Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायीलाई कारबाही गरेकोप्रति संघद्वारा श्रम मन्त्रालयको ध्यानाकर्षण
पर्याप्त आधारविना कारबाही गर्दा व्यवसायीको प्रतिष्ठामा असर पुगेको ठहर व्यवसायीलाई कारबाही गरेकोप्रति संघद्वारा श्रम मन्त्रालयको ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ३१, २०८३

काठमाडौं- सरकारको असंवेदनशील निर्णयले व्यवसायीमा असुरक्षा पैदा भएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले युवा, श्रम तथा रोजगार मन्त्रालयको ध्यानाकर्षण गराएको छ । मंगलबार श्रममन्त्री रामजी यादव तथा श्रमसचिव डा. दीपक काफ्लेलाई पत्र बुझाउँदै संघले भारतीय विमानस्थल प्रयोग गर्ने म्यानपावर व्यवसायीलाई कारबाही गरेकोप्रति गम्भीर ध्यानाकर्षण गराएको हो । 

सरकारले पर्याप्त आधारविना व्यवसायीहरुलाई कसुरदारसरह प्रस्तुत गरेको संघको ठहर छ । कारबाहीले लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको अन्तर्राष्ट्रिय छवि र विश्वसनीयतामाथि प्रतिकूल असर परेको जनाइएको छ । वैदेशिक रोजगार विभागले असार २७ गते भारतीय विमानस्थलबाट श्रमिक पठाउने ५९८ वटा संस्थाको नाम सार्वजनिक गर्र्दै कारबाही गरेको थियो । विभागले गरेको कारबाहीले कतिपय व्यवसायीको इथिकल रिक्रुटमेन्टसम्बन्धी मागसमेत रद्द भएको जनाइएको छ ।

२०८१ कात्तिक २३ गते परराष्ट्र मन्त्रालय, तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा (हाल युवा, श्रम तथा रोजगार) मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त मन्त्रीस्तरीय निर्णयअनुसार विशेष परिस्थितिमा भारतबाट श्रमिक प्रस्थान गर्दा एनओसी आवश्यक नपर्ने व्यवस्था लागू गरिएको थियो । संघले उक्त निर्णयको स्मरण गराउँदै सोही विषयलाई लिएर कानुन उल्लंघनको आरोप लगाउनु व्यावहारिक नभएको दाबी गरेको छ । सयौं व्यवसायी कारबाहीमा परेको विषय सञ्चारमाध्यममा अतिरञ्जित गरेर प्रस्तुत हुँदा व्यवसायीको प्रतिष्ठामाथि असर पुगेकोसमेत पत्रमा उल्लेख गरिएको छ । 

Hardik health

श्रममन्त्री र सचिवले अध्ययन गर्ने भने पनि त्रुटि सच्याउनुहुन्छ जस्तो लाग्दैन । विभागको डिजीले राजपत्रमा प्रकाशित भएको कानुन कार्यान्वयन गराउनबाट पछि हट्न सकिँदैन भन्नुभएको छ । उहाँले मन्त्रालयसँग सल्लाह गरेरै उक्त सूचना निकाल्नुभयो होला । हामीले कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष ननिकाले गाह्रो पर्ने अवस्था छ ।
हिराबहादुर डाँगी
महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ


संघले उक्त विषयलाई सम्बोधन नगरे श्रमिक पठाउने कार्यलाई निरन्तरता दिन नसक्ने भनेको छ । यसमा श्रममन्त्री यादव र सचिव काफ्लेले अध्ययन गरेर आवश्यक निर्णय गर्ने जवाफ दिएको संघका महासचिव हिराबहादुर डाँगीले बताए । यद्यपि, सरकारको जवाफमा विश्वास गरिहाल्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘मन्त्री र सचिवले अध्ययन गर्ने भने पनि त्रुटि सच्याउनुहुन्छ जस्तो लाग्दैन । विभागको डिजीले राजपत्रमा प्रकाशित भएको कानुन कार्यान्वयन गराउनबाट पछि हट्न सकिँदैन भन्नुभएको छ,’ उनले भने, ‘उहाँले मन्त्रालयसँग सल्लाह गरेरै उक्त सूचना निकाल्नुभयो होला । हामीले कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष ननिकाले गाह्रो पर्ने अवस्था छ ।’

यस विषयमा सम्पूर्ण घटक संस्थासँग छलफल गर्ने र मन्त्रालयबाट आधिकारिक राय आएपछि त्यहीअनुसार अघि बढ्ने तयारी भएको महासचिव डाँगीले बताए ।


प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  ११:१३
#श्रम_मन्त्रालय
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP