्म युकेको बढ्दो राजनीतिक प्रभावजस्ता चुनौती सामना गर्नुपर्नेछ । अमेरिका–इरान युद्धका कारण ऊर्जा बजारमा देखिएको अनिश्चितता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिगत उतारचढावले पनि उनको सरकारमाथि थप दबाब सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ ।

राजा चार्ल्स तृतीयसँग भेट गरी औपचारिक रूपमा पदभार ग्रहण गर्ने तयारीमा रहनुभएका बर्नह्यामले सन् २०२४ को चुनावी घोषणापत्रअनुसार मुख्य कर नबढाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । साथै रक्षा क्षेत्रमा चार वर्षभित्र आवश्यक चार दशमलव सात अर्ब पाउन्डको अतिरिक्त लगानीको स्रोत व्यवस्थापन गर्नुका साथै कल्याणकारी सुधारका जटिल विषयलाई पनि सन्तुलित रूपमा अघि बढाउनुपर्ने चुनौती उनीसामु रहनेछ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु मंगलबार, भदौ २, २०८३
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन सोमबार, भदौ १, २०८३
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु आइतबार, साउन ३१, २०८३
रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ-उन आशावादी
रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ-उन आशावादी आइतबार, साउन ३१, २०८३
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी आइतबार, साउन ३१, २०८३
भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु
भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP