Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सरकारको नियन्त्रणमुखी नीति नसच्याए व्यवसाय नै बन्द हुने चेतावनी
सरकारलाई संघको ध्यानाकर्षणपत्र सरकारको नियन्त्रणमुखी नीति नसच्याए व्यवसाय नै बन्द हुने चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ३०, २०८३

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको एकपक्षीय निर्णयका कारण व्यवसाय संकटग्रस्त बन्दै गएको जनाएको छ । सोमबार संघका अध्यक्ष डिकबहादुर खत्री नेतृत्वको टोलीले विभागकी महानिर्देशक मिरा आचार्यलाई ध्यानाकर्षणपत्र बुझाउँदै व्यवसाय सञ्चालन गर्न नसक्ने स्थिति आए त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी दिएको छ ।

सरकारले सरोकारवालासँग आवश्यक छलफल नै नगरी निर्णय लागू गरेर व्यवसायीका व्यावहारिक कठिनाइलाई बेवास्ता गरेको संघको गुनासो छ । यस्तो अवस्थामा व्यवसाय सञ्चालन गर्न नसक्ने संघको ठहर छ । ‘व्यवसायीका व्यावहारिक कठिनाइ र वास्तविकतालाई बेवास्ता गरी दण्डात्मक र नियन्त्रणमुखी नीति अवलम्बन गरिनु दुःखद छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘यस्तै अवस्था निरन्तर रहिरहने हो भने इजाजतपत्रवाला संस्थाहरु वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न असमर्थ हुने र अन्ततः श्रमिक पठाउने कार्य नै स्थगन गर्न बाध्य हुने अवस्था सिर्जना हुनसक्छ ।’

संघले भारतीय विमानस्थलमार्फत श्रमिक पठाउने व्यवसायीलाई कारकाही गरिएकोप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले शनिबार सूचना जारी गर्दै अनुमतिविनै भारतीय विमानस्थलको प्रयोग गरेको भन्दै १५६ वटा संस्थाको नाम सार्वजनिक गर्दै कारबाही गरेको थियो । विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे मर्मतका कारण अन्तर्राष्ट्रिय उडान कटौती भएको र हवाइ भाडा अस्वाभाविकरुपमा वृद्धि भएको अवस्थामा सरकारले नै भारतीय विमानस्थलको प्रयोग गर्ने अनुमति दिएको संघले जनाएको छ ।

Hardik health

त्यसयता वृद्धि भएको हवाइ भाडाको चर्को शुल्कबाट श्रमिकलाई राहत दिन भारतका विमानस्थल प्रयोग हुँदै आएको संघको भनाइ छ । सोही विषयलाई आधार बनाइ व्यवसायीलाई कारबाही गर्नु वैदेशिक रोजगार ऐन, २०६४ र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको उल्लेख गरिएको छ । कसैको उजुरीकै आधारमा म्यानपावर सञ्चालकलाई पक्राउ पुर्जी जारी गर्ने, अनावश्यक बोलाउने तथा दबाब दिने कार्य बढ्दै गएकोप्रति पनि संघले असन्तुष्टि जनाएको छ । सत्यतथ्य परिक्षण नै नगरी अपराधीसरह व्यवहार गर्दा व्यवसायीको मनोबल कमजोर भएको संघको गुनासो छ । त्यस्तै, रोजगारीमा जाने श्रमिकको वैज्ञानिक सेवा शुल्क लागू नहुँदासम्म ‘फ्रि–भिसा, फ्रि–टिकट’को प्रावधान पूर्णरुपमा कार्यान्वयन गर्न नसक्नेसमेत स्पष्ट पारेको छ । 

सो क्रममा साउदी अरबको सीप प्रमाणीकरण कार्यक्रम (एसभिपी) को विषयमा सरकारबाट स्पष्ट नीतिगत निर्णय नहुञ्जेलसम्म लोड अनलोड वर्कर, क्यारियर, ह्विलब्यारो वर्कर, कन्स्ट्रक्सन वर्कर र कन्स्टक्ट्रिङ वर्करको पूर्व तथा अन्तिम श्रम स्वीकृति अस्थायीरुपमा रोक्का गर्न आग्रह गरिएको संघले जानकारी दिएको छ । सोही विषयमा संघले आज (मंगलबार) श्रमसचिव डा. दीपक काफ्लेकोसमेत ध्यानाकर्षण गराउने भएको छ । मन्त्रालयबाट सकारात्मक कुरा नआए श्रमिक पठाउन रोक्ने निर्णय भएको संघका महासचिव हिराबहादुर डाँगीले जानकारी दिए । 
 


प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP