Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #मिड_डे_मील
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #बर्डफ्लु
  • #अमेरिका_ठगी
  • #राष्ट्रिय_जनावर
  • #शिष्टाचार_भेटवार्ता
Search Here
विश्व
  • Home
  • विश्व
  • हर्मुजमा नियन्त्रणको लडाइँ तीव्र
हर्मुजमा नियन्त्रणको लडाइँ तीव्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २९, २०८३

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप चुलिएको छ । दुवै पक्षले जलघाँटी आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य आक्रमणले युद्धविराम प्रयासलाई थप कमजोर बनाएको छ । कुवेत र बहराइनसम्म फैलिएको तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ ।

कुवेतले सोमबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरी आकाशमा देखिएका खतराप्रति जवाफी कारबाही गरेको जनाएको छ । इरानले अमेरिकी हवाई आक्रमणको प्रतिक्रियास्वरूप आक्रमण गरेको दाबी गरिए पनि कुवेती सेनाले तत्काल कुनै क्षति वा मानवीय हताहत भएको पुष्टि गरेको छैन । बहराइनले पनि सम्भावित मिसाइल खतरालाई मध्यनजर गर्दै सोमबार दुई पटक चेतावनी साइरन बजाएको जनाएको छ ।

यसैबीच, अमेरिका र इरानले एकअर्काविरुद्ध सैन्य गतिविधि तीव्र बनाउँदै स्ट्रेट अफ हर्मुज खुला वा नियन्त्रणमा रहेको विषयमा परस्परविरोधी दाबी गरेका छन् । ओमानको तट नजिक इरानले एक कन्टेनर जहाजलाई लक्षित गरेपछि विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने जलमार्ग फेरि अन्तर्राष्ट्रिय चिन्ताको केन्द्र बनेको छ । विश्वको करिब पाँचौँ भाग कच्चा तेल र प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने भएकाले यहाँको अस्थिरताले विश्व ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

इरान र अमेरिकाबीच स्थायी युद्ध अन्त्यका लागि भएको ६० दिने अन्तरिम सहमतिले आधा अवधि पार गरिसकेको भए पनि त्यसले अपेक्षित शान्ति दिन सकेको छैन । बरु पछिल्ला आक्रमण र प्रतिआक्रमणले कूटनीतिक प्रयासलाई चुनौती दिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पूर्ण युद्ध पुनः सुरु भए त्यसका  परिणाम विनाशकारी हुने चेतावनी दिँदै संयम अपनाउन आग्रह गरेका छन् ।

Hardik health

अमेरिकी सेनाको सेन्ट्रल कमान्डले सोमबार इरानका हवाई प्रतिरक्षा प्रणाली, राडार केन्द्र, मिसाइल तथा ड्रोन पूर्वाधार, साना नौकासहित दर्जनौँ सैन्य लक्ष्यमा आक्रमण गरिएको जनाएको छ । सेन्ट्रल कमान्डले स्ट्रेट अफ हर्मुज विश्वव्यापी व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग भएकाले त्यसमा इरानको नियन्त्रण स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

यता इरानको इस्लामिक रिभोलुसनरी गार्डले अमेरिकी दाबी अस्वीकार गर्दै स्ट्रेट अफ हर्मुज आफ्नो क्षेत्र भएको र बाह्य सैन्य हस्तक्षेप स्वीकार नगर्ने जनाएको छ । गार्डले अमेरिकी उपस्थितिलाई गैरकानूनी भन्दै आवश्यक परे थप प्रतिकार गर्ने चेतावनी पनि दिएको छ । इरानी सरकारी सञ्चारमाध्यमले सोमबार बिहान अमेरिकी आक्रमणका क्रममा विभिन्न स्थानमा विस्फोट भएको र कम्तीमा एक जनाको मृत्यु भएको जनाएको छ । आइतबार इरानले गरेको प्रतिआक्रमण बहराइन, कुवेत, कतार, जोर्डन र ओमानसम्म फैलिएको थियो । इरान र पश्चिमबीच लामो समयदेखि मध्यस्थकर्ताको भूमिका खेल्दै आएको ओमानले पनि पछिल्लो आक्रमणप्रति असन्तुष्टि जनाउँदै इरानी कूटनीतिज्ञलाई बोलाएर विरोध जनाएको छ ।

आइतबार अमेरिकी सेनाले करिब १४० सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको थियो । यसलाई पछिल्ला सातामा गरिएको सबैभन्दा ठूलो सैन्य कारबाही मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी सेनाले इरानी लक्ष्यमा व्यापक बमबारी गरेको पुष्टि गरेका छन् । यसको प्रतिक्रियामा इरानले अमेरिकी सैन्य उपस्थिति रहेका क्षेत्रीय मुलुकहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गर्दै स्ट्रेट अफ हर्मुजमा आफ्नो नियन्त्रण कायम रहने र त्यहाँबाट आवतजावत गर्ने जहाजले इरानका नियम पालना गर्नुपर्ने अडान दोहोर्‍याएको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर कालिबाफले अब एकतर्फी सम्झौताको समय समाप्त भएको बताउँदै आफ्नो प्रतिबद्धता पूरा नगर्ने पक्षले मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

इरानले जलघाँटी बन्द रहेको दाबी गरिरहे पनि अमेरिका र राष्ट्रपति ट्रम्पले समुद्री मार्ग सञ्चालनमा रहेको बताएका छन् । अमेरिकी सेनाले ओमानको दक्षिणी समुद्री मार्ग प्रयोग गर्ने जहाजलाई सुरक्षा दिन थालेपछि इरानले त्यस मार्ग प्रयोग गर्ने जहाजलाई समेत निशाना बनाउन थालेको जनाइएको छ ।
युद्धका कारण सुरुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो । पछिल्ला दिनमा मूल्य केही घटे पनि ऊर्जा आपूर्ति र समुद्री सुरक्षाप्रतिको अनिश्चितता अझै कायम रहेको छ ।

युद्ध अन्त्यका लागि पाकिस्तान, कतार र इजिप्टलगायत देशहरूले मध्यस्थता जारी राखेका छन् । वार्तासँग परिचित एक क्षेत्रीय अधिकारीका अनुसार युद्धविरामलाई स्थायी बनाउने प्रयास अझै रोकिएको छैन । पाकिस्तानले आफ्ना विदेश मन्त्रीले इरानका वरिष्ठ कूटनीतिज्ञसँग टेलिफोन वार्ता गरी दुवै पक्षलाई तनाव कम गर्न आग्रह गरेको जनाएको छ ।

यसैबीच, इरानका नयाँ सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले आफ्ना पिता अयातुल्ला अली खमेनीको अन्त्येष्टिपछि पहिलो सार्वजनिक वक्तव्य जारी गर्दै इरानमाथि भएका आक्रमणको प्रतिशोध लिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


 


प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
बैंकक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु
बैंकक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु सोमबार, असार २९, २०८३
मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भंग
मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भंग सोमबार, असार २९, २०८३
अटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित
अटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित आइतबार, असार २८, २०८३
अमेरिका-इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी
अमेरिका-इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी आइतबार, असार २८, २०८३
कतारका पूर्वराजा शेख खलिफाकाे निधन
कतारका पूर्वराजा शेख खलिफाकाे निधन आइतबार, असार २८, २०८३
आइतबार पहिलो पटक कारियामा आपतकालीन ‘हिटवेभ’काे चेतावनी
आइतबार पहिलो पटक कारियामा आपतकालीन ‘हिटवेभ’काे चेतावनी आइतबार, असार २८, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
वालेन्द्र सरकारमा झल्कियो पुरानै सत्ताको धङधङी
वालेन्द्र सरकारमा झल्कियो पुरानै सत्ताको धङधङी
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP