Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • पर्यटक लोभ्याउने ‘ठूली दह’
पर्यटक लोभ्याउने ‘ठूली दह’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ३०, २०८३

त्रिवेणी- मुसिकोट नगरपालिका-७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । घनाजंगलको बीचमा हरियाली मैदान, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्य रहेको ‘ठूली दह’ क्षेत्र पुग्ने जोकोहीलाई हर्षित तुल्याउन गरेको हाे । 

मध्यपहाडी लोकमार्गबाट करिब एक घण्टाको पैदलयात्रापछि पुगिने ठूली दह बिदामा घुम्न जाने पर्यटकको रोजाइमा पर्न थालेको छ । रुकुमपश्चिमका विभिन्न स्थानबाट मात्रै होइन, छिमेकी जिल्ला रुकुमपूर्वबाट समेत मानिस त्यहाँ पुग्ने गरेका छन् । विशेषगरी युवापुस्ता, विद्यार्थी, प्रकृतिप्रेमी तथा परिवारसहित घुम्न पुग्नेको सङ्ख्या पछिल्ला वर्षमा बढ्दो छ । 

चारैतिर अग्ला डाँडाहरूले घेरेको हरियाली मैदानको बीच भागमा रहेको दहले त्यहाँको प्राकृतिक सुन्दरतालाई झन् आकर्षक बनाएको छ । जंगलको बीचमा खुला मैदान र बीच भागमा पानी जमेर बनेको निलो दहले त्यस क्षेत्रमा पुग्नेलाई बेग्लै अनुभूति दिने गरेको ठूली दह घुम्न आउनुभएका आन्तरिक पर्यटक यामराज केसीले बताउनुभयो । वर्षात्को समयमा ठूली दह पानीले भरिभराउ छ । पानी भरिएको बेला दहको दृश्य निकै मनमोहक देखिने गरेको छ । आकाशको निलो रङ दहमा प्रतिविम्बित हुँदा यहाँको सौन्दर्य अझ लोभलाग्दो बन्ने गरेको छ । 

जेठको पहिलो सातादेखि दह क्षेत्रभरि फुल्ने बुकी फूल यहाँको अर्को विशेष आकर्षण हो । सेताम्मे बुकी फूल फुलेपछि दह क्षेत्र अझ रमणीय बन्ने गरेको पाइन्छ । बुकी फूलसँगै फोटो तथा भिडियो खिच्न आउने युवाको सङ्ख्या बढ्ने गरेको छ । सामाजिक सञ्जालमा त्यहाँका दृश्यहरू भाइरल हुन थालेपछि ठूली दहप्रति चासो बढ्दै गएको स्थानीय हुकुमबहादु पाण्डेले बताए ।

Hardik health

स्थानीय पाण्डे भने “व्यवस्थित बाटो, दह नपुग्दै थकाइ मार्न बीच भाग र आसपासका प्रतिक्षालयले आन्तरिक पर्यटकलाई थप सहज भएको छ, पछिल्लो समय स्थानीय सरकारले पनि ठूली दहलाई चासो दिएको देखिन्छ ।” केही घण्टाको पैदलयात्रा जंगलको बाटो हुँदै दहसम्म पुग्दा पाइने रोमाञ्चक अनुभवले थकान बिर्साउने गरेको उनीहरूको अनुभव छ । वर्षायाममा प्रशस्त पानी भए पनि गर्मीयाममा दह सुक्खाजस्तो देखिने र खानेपानीको समस्या हुने गरेको छ । मुसिकोट नगरपालिका तथा वडा कार्यालय त्यसलाई सम्बोधन गर्न लागिपरेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिए । पालिकाले बर्षात्को पानीको पानी जम्मा गर्न दह नजिकै ट्याङ्की थप प्रतीक्षालय निर्माण गर्दैछ । पर्यटकको सुविधाका लागि केही भौतिक संरचना निर्माणसमेत गरिएको छ ।

“केही वर्षअघिसम्म ठूली दहबारे धेरै मानिसलाई जानकारी थिएन । स्थानीय बासिन्दा र गोठालाहरूबाहेक कमै मानिस यहाँ पुग्ने गर्थे । तर अहिले सामाजिक सञ्जाल, भिडियो सामग्री तथा विभिन्न माध्यमबाट प्रचार हुन थालेपछि यहाँ आउनेको सङ्ख्या बढ्न थालेको छ । जंगलको बीचमा चराचुरुंगीको आवाज, हरियाली मैदान र शीतल हावाले यहाँ पुग्ने जोकोहीलाई आनन्दित तुल्याउने छ । पर्यटनको सम्भावना बोकेको यस क्षेत्रलाई व्यवस्थित गर्न सके स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने देखिएको छ । त्यहाँ पर्यटकको सङ्ख्या बढेसँगै स्थानीय उत्पादन बिक्री, होटल व्यवसाय तथा रोजगारीका अवसर सृजना हुने स्थानीयको भनाइ छ ।

पछिल्लो समय स्थानीय युवाले पनि दह क्षेत्रलाई प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा चासो देखाउनसमेत थालेका छन् । ठूली दह केवल एउटा दहमात्र नभई महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेको छ । प्रकृतिको अनुपम उपहारका रूपमा रहेको त्यस क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय विकास गर्न सके आगामी दिनमा कर्णाली प्रदेशकै एक प्रमुख आन्तरिक पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ ।

फोहर व्यववस्थापनमा समस्या
त्यस क्षेत्रमा पर्यटकको चहलपहल वृद्धि भएपछि प्रदूषणसमेत बढ्न थालेको छ । त्यस क्षेत्रको भ्रमणमा पुग्नेहरूले विभिन्न खानेकुरा लैजाने र खाना खाएर फोहर जथाभावी फाल्ने प्रवृत्तिले फोहर थुप्रिन थालेको छ । त्यसबाट प्रदूषण बढेको छ । चरिचरनका लागि समेत साँखवासीको प्रमुख स्थल भएकाले फोहरका कारण वातावरणसँगै पशु चौपायाको स्वास्थ्यमा समेत असर पर्ने स्थानीय बताउँछन् । ठूली दह मध्यपहाडी लोकमार्गको साँख खण्डको बैरी दहबाट पैदल सहजै पुग्न सकिनेछ । बैरी दहसम्म सवारीमार्फत पुग्न सकिने र त्यसपछि करिब एक घण्टाको पैदलयात्रामा ठूली दह पुगिने स्थानीयको भनाइ छ ।

आधारभूत सुविधा अभावको गुनोसो
दह आसपासमा पर्यटकका लागि आधारभूत सुविधा अभाव रहेको गुनासो पाइएको छ । पर्यटकका लागि जेठमासको समयमा शुद्ध पिउने पानीको समस्या तथा वर्षात् पानीबाट ओत लाग्ने ठाउँको अभाव रहेको त्यहाँ घुम्न पुगेको पर्यटकको भनाइ छ । तथापि, नगरपालिका तथा वडा कार्यालयले पछिल्लो समय यस क्षेत्रको संरक्षण र पर्यटन प्रवर्द्धनमा चासो भने देखाउन थालेका छन् । स्थानीय सरकारको सक्रियतासँगै ठूली दहलाई व्यवस्थित आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।पूर्वाधार विकाससँगै प्रचारप्रसारलाई प्रभावकारी बनाउन सके ठूली दह रुकुमपश्चिमको मात्र नभएर कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।


प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १७:०३
#‘ठूली दह’
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न आइतबार, साउन ३१, २०८३
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल शुक्रबार, साउन २९, २०८३
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध शुक्रबार, साउन २९, २०८३
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु बुधबार, साउन २७, २०८३
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर आइतबार, साउन २४, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP