Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम स्विकृतिका लागि एनओसी अनिवार्य
श्रम स्विकृतिका लागि एनओसी अनिवार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १८, २०७७
Mantralay
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) सम्बन्धित नेपाली दूताबासबाट प्रमाणित गराई पेस गरेको खण्डमा मात्र श्रम स्विकृति प्रदान गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । बुधबार ३ बुँदे सर्तहरू जारी गर्दै पूर्वश्रम स्विकृति लिएका, श्रम स्विकृति लिने प्रक्रियामा रहेका नयाँ र नयाँ व्यक्तिगत श्रम स्विकृति लिनेहरूले दूताबासबाट एनओसी प्रमाणित गराई वैदेशिक रोजगार कार्यालयमा अनिवार्य बुझाउनुपर्ने विभागले जनाएको छ । जारी सूचनामा २९ फागुन ०७६ अघि मागपत्र प्रमाणित भई पूर्वश्रम स्विकृति लिएकाको हकमा अन्तिम श्रम स्विकृति लिनका लागि गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी सम्बन्धित दूताबासबाट प्रमाणित भई अनिवार्य पेस गर्नुपर्ने उल्लेख छ । यस्तै, श्रम स्विकृति लिने प्रक्रियामा रहेका नयाँ र मागपत्रको हकमा समेत गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी सम्बन्धित दूताबासबाट प्रमाणित गराई अनिवार्य रूपमा पेस गर्नुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ । साथै, नयाँ व्यक्तिगत श्रम स्विकृतिको हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीको एनओसी वैदेशिक रोजगार कार्यालय, ताहाचालको आधिकारिक इमेलमा पठाउनुपर्ने भनिएको छ । यसै सन्दर्भमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नयाँ श्रम स्विकृतिको हकमा भन्दा पुराना श्रम स्विकृतिको हकमा समस्या आउने भएकाले अनिवार्य रूपमा एनओसी बुझाउनुपर्ने बताएका छन् । उनले भने, ‘२९ फागुनअघि पूर्व श्रम स्विकृति लिएकाका मागपत्र प्रमाणित हुन पनि बाँकी रहेका छन् । यसकारण पुनः एनओसी माग गरिएको छ ।’ एनओसी नलिई सिधै श्रम स्विकृति दिएर वैदेशिक रोजगारीको बाटो खोलिदिएको खण्डमा समस्या आउने उनले बताएका छन् । मागपत्रका आधारमा मात्र श्रम स्विकृति दिएर रोजगारीमा पठाउने तर, पछि उक्त कम्पनी नै नभएको अवस्थामा पुनः श्रमिकको उद्धार गर्नुपर्ने स्थिति पनि पैदा हुने उनले बताए । ‘एनओसी नै नलिई हामीले यताबाट कामदार पठायौँ तर, कामदार पुग्दा कम्पनी नै भएन भने समस्या निम्तिन्छ । त्यसपछि श्रमिकको पुनः उद्धार गर्नुबाहेक अरु विकल्प हुँदैन । यसकारण एनओसी अनिवार्य गरिएको हो,’ उनले भने । नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण कम्पनीहरू बन्द भएको हुन सक्ने र श्रमिक पुग्दा रोजगार नपाउने भएकाले पनि एनओसी अनिवार्य गरिएको उनले बताएका छन् । साथै, सैद्धान्तिक रूपमा श्रम स्विकृति खुला गरिएको भनिए पनि ‘लकडाउन’ पछि मात्र कामहरू गरिने उनले बताए । महानिर्देशक दाहालका अनुसार यदि एनओसी नबुझाइएको खण्डमा श्रम स्विकृति दिइने छैन । उनले भने, ‘एनओसी नबुझँएको खण्डमा कसैलाई श्रम स्विकृति दिइने छैन । पछि गएर समस्या निम्ताउनुभन्दा अहिले नै कडाई गरौँ भनेर एनओसी अनिवार्य गरिएको छ ।’ आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेश जान चाहनेका लािग नयाँ श्रम खुला गर्ने निर्णय गरेसँगै बुधबार विभागले श्रम स्विकृति लिनका लागि मापदण्डहरू तोेकेको थियो । गन्तव्य मुलुकमा कोभिड–१९ को संक्रमण केही हदसम्म घटेसँगै श्रम स्विकृति दिन थालिएको बताइएको छ । कोभिड–१९ को संक्रमणका कारण लगभग ५ देखि ७ हजारको श्रम स्विकृति ‘पेन्डिङ’ मा रहेको महानिर्देशक दाहालले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  ०६:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP