तेहरान- पछिल्ला केही दिनयता दक्षिणी इरानमा भएका अमेरिकी हवाई आक्रमणमा ३० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको इरान सरकारले जनाएको छ । सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानीले सामाजिक सञ्जाल एक्समार्फत दक्षिणी क्षेत्रहरूमा भएका अमेरिकी आक्रमणमा ३० भन्दा बढी नागरिक मारिएको बताएकी हुन् ।
इरानका विभिन्न सरकारी निकट सञ्चारमाध्यमहरूले पनि उनको भनाइलाई सार्वजनिक गरेका छन् । मोहाजेरानीले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै ज्यान गुमाएकाहरूको स्मृतिप्रति सम्मान प्रकट गरेकी छन् ।
उनले सरकार पीडित नागरिकको साथमा रहेको र प्रभावित परिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराइने पनि बताएकी छन् ।