Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #शिशिर खनाल
  • #परराष्ट्रमन्त्री
Search Here
विश्व
  • Home
  • विश्व
  • अटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित
अटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २८, २०८३

फ्रान्कफर्ट- एक वर्षदेखि रोजगारीको खोजीमा रहेका जर्मन सफ्टवेयर इन्जिनियर म्याक्स पेलले ठूला अटोमोटिभ आपूर्तिकर्ता कम्पनीमा काम गरेको अनुभवसहित करिब ५० वटा आवेदन पठाइसकेका छन्, तर अझै स्थायी जागिर पाउन सक्नुभएको छैन् ।

स्वायत्त तथा बौद्धिक ड्राइभिङ प्रणालीका लागि महत्वपूर्ण मानिने ‘कम्प्युटर भिजन’ प्रविधिमा दक्ष पेलले कुनै समय जर्मनीका ठूला औद्योगिक कम्पनीमा सहजै अवसर पाउने अपेक्षा गर्थ । तर युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा देखिएको सुस्त वृद्धि र चीनबाट बढ्दो प्रतिस्पर्धाले युवा इन्जिनियरलाई प्रभावित बनाएको छ ।

“धेरैजसो अवस्थामा आवेदन सीधै अस्वीकार हुन्छ,” ३० वर्षीय पेलले फ्रान्कफर्टमा एएफपीसँग भने, “मैले अहिलेसम्म एउटा मात्र अन्तर्वार्ता दिएको छु । मेरा साथीको अवस्था पनि यस्तै छ; एकजनाले त ६० भन्दाबढी आवेदन पठाइसकेका छन् ।”

‘स्वर्ण युग’ समाप्त
अत्याधुनिक प्रविधि र नवीन डिजाइनका लागि विश्वभर परिचित जर्मनीको कार उद्योग, जुन ठूलो मात्रामा निर्यातमा निर्भर छ, पछिल्ला वर्षमा कठिन अवस्थाबाट गुज्रिरहेको छ ।

Hardik health

चिनियाँ कार निर्माता कम्पनी बीवाइडी र एक्सपेङले विश्वको सबैभन्दा ठूलो अटो बजारमा जर्मन सवारीसाधन उत्पादकको हिस्सा घटाउँदै लगेपछि जर्मन कम्पनीले स्वदेश मै कठिन पुनःसंरचना गर्नुपर्ने अवस्था आएको छ ।

कोलोनस्थित आइडब्ल्यू आर्थिक संस्थानका यातायात अर्थशास्त्री थोमस पल्सका अनुसार, जर्मनीमा सवारीसाधन उत्पादन पछिल्ला वर्षमा उल्लेखनीय रूपमा घटेको छ ।

“दश वर्षअघि हामी वार्षिक करिब ६० लाख सवारीसाधन उत्पादन गथ्र्यौँ, अहिले यो सङ्ख्या ४० देखि ४२ लाखको आसपास स्थिर छ,” उनले भने, “अन्य युरोपेली देशको तुलनामा अवस्था राम्रो भए पनि पुरानो ‘स्वर्ण युग’ अब फर्किने छैन ।”

यसैको संकेतस्वरूप जर्मनीभर फक्सवागनका कारखानाका कामदारले हालै विरोध प्रदर्शन गरेका छन् । कम्पनीले एक लाखसम्म रोजगारी कटौती गर्ने योजना बनाइरहेको समाचार सार्वजनिक भएपछि विरोध भएको हो ।

सङ्घीय रोजगार एजेन्सी (एफइए)का अनुसार सन् २०२५ सम्मको पाँच वर्षमा जर्मनीको समग्र रोजगारी केही बढे पनि अटोमोटिभ क्षेत्रमा भने रोजगारी आठ प्रतिशतले घटेको छ ।

जर्मन उद्योग समग्र रूपमा चीनबाट आएको प्रतिस्पर्धाको दोस्रो चरणको दबाब सामना गरिरहेको छ । कम लागतका उत्पादनबाट टाढा सर्दै उच्च प्रविधियुक्त वस्तु उत्पादनमा केन्द्रित जर्मन कम्पनी पहिलेको बलियो निर्यात बजार गुमाउँदै गएका छन् ।

जर्मनीको कुल निर्यात गत वर्ष एक दशमलव ५६ ट्रिलियन युरो पुगेको थियो, जुन सन् २०२२ को उच्च बिन्दुको तुलनामा करिब दुई प्रतिशत कम हो । सोही अवधिमा चीनतर्फको निर्यात भने करिब एक चौथाइ घटेर ८१ दशमलव तीन अर्ब युरोमा सीमित भएको तथ्यांक कार्यालय डेस्टाटिसले जनाएको छ ।

युवा इन्जिनियरमा बढ्दो चुनौती
टायर निर्माता तथा औद्योगिक आपूर्तिकर्ता कन्टिनेन्टलको अटोमोटिभ व्यवसायमा तालिम पूरा गर्नुभएका पेलले कम्पनीमा भइरहेको पुनःसंरचनाले आफ्नो रोजगारी सम्भावनामा असर पारेको बताए ।

“मैले काम सुरु गर्दा नै कम्पनीका विभिन्न भाग पुनःसंरचना भइरहेको देखिन्थ्यो,” उनले भने “अनुभवी सहकर्मीहरू बाहिरिँदै गरेको देख्दा त्यहाँ नयाँ व्यक्तिलाई अवसर पाउने सम्भावना कम हुने महसुस हुन्थ्यो ।”

जर्मनीको प्रतिष्ठित आरडब्ल्यूटीएच आचेन विश्वविद्यालयकी करियर सेवा प्रमुख आन्जा रोबर्टका अनुसार, उत्कृष्ट विद्यार्थीले अहिले जागिर पाउन लामो समय कुर्नुपर्ने अवस्था आएको छ ।

“विद्यार्थीहरू हामीकहाँ आएर भन्छन्, मैले ३० वटा आवेदन दिएँ, तर कुनै प्रतिक्रिया पाइनँ । आखिर समस्या के हो” उनले भने, “अब बीएमडब्ल्यूजस्ता कम्पनीमा आवेदन दिँदैमा जागिर सुनिश्चित हुँदैन ।”

एफइएका अनुसार, गत वर्ष योग्य इन्जिनियरको बेरोजगारी दर तीन दशमलव आठ प्रतिशत पुगेको थियो, जुन सन् २०२२को तुलनामा करिब ५० प्रतिशतले बढी हो ।

यद्यपि केही इन्जिनियरले अवसर पाउन सफल भएका छन् । इलेक्ट्रिकल इन्जिनियर लुका लिन्सेनले महिनौँको खोजीपछि यसै महिना ह्याम्बर्गमा सफ्टवेयर परामर्शदाताका रूपमा काम सुरु गरेका छन् ।

“इन्जिनियरिङ अध्ययन गर्दा हामीलाई डिग्री पूरा हुनुअघि नै जागिर सुनिश्चित हुन्छ भन्ने विश्वास दिलाइएको थियो,” उनले भने, “यदि तपाइँ इन्जिनियरिङ पढ्न चाहनुहुन्छ भने, प्रविधिप्रतिको रुचि र लगावका कारण पढ्नुहोस् । केवल राम्रो आम्दानी वा जागिरको सुनिश्चितताका लागि मात्र यो क्षेत्र रोज्नु उचित हुँदैन ।” 


प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १४:००
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अमेरिका-इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी
अमेरिका-इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी आइतबार, असार २८, २०८३
कतारका पूर्वराजा शेख खलिफाकाे निधन
कतारका पूर्वराजा शेख खलिफाकाे निधन आइतबार, असार २८, २०८३
आइतबार पहिलो पटक कारियामा आपतकालीन ‘हिटवेभ’काे चेतावनी
आइतबार पहिलो पटक कारियामा आपतकालीन ‘हिटवेभ’काे चेतावनी आइतबार, असार २८, २०८३
अनिश्चितकालका लागि होर्मुज बन्द,अमेरिका र इरानबीच चर्कियाे तनाव
अनिश्चितकालका लागि होर्मुज बन्द,अमेरिका र इरानबीच चर्कियाे तनाव आइतबार, असार २८, २०८३
 कालाे पट्टिसहित आएकाे अर्जेन्टिना विजयी
 कालाे पट्टिसहित आएकाे अर्जेन्टिना विजयी आइतबार, असार २८, २०८३
इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश
इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश आइतबार, असार २८, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP